Skip to main content

झण्डै ३५ प्रतिशत खर्च दाताबाट जुटदै

असार ९ - भुकम्पपछिको पुर्ननिर्माणका लागि आवश्यक रकमको ३५ प्रतिशतसम्मको रकम दाताहरुबाट जुटने देखिएको छ । योजना आयोगले तयार पारेको विपद पछिको आवश्यकता पहिचान (पिडिएनए) प्रतिवेदन अनुसार पुर्ननिर्माणमा ६ खर्ब ६९ अर्ब लाग्ने आंकलन छ । आगामी विहिबार आयोजना हुने पुर्ननिर्माण सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनमा साढे २ खर्ब सम्मको सहायता आउने आंकलन अर्थमन्त्रालयको छ । 'आज (मंगलबार) सम्मको छलफलका आधारमा साढे २ खर्ब सम्म सहायता आउन सक्ने देखिन्छ,' अर्थमन्त्रालयका एक उच्च अधिकारीले भने ।

मुलुकको सबैभन्दा ठुलो दातृ निकाय विश्व बैंकले मंगलबार ५० अर्ब सहुलियतपुर्ण ऋण दिने प्रतिवद्धता जनाइसकेको छ । दोस्रो ठूलो निकाय एसियाली बिकास बैंक -एडिबी) संचालक समितिले सोमबार पुर्ननिर्माणकै लागि नया २० अर्ब दिने निर्णय गरिसकेको छ । यसबाहेक यसबाहेक भारत, चीन, जापान, बेलायत सहयोग नियोग र युरोपियन युनियनले पनि ठुलै रकमको आश्वासन दिएकाले सहायता साढे २ खर्बको हाराहारीमा पुग्नेमा अर्थ मन्त्रालयका अधिकारीहरु आश्वस्त छन

विश्व बैंकले दिने भनिएको ५० मध्ये २० अर्ब तत्कालका लागि पुराना कार्यक्रमबाट झिकेर दिने हो । तर पछि संचालक समितिबाट अनुमोदन गरेर सोहि बराबरको रकम सोधभर्ना गरिने बैंकले जनाएको छ । एडिबीले पनि यसैगरि हाललाई खर्च नभएको रकम पनि पुर्ननिर्माणमा लगाउने र पछि रकमको अभाव हुदै गए रकम थप्दै जाने जानकारी दिएको छ । एडिबीका नेपाल निर्देशक केनिची योकोयामाले सन २०१७ देखि बाषिर्क रुपमा दिदै आएको २० अर्बलाई बढाएर ३४ अर्ब पुर्याउने बारे मुख्यालयमा छलफल भइरहेको वताए । यसरी बढ्न जाने १४ अर्ब रुपैया सरकारले पुर्ननिर्माणमा लगाउन सक्छ । सरकारले पुर्ननिर्माणका लागि कम्तीमा ५ बर्ष लाग्ने अनुमान गरेकेा छ । पुर्ननिर्माणका लागि सम्मेलनका क्रममा हुने र आगामी दिनमा आउने प्रतिवद्धता पनि आवश्यकता र रकमको उपलब्धता अनुसार पाँच बर्षसम्म खर्च हुनेछ । एडिबी र विश्व बैंक दुवैले आगामी दिनमा खर्च गर्दै जादा ऋण तिर्न समस्या हुदै गए क्रमशः अनुदानमा पनि परिवर्तन गर्न सकिने जानकारी सरकारलाई गराइसकेका छन ।

 अहिले आएको प्रतिवद्धता भने सहुलियतपुर्ण ऋण हो । यसको ब्याज साधारणतया २ प्रतिशतभन्दा कम हुने र भुक्तानी गर्नुपर्ने अवधि ३० बर्षभन्दा माथि हुनेछ । 'पहिलो प्राथमिकता अनुदान र त्यसपछि सहुलियतपुर्ण ऋणको आग्रह गरिरहेका छौ,' अर्थमन्त्री रामशरण महतले अन्तराष्ट्रिय सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भने । उनले दाताहरुलाई सहायताका लागि जबरजस्ती नगरिने पनि वताए । 'पुर्ननिर्माणका लागि चाहिने ६ खर्ब ६९ अर्ब रुपैया हो,' उनले भने, 'जति दातृ निकायबाट आउछ ठिक छ बाकि आपmनै स्रोतबाट खर्च गरिनेछ ।'

पिडिएनएले भुकम्पका कारण ७ खर्ब बराबरको क्ष्ाति/नोक्सान भएको र पुर्ननिर्माणमा ६ खर्ब ६९ अर्ब लाग्ने देखाएको छ । आगामी विहिबार हुन लागेको सम्मेलनको मुख्य विषयवस्तु यहि प्रतिवेदन हुनेछ । 'यसै प्रतिवेदनलाई आधार मानेर सहयोगको आग्रह गरिने हो,' अर्थमन्त्री महतले भने ।  

सम्मेलनमा निम्तो पठाइएका ७० मध्ये ५३ अन्तराष्ट्रिय निकायले सहभागिता जनाउने प्रतिवद्धता जनाइसकेका छन । जसमध्ये ३० द्धिपक्षिय, १९ वहुपक्षिय र ४ एजेन्सीले सहभागिता जनाउने छन । उक्त सम्मेलनमा यी निकायका २ सय ३९ जना सहभागि हुने अर्थमन्त्री रामशरण महतले जानकारी दिए । 'अझै बढन सक्ने सम्भावना छ,' उनले भने । बैसाख १२ र २९ गतेको भुकम्पबाट भएको क्षति पछिको पुर्ननिर्माणमा सहयोग जुटाउन सम्मेलन आयोजना गर्न लागिएको हो । अर्थमा आयोजित पत्रकार सम्मेलनमा सहभागि भएका परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले सम्मेलनलाई दाताहरुले रकम दिने कुरामा मात्रै सिमित नगर्न आग्रह गरे । 'यो आपसी सम्बन्ध विस्तार गर्ने अवसर पनि हो,' उनले भने । यसैबीच व्यबस्थापिका संसदको अर्थ समितिले मुलुकको स्वाभिमान जोगाउदै दातृ निकायहरुसंगबाट सहायता जुटाउन सरकारलाई निर्देशन दिएको छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।