Skip to main content

हेली एभरेष्टले हवाइ सुरक्षामा खेलवाड गरेको भन्दै अमेरिकन पाइलटले दिए राजीनामा


हेली एभरेष्टले हवाइ सुरक्षामा गम्भीर खेलवाड गरिरहेको आरोप लगाउँदै त्यहाँ कार्यरत पाइलटले राजीनामा दिएका छन् ।
हेली एभरेष्टका अमेरिकन पाइलट माइकल रबिन्सनले हवाइ सुरक्षामा गम्भीर खेलवाड भइरहेको र काम गर्ने वातावरण नरहेपछि राजीनामा दिन बाध्य भएको बताएका छन् ।
हवाइ सुरक्षामा ध्यान दिन आफूले पटक पटक व्यवस्थापन पक्षसँग आग्रह गरेको, नमानेपछि नागरिक उड्ययन प्राधिकरणमा समेत लिखित निवेदन दिदाँ कुनै सुनुवाइ नभएको उनले बताएका छन् ।
‘मैले हेली एभरेष्टले हवाइ सुरक्षा उल्लद्यंन गर्दै आएपछि सरकारी निकायलाई जानकारी गराएको गराएको थिए हुनै सुनुवाइ नभएपछि जोखिम मोल्न सकिन् ‘ रबिन्सनले भनेका छन् ।
उनले हेली एभरेष्टले उडान तालिका तत्कालको तत्काल तय गर्ने गरेको आरोप लगाएका छन् ।  उडान भर्नुभन्दा अगाडि रुट, वैकल्पिक रुट, इन्धन, वजन तथा सन्तुलन अपेक्षित उडानका बारेमा जानकार रहनुपर्ने भएता पनि हेली एभरेष्ट यस विषयमा गम्भीर नभएको उनले बताए।
मौसम अनुसार उडान प्रभावित र उडान तालिका परिवर्तन हुने गरेतापनि हेली एभरेष्टले हरेक दिन हचुवाको भरमा उडान तालिका फेर्ने र नयाँ उडान थप्ने गरेको उनले आरोप लगाए।
उनले कतिपटक त जोखिम मोलेर रातको समयमा पनि उडान भर्न एभरेष्ट हेलीले बाध्य तुल्याएको बताए। बढी नाफा कमाउन तौलभन्दा बढी कार्गोको मात्रा बढाउने गरेको उनको अर्को आरोप छ।
हेलिकप्टरले क्षमताभन्दा बढी तौल बौक्न लगाउने र नमान्दा व्यवस्थापन पक्षसँग समय समयमा झगडा हुने गरेकाले काम गर्ने वातावरण नभएको उनले बताए।
निषेधित क्षेत्रमा उडान भर्न लगाउने, उद्धार उडानमा ढिलाइ गर्ने, चालकलाई विदा नदिइने, अप्रेसन निर्देशक, मुख्य चालक र अप्रेसन व्यवस्थापनको जानकारी वा अनुमति वेगर उडान भर्ने गरेको उनले बताए।
अहिलेसम्म पनि हवाइ सुरक्षा उडानमा हेलि एभरेष्ट जस्ताको त्यस्तै र सुधार गर्न ब्यवस्थापन पक्ष गम्भीर नभएपछि राजीनामा दिन बाध्य भएको उनले बताए।
हेली एभरेष्ट आफ्ना गल्ती सच्चाउन तयार नभएपनि नागरिक उड्यन प्राधिकरणले भने यस विषयमा छानबिन अघि बढाएको छैन।  रबिन्सनले लिखित रुपमा जानकारी गराएपनि   हेलि एभरेष्टले  तत्कालिन पर्यटनमन्त्री जितेन्द्र देवलाई एभरेष्ट बेस क्याम्पमा लगेर खाजा खुवाएको थियो।
एभरेष्ट हेलीले तत्कालिन पर्यटनमन्त्री देव लाई आर्थिक प्रलोभनमा पारेर आफू विरुद्धको कुनै पनि छानविन नगर्न आग्रह गरेको स्रोतले बताएकाे छ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।