Skip to main content

Posts

सामाजिक सञ्जालका प्रयोगकर्ताहरु : सावधान

इन्टरनेटको प्रयोगले आजको विश्वलाई एउटा सानो कम्प्युटरको बाकसभित्र संकुचित बनाइदिएको छ । हिजोसम्म कुनै व्यापार, व्यवसाय, औषधि, उपचार, सभा, सम्मेलन गर्न एक देशबाट अर्को देशसम्म हजारौं किलोमिटर पार गरेर जानुपर्ने अवस्थालाई आज एउटा कोठामा बसेर कम्प्युटर र इन्टरनेटको सहयोगले क्षणभर मै सम्भव बनाइदिएको छ । अझ विभिन्न सोसल नेटवर्किङ साइटको विकासक्रमसँगै कुनैपनि साथीभाई, आफन्तलाई भेट्न तथा तिनीहरुको हालखबर बुझ्न घरै छाडेर भेट्न जानुपर्ने अवस्थाको अन्त्य भएको छ । साथै कुनैपनि कम्पनि तथा संघ–संस्थाका क्रियाकलापहरु घरै बसि–बसि नियाल्न तथा बुझ्न सम्भव भएको छ । आजको दिनमा तपाईं हामी जो कोही पनि कुनै न कुनै सोसल नेटवर्किङ साइटमा आबद्घ भएका छौं । २४ घण्टामा कुनै न कुनै समय निकालेर त्यसमा सहभागिता जनाइरहेका हुन्छौं । अझ आजका युवापिढीहरु त घण्टा घण्टाको अन्तरालमा यसमा प्रवेश गरेर स्ट्याटस तथा कमेण्टहरु चेक गरिरहेका हुन्छन त कतिले आफ्नो फोन मै त्यस्ता साइटहरुलाई लाइभ बनाई हरपल आफुलाई सम्पर्कमा राखेका हुन्छन् । सोसल नेटवर्किङ साईटहरुमा हाल फेसबुक, ट्वीटर, लिंक्डईन, माईस्पेस अग्रपंक्तिमा रहेका छन् । आज...

फेसबुकमा प्रोफाइल रंगीविरंगी बनाउनुको कारण तपाईलाई थाहा छ ?

फेसबुकको प्रोफाइल पिक्चर रंगीन बनाउन चाहानुहुन्छ भने होस गर्नुहोस । पहिला पुरा जानकारी लिनुहोस कि यो प्रोफाइल पिक्चर किन रंगीन बनीरहेको छ । धेरैले नबुजिकन फेसबुकमा देखासिकी गरेर फेसबुक रंग्याउने गर्छन तर यर्थातमा कुरा अर्कै छ । अमेरिकी सर्वोच्च अदालतले शुक्रबार ५(४ को बहुमतले अमेरिकाका सबै राज्यमा समलिङ्गी विवाहलाई मान्यता दिने ऐतिहासिक फैसला गर्‍यो। त्यहाँका १५ राज्यमा मात्रै यो गैरकानुनी थियो। त्यसैको खुसियालीमा अमेरिकी नागरिक मार्क जुकरबर्गले आफ्नो फेसबुक प्रोफाइल पिक्चर रङ्गीचङ्गी बनाए। फेसबुकमा अरुलाई पनि त्यस्तै गर्नलाई सजिलो टुल बनाए। फेसबुक प्रोफाइल रंगीविरंगी बनाउनुको अर्थ समलिंगी विवाहको समर्थन गर्नु हो । यसअघि नेपालको सर्वोच्च अदालतले २०६४ पुस ६ गतेको फैसलामै समलिङ्गीहरुलाई समान अधिकार दिनु पर्ने फैसला गरिसकेको छ। यो फैसला सायद थोरैलाई थाहा होला । 

ऐंसेलु बेचेरै १ करोडभन्दा बढी आम्दानी

तेह्रथुम – जंगलमा पाइने ऐंसेलु फल बेचेर स्थानीयले यो वर्ष दुई महिनाको अवधिमै १ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । चैत अन्तिम सातादेखि जंगलमा पाकेर राताम्मे हुने ऐंसे.लु टिपेर वाइन उद्योगलाई बेची तेह्रथुम, धनकुटा र संखुवासभाका गाउँलेले यति धेरै रकम कमाएका हुन् । वर्सेनी ऐंसेलु टिपेर बेच्ने उनीहरुले यो वर्ष सिजनमा असिना र पानी कम परेकाले गत वर्षभन्दा २५ प्रतिशत आम्दानी बढेको बताएका छन् । टुटेको वाइन उद्योगलाई कच्चा पदार्थका रुपमा ऐंसेलु बिक्री गरेर किसानले त्यतिका रकम आम्दानी गरेको मारेकटहरेका रुद्र गुरुङले बताए । उनले भने,‘यो वर्ष ऐंसेलु पहिलेभन्दा धेरै फलेको देखियो,’ यो अवधिमा मैले ऐंसेलु ट्याक्टरबाट ढुवानी गरेर मात्र पनि ७ लाख आम्दानी गरेँ ।’ गुरुङ जस्तै घरगाउँमा काम गर्दै घाँस दाउरा गर्न जाँदा ऐंसेलु टिपरे उद्योगमा बेचेर सजिलै नगद कमाएको अनुभव सुनाउने धेरै छन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

दाताको सहयोग ‘बाँदरका हातमा नरिवल’ हुने डर सोचेभन्दा बढी पुँजी जुट्यो, तर खर्च गर्ने क्षमता खै ?

११ असार, काठमाडौं । ‘दाता सम्मेलनबाट कति रकम उठ्ने सरकारको अपेक्षा छ ?’ भनेर चार दिनअघि संसदको अर्थ समितिमा सभासदहरुले प्रश्न गर्दा अर्थसचिव सुमनप्रसाद शर्माले भनेका थिए,’दाताहरुले सम्मेलनमै पीडीएनएको एकतिहाइ जति सहायताको घोषणा गर्ने अपेक्षा छ, यो प्रस्थानबिन्दुमात्रै हो, सम्मेलनपछि पनि थप सहयोग आउने आशा छ ।’ पीडीएनए तयार पार्ने निकाय योजना आयोगका सदस्यहरु प्रतिवेदनमा उल्लेख भएकोमध्ये एकतिहाइ रकम मात्रै सहयोग आउने बताउँदै थिए । सम्मेलनमार्फत नेपालको पुननिर्माणका लागि २ देखि अढाई खर्ब रुपैयाँ उठ्ने सरकारी अधिकारीहरुको अपेक्षा थियो । तर, झण्डै अनुमान गरिएभन्दा दोब्बर सहयोगको प्रतिवद्धता आएको छ । राष्ट्रिय योजना आयोगले पुनर्निर्माण र नवनिर्माणका लागि ६ खर्ब ७० अर्ब रुपैयाँ लाग्ने प्रतिवेदन तयार पारेको थियो । अर्थमन्त्री डा. रामशरण महतले दाता सम्मेलनमा त्यही प्रतिवेदन प्रस्तुत गरेका थिए । तर, बिहीबार राजधानीको सोल्टी होटलमा भएको दाता सम्मेलनमा सरकारी अधिकारीहरुको अपेक्षाभन्दा निकै बढी आर्थिक सहायताको घोषणा भयो । भारत, चीन, विश्व बैंक, एसियाली विकास बैंक, जापानलगायतका दाताहरु...

दाता सम्मेलनमा उठ्यो साढे तीन खर्बभन्दा बढी

काठमाडौ, असार १० - भूकम्पपछिको पुनःस्थापना, पुनःनिर्माण र नवनिर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट आर्थिक, भौतिक एवम् नैतिक सहयोग एवम् समर्थन जुटाउने उद्देश्यले आयोजित ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ मा   साढे तीन खर्ब रुपैयाँभन्दा बढी सहयोग रकम जुटेको  छ । राजधानीमा जारी सम्मेलनमा विभिन्न देशले भूकम्पपछि नेपालको पुनर्निर्माण गर्न सहयोगको प्रतिवद्धता जनाउँदै उक्त रकम घोषणा गरेका हुन् ।   सम्मेलनमा सबैभन्दा ठूलो राशीको सहयोग गर्ने छिमेकी देश भारत छ । उसले १ खर्ब रुपैयाँ बराबरको सहयोग गर्ने जनाएको छ । यसमा ७५ अर्ब सहुलियतपूर्ण ऋण र २५ अर्ब अनुदान सहयोग रहने छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा घोषणा गरेको १ खर्ब सहुलियत ऋणको ४० प्रतिशत अर्थात ४० अर्बलाई अनुदान सहयोगमा बदलिएको छ । भारत–नेपाल सम्बन्धलाई ‘रोटी–बेटी’ का रुपमा प्रस्तुत गर्दै भारतीय विदेश मन्त्री सुष्मा स्वराजले महाविपत्तिमा परेको नेपाललाई एक खर्ब अनुदान सहायता प्रदान गरिने घोषणा गरेकी थिइन् । भारत सरकार र त्यहाँका जनता नेपाल सरकार र नेपाली जनता...

भूकम्पपीडितलाई टहरा छैन, पूर्वविशिष्टहरुलाई आजीवन आवास र विलासी गाडी

भूकम्प पीडितहरुलाई अस्थायी टहरा बनाउनका लागि १५ हजार रुपैयाँ राहत दिन मुस्किल परिरहेको बेला सरकाले मुलकुको राज्यकोषमा  बसेैनि ५० करोड रुपैयाँ भन्दा बढी दायित्व थपिने गरी पूर्वराष्ट्रपतिदेखि पूर्वसभामुखसम्का पूर्वविशिष्ट पदाधिकारीहरुलाई आजीवन विलासी गाडी, सकारी आवास तथा सचिवालयसहितको सुविधा दिने कानुनी व्यवस्था गर्न संसदमा विधेयक दर्ता गरेको छ । पूर्वगृहमन्त्रीहरुर्ला समेत ‘सुरक्षा थ्रेट’ का नाममा आजीवन गाडी, इन्धन र मर्मत खर्च दिने प्रस्ताव विधयेकमा छ । ‘विधेयक व्यक्ति तथा पूर्वपदाधिकारीलाई सुरक्षा र सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयक’ संसदबाट पारित भएपछि पूर्वराष्ट्रपति, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामु र राष्ट्रिय सभाका अध्यक्षहरुले सरकारबाट आजीवन गाडी सचिवालय सुविधा पाउने छन् । –कान्तिपुर दैनिकबाट 

झण्डै ३५ प्रतिशत खर्च दाताबाट जुटदै

असार ९ - भुकम्पपछिको पुर्ननिर्माणका लागि आवश्यक रकमको ३५ प्रतिशतसम्मको रकम दाताहरुबाट जुटने देखिएको छ । योजना आयोगले तयार पारेको विपद पछिको आवश्यकता पहिचान (पिडिएनए) प्रतिवेदन अनुसार पुर्ननिर्माणमा ६ खर्ब ६९ अर्ब लाग्ने आंकलन छ । आगामी विहिबार आयोजना हुने पुर्ननिर्माण सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनमा साढे २ खर्ब सम्मको सहायता आउने आंकलन अर्थमन्त्रालयको छ । 'आज (मंगलबार) सम्मको छलफलका आधारमा साढे २ खर्ब सम्म सहायता आउन सक्ने देखिन्छ,' अर्थमन्त्रालयका एक उच्च अधिकारीले भने । मुलुकको सबैभन्दा ठुलो दातृ निकाय विश्व बैंकले मंगलबार ५० अर्ब सहुलियतपुर्ण ऋण दिने प्रतिवद्धता जनाइसकेको छ । दोस्रो ठूलो निकाय एसियाली बिकास बैंक -एडिबी) संचालक समितिले सोमबार पुर्ननिर्माणकै लागि नया २० अर्ब दिने निर्णय गरिसकेको छ । यसबाहेक यसबाहेक भारत, चीन, जापान, बेलायत सहयोग नियोग र युरोपियन युनियनले पनि ठुलै रकमको आश्वासन दिएकाले सहायता साढे २ खर्बको हाराहारीमा पुग्नेमा अर्थ मन्त्रालयका अधिकारीहरु आश्वस्त छन विश्व बैंकले दिने भनिएको ५० मध्ये २० अर्ब तत्कालका लागि पुराना कार्यक्रमबाट झिकेर दिने ह...