Skip to main content

झण्डै ३५ प्रतिशत खर्च दाताबाट जुटदै

असार ९ - भुकम्पपछिको पुर्ननिर्माणका लागि आवश्यक रकमको ३५ प्रतिशतसम्मको रकम दाताहरुबाट जुटने देखिएको छ । योजना आयोगले तयार पारेको विपद पछिको आवश्यकता पहिचान (पिडिएनए) प्रतिवेदन अनुसार पुर्ननिर्माणमा ६ खर्ब ६९ अर्ब लाग्ने आंकलन छ । आगामी विहिबार आयोजना हुने पुर्ननिर्माण सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनमा साढे २ खर्ब सम्मको सहायता आउने आंकलन अर्थमन्त्रालयको छ । 'आज (मंगलबार) सम्मको छलफलका आधारमा साढे २ खर्ब सम्म सहायता आउन सक्ने देखिन्छ,' अर्थमन्त्रालयका एक उच्च अधिकारीले भने ।

मुलुकको सबैभन्दा ठुलो दातृ निकाय विश्व बैंकले मंगलबार ५० अर्ब सहुलियतपुर्ण ऋण दिने प्रतिवद्धता जनाइसकेको छ । दोस्रो ठूलो निकाय एसियाली बिकास बैंक -एडिबी) संचालक समितिले सोमबार पुर्ननिर्माणकै लागि नया २० अर्ब दिने निर्णय गरिसकेको छ । यसबाहेक यसबाहेक भारत, चीन, जापान, बेलायत सहयोग नियोग र युरोपियन युनियनले पनि ठुलै रकमको आश्वासन दिएकाले सहायता साढे २ खर्बको हाराहारीमा पुग्नेमा अर्थ मन्त्रालयका अधिकारीहरु आश्वस्त छन

विश्व बैंकले दिने भनिएको ५० मध्ये २० अर्ब तत्कालका लागि पुराना कार्यक्रमबाट झिकेर दिने हो । तर पछि संचालक समितिबाट अनुमोदन गरेर सोहि बराबरको रकम सोधभर्ना गरिने बैंकले जनाएको छ । एडिबीले पनि यसैगरि हाललाई खर्च नभएको रकम पनि पुर्ननिर्माणमा लगाउने र पछि रकमको अभाव हुदै गए रकम थप्दै जाने जानकारी दिएको छ । एडिबीका नेपाल निर्देशक केनिची योकोयामाले सन २०१७ देखि बाषिर्क रुपमा दिदै आएको २० अर्बलाई बढाएर ३४ अर्ब पुर्याउने बारे मुख्यालयमा छलफल भइरहेको वताए । यसरी बढ्न जाने १४ अर्ब रुपैया सरकारले पुर्ननिर्माणमा लगाउन सक्छ । सरकारले पुर्ननिर्माणका लागि कम्तीमा ५ बर्ष लाग्ने अनुमान गरेकेा छ । पुर्ननिर्माणका लागि सम्मेलनका क्रममा हुने र आगामी दिनमा आउने प्रतिवद्धता पनि आवश्यकता र रकमको उपलब्धता अनुसार पाँच बर्षसम्म खर्च हुनेछ । एडिबी र विश्व बैंक दुवैले आगामी दिनमा खर्च गर्दै जादा ऋण तिर्न समस्या हुदै गए क्रमशः अनुदानमा पनि परिवर्तन गर्न सकिने जानकारी सरकारलाई गराइसकेका छन ।

 अहिले आएको प्रतिवद्धता भने सहुलियतपुर्ण ऋण हो । यसको ब्याज साधारणतया २ प्रतिशतभन्दा कम हुने र भुक्तानी गर्नुपर्ने अवधि ३० बर्षभन्दा माथि हुनेछ । 'पहिलो प्राथमिकता अनुदान र त्यसपछि सहुलियतपुर्ण ऋणको आग्रह गरिरहेका छौ,' अर्थमन्त्री रामशरण महतले अन्तराष्ट्रिय सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भने । उनले दाताहरुलाई सहायताका लागि जबरजस्ती नगरिने पनि वताए । 'पुर्ननिर्माणका लागि चाहिने ६ खर्ब ६९ अर्ब रुपैया हो,' उनले भने, 'जति दातृ निकायबाट आउछ ठिक छ बाकि आपmनै स्रोतबाट खर्च गरिनेछ ।'

पिडिएनएले भुकम्पका कारण ७ खर्ब बराबरको क्ष्ाति/नोक्सान भएको र पुर्ननिर्माणमा ६ खर्ब ६९ अर्ब लाग्ने देखाएको छ । आगामी विहिबार हुन लागेको सम्मेलनको मुख्य विषयवस्तु यहि प्रतिवेदन हुनेछ । 'यसै प्रतिवेदनलाई आधार मानेर सहयोगको आग्रह गरिने हो,' अर्थमन्त्री महतले भने ।  

सम्मेलनमा निम्तो पठाइएका ७० मध्ये ५३ अन्तराष्ट्रिय निकायले सहभागिता जनाउने प्रतिवद्धता जनाइसकेका छन । जसमध्ये ३० द्धिपक्षिय, १९ वहुपक्षिय र ४ एजेन्सीले सहभागिता जनाउने छन । उक्त सम्मेलनमा यी निकायका २ सय ३९ जना सहभागि हुने अर्थमन्त्री रामशरण महतले जानकारी दिए । 'अझै बढन सक्ने सम्भावना छ,' उनले भने । बैसाख १२ र २९ गतेको भुकम्पबाट भएको क्षति पछिको पुर्ननिर्माणमा सहयोग जुटाउन सम्मेलन आयोजना गर्न लागिएको हो । अर्थमा आयोजित पत्रकार सम्मेलनमा सहभागि भएका परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले सम्मेलनलाई दाताहरुले रकम दिने कुरामा मात्रै सिमित नगर्न आग्रह गरे । 'यो आपसी सम्बन्ध विस्तार गर्ने अवसर पनि हो,' उनले भने । यसैबीच व्यबस्थापिका संसदको अर्थ समितिले मुलुकको स्वाभिमान जोगाउदै दातृ निकायहरुसंगबाट सहायता जुटाउन सरकारलाई निर्देशन दिएको छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an