Skip to main content

दाता सम्मेलनमा उठ्यो साढे तीन खर्बभन्दा बढी


काठमाडौ, असार १० - भूकम्पपछिको पुनःस्थापना, पुनःनिर्माण र नवनिर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट आर्थिक, भौतिक एवम् नैतिक सहयोग एवम् समर्थन जुटाउने उद्देश्यले आयोजित ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ मा साढे तीन खर्ब रुपैयाँभन्दा बढी सहयोग रकम जुटेको छ ।
राजधानीमा जारी सम्मेलनमा विभिन्न देशले भूकम्पपछि नेपालको पुनर्निर्माण गर्न सहयोगको प्रतिवद्धता जनाउँदै उक्त रकम घोषणा गरेका हुन् ।  
सम्मेलनमा सबैभन्दा ठूलो राशीको सहयोग गर्ने छिमेकी देश भारत छ । उसले १ खर्ब रुपैयाँ बराबरको सहयोग गर्ने जनाएको छ । यसमा ७५ अर्ब सहुलियतपूर्ण ऋण र २५ अर्ब अनुदान सहयोग रहने छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा घोषणा गरेको १ खर्ब सहुलियत ऋणको ४० प्रतिशत अर्थात ४० अर्बलाई अनुदान सहयोगमा बदलिएको छ ।
भारत–नेपाल सम्बन्धलाई ‘रोटी–बेटी’ का रुपमा प्रस्तुत गर्दै भारतीय विदेश मन्त्री सुष्मा स्वराजले महाविपत्तिमा परेको नेपाललाई एक खर्ब अनुदान सहायता प्रदान गरिने घोषणा गरेकी थिइन् ।
भारत सरकार र त्यहाँका जनता नेपाल सरकार र नेपाली जनताका साथ रहेका स्पष्ट गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीको प्रत्यक्ष निर्देशनमा भूकम्पको लगत्तै खोज, उद्धार तथा राहतका लागि ‘मिसन मैत्री’ तत्काल नेपालमा परिचालन हुनु नेपाल भारतको जहिले पनि प्राथमिकतामा रहेको प्रष्ट भएको बताइन् ।
यसैगरी चीनले भूकम्पपछिको नेपालको पुनःनिर्माण, पुनःस्थापना र नवनिर्माणमा सघाउन करिब ७७ अर्ब प्रदान गर्ने घोषणा गरेको छ ।
चीनका विदेशमन्त्री वाङ यीले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताउँदै प्राकृतिक विपत्तिबाट प्रभावित भएको छिमेकीलाई पुनःनिर्माण, पुनःस्थापना र नयाँ निर्माणमा सहयोग गर्ने बताए । उक्त रकम सन् २०१५ देखि २०१८ सम्मका लागि भएको पनि चिनियाँ विदेशमन्त्रीले स्पष्ट गरे ।
यस्तै जापानले पनि नेपालको पुन: निर्माणका लागि २६ अर्ब नेपाली रुपैयाँ सहयोगको घोषणा गरेको छ। जापानले पुन: निर्माणका लागि दोश्रो सम्मेलन आफ्नो मुलुकमा गर्न प्रस्ताव समेत गरेको छ। जापानले बालबालिका र शिक्षाको लागि नेपाललाई दुईसय ६० मिलियन अमेरिकी डलर बराबरको सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । जापानका विदेश राज्यमन्त्री मिनोरु कियुचीले हाउजिङको लागि आवश्यक सहयोग गर्ने बताए । उनले नेपालका भत्किएका सम्पदाको पुन: निर्माणमा सहयोग रकम खर्च गर्न प्रस्ताव गरेका छन्।  
दाता सम्मेलनमा संयुक्त राज्य अमेरिकाले २३ अर्ब नेपाली रुपैयाँ सहयोगको घोषणा गरेको छ। अमेरिकी राजदूतले सयोगको प्रतिवद्धता जनाउँदै भने, 'यो सुरुवाती रकम मात्रै हो । यसपछि पनि हामी नेपाललाई आवश्यक सहयोग गरिरहने छौँ ।'
एशियाली विकास बैंक (एडिबी)ले ६० अर्ब नेपाली रुपैयाँ ऋण सहयोग गर्ने घोषणा गरेको छ भने युरोपियन युनियनले ११ अर्ब नेपाली रुपैयाँ सहयोगको घोषणा गरेको छ।
दाता सम्मेलनमा विश्व बैंकले ५० अर्ब, नर्बेले करिव १ अर्ब ३० करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ।
भुटान, श्रीलंका, बंगलादेश लगायतका अन्य देशले पनि नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कसको कति सहयोग प्रतिवद्धता
भारत                      १ खर्ब
चीन                        ७७ अर्ब
एशियाली विकास बैंक   ६० अर्ब
विश्व बैंक                  ५० अर्ब
जापान                      २६ अर्ब
संयुक्त राज्य अमेरिका  २३ अर्ब
युरोपियन युनियन       ११ अर्ब
नर्वे                          १ अर्ब ३५ करोड



Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an