Skip to main content

ऐंसेलु बेचेरै १ करोडभन्दा बढी आम्दानी


तेह्रथुम – जंगलमा पाइने ऐंसेलु फल बेचेर स्थानीयले यो वर्ष दुई महिनाको अवधिमै १ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । चैत अन्तिम सातादेखि जंगलमा पाकेर राताम्मे हुने ऐंसे.लु टिपेर वाइन उद्योगलाई बेची तेह्रथुम, धनकुटा र संखुवासभाका गाउँलेले यति धेरै रकम कमाएका हुन् । वर्सेनी ऐंसेलु टिपेर बेच्ने उनीहरुले यो वर्ष सिजनमा असिना र पानी कम परेकाले गत वर्षभन्दा २५ प्रतिशत आम्दानी बढेको बताएका छन् । टुटेको वाइन उद्योगलाई कच्चा पदार्थका रुपमा ऐंसेलु बिक्री गरेर किसानले त्यतिका रकम आम्दानी गरेको मारेकटहरेका रुद्र गुरुङले बताए । उनले भने,‘यो वर्ष ऐंसेलु पहिलेभन्दा धेरै फलेको देखियो,’ यो अवधिमा मैले ऐंसेलु ट्याक्टरबाट ढुवानी गरेर मात्र पनि ७ लाख आम्दानी गरेँ ।’ गुरुङ जस्तै घरगाउँमा काम गर्दै घाँस दाउरा गर्न जाँदा ऐंसेलु टिपरे उद्योगमा बेचेर सजिलै नगद कमाएको अनुभव सुनाउने धेरै छन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Comments