Skip to main content

सामाजिक सञ्जालका प्रयोगकर्ताहरु : सावधान

इन्टरनेटको प्रयोगले आजको विश्वलाई एउटा सानो कम्प्युटरको बाकसभित्र संकुचित बनाइदिएको छ । हिजोसम्म कुनै व्यापार, व्यवसाय, औषधि, उपचार, सभा, सम्मेलन गर्न एक देशबाट अर्को देशसम्म हजारौं किलोमिटर पार गरेर जानुपर्ने अवस्थालाई आज एउटा कोठामा बसेर कम्प्युटर र इन्टरनेटको सहयोगले क्षणभर मै सम्भव बनाइदिएको छ ।
अझ विभिन्न सोसल नेटवर्किङ साइटको विकासक्रमसँगै कुनैपनि साथीभाई, आफन्तलाई भेट्न तथा तिनीहरुको हालखबर बुझ्न घरै छाडेर भेट्न जानुपर्ने अवस्थाको अन्त्य भएको छ । साथै कुनैपनि कम्पनि तथा संघ–संस्थाका क्रियाकलापहरु घरै बसि–बसि नियाल्न तथा बुझ्न सम्भव भएको छ । आजको दिनमा तपाईं हामी जो कोही पनि कुनै न कुनै सोसल नेटवर्किङ साइटमा आबद्घ भएका छौं । २४ घण्टामा कुनै न कुनै समय निकालेर त्यसमा सहभागिता जनाइरहेका हुन्छौं । अझ आजका युवापिढीहरु त घण्टा घण्टाको अन्तरालमा यसमा प्रवेश गरेर स्ट्याटस तथा कमेण्टहरु चेक गरिरहेका हुन्छन त कतिले आफ्नो फोन मै त्यस्ता साइटहरुलाई लाइभ बनाई हरपल आफुलाई सम्पर्कमा राखेका हुन्छन् ।
सोसल नेटवर्किङ साईटहरुमा हाल फेसबुक, ट्वीटर, लिंक्डईन, माईस्पेस अग्रपंक्तिमा रहेका छन् । आजको दिनमा फेसबुकमा १ अर्ब, ट्वीटरमा ५० करोड, लिंकड्ईनमा १६ करोड तथा माइस्पेसमा १० करोडको हाराहारीमा सदस्यहरु रहेका छन् । सोसल नेटवर्किङ साइटका फाइदाहरु धेरै भएतापनि यसका वेफाइदाहरु पनि छन् साथै यसको प्रयोगमा धेरै नै सावधान अपनाउनुपर्दछ ।


सामाजिक संजालका फाइदाहरुः

१. विश्वव्यापी सम्पर्क
२. समान रुचि भएका व्यक्तिहरुको छुट्टै समूह तथा सञ्जाल
३. हरेका पलका सूचनाहरुको आदानप्रदान
४. निःशुल्क विज्ञापन तथा प्रचार–प्रसार
५. समाचारहरुको द्रुत फैलावट
६. खर्चको बचत

सामाजिक सञ्जालका बेफाइदाहरुः

१. दाम्पत्य जिवनमा नकारात्मक प्रभाव – सामाजिक संजाल प्रयोगको सबैभन्दा नकारात्मक प्रभाव दाम्पत्य जिवनमा परेको पाइन्छ । श्रीमान–श्रीमतीबीचको सम्बन्धमा चिसोपन आउनुको प्रमुख कारण पनि यहि रहेको पाइन्छ । सम्बन्धमा प्रयाप्त समय दिन नसक्नु तथा कुनै एकको चाहानालाई अर्को पक्षले सामाजिक सञ्जालको लिप्तो प्रयोगका कारण बुझ्न नसक्नु साथै व्यस्तताका कारण उचित समय उपलब्ध गराउन नसक्नु नै मुख्य रुपमा बाधक बन्न पुगेको हुन्छ ।

२. नैराश्यता — आफ्ना साथीभाई तथा आफन्तहरुले आफु विभिन्न ठाउँहरु घुम्न, रेष्टुरेन्ट, डिस्को, पिकनिक, पार्टी आदि ठाउँहरुमा गएका फोटोहरु अपलोड गरेको देख्दा र आफुलाई त्यसको बराबरीमा नपाउँदा नैराश्यताले गाँजेको हुन्छ । साथै आफुले अपलोड गरेका स्ट्याटस, फोटो तथा भिडियोमा कति लाईक तथा कमेन्टहरु आए ? अरु साथीको स्ट्याटस र फोटोमा बढी लाइक र कमेन्ट आउने आफ्नोमा चाहिँ किन कमी भन्ने मनोवैज्ञानिक असर परेको हुन सक्दछ ।

३. शारीरिक व्यायामको कमीले कमजोरी, मन्द वुद्धि, अनिद्रा — यस्ता साइटहरुको प्रयोगले खेल्ने कुद्ने समयका बच्चाहरु बाहिर खेल्न र कुद्न भन्दा कोठामै बस्न रुचाउँछन र यसको फलस्वरुप शारीरिक व्यायामको कमीले अरुचि, अपच, अनिद्रा आदिको समस्या देखा पर्दछन । यसले बुद्धि विकासमा समेत बाधा पुर्याउंदछ ।
४. निर्णय तथा तार्किक क्षमतामा कमी — बाहिरी संसारमा घुलमिल एकदमै कम भएका कारण मानिस एकोहोरो भएको हुन्छ जसको कारण कुनैपनि निर्णय लिन अरुको सहयोग खोज्दछ साथै तार्किक क्षमताको हस हुन्छ ।

५. वादविवाद तथा सभा सम्मेलनमा अरुचि — जव मानिस समाज तथा परिवारमा घुलमिल हुन कम गर्दछ यसले मानिसलाई एकलकांटे बनाईदिन्छ । उनीहरु कसै संग कुनै विवाद गर्न चाहदैनन तथा कुनै सभा सम्मेलनमा भाग लिन मन पराउंदैनन । यस्ता साईटहरुमा आफुलाई मन नपर्ने मानिसलाई सजिलै अनफ्रेन्ड तथा अनफलो गर्ने सजिलो माध्यम उपलब्ध भएको हुंदा कुनैपनि विषयमा कोहि संग वहस गर्न रुचाउंदैन बरु पन परेन कि अनफ्रेन्ड तथा अनफलो गर्दियो बस् ।

६. साईबर क्राईम, बुलिङ् — यस्ता साईटहरुमा सबैखाले मानिसहरु उपलब्ध हुने हुंदा कसको नियत कस्तो छ भन्ने कुरा थाहा हुंदैन । विभिन्न पालिसे कुराहरु गरेर तथा झुठा स्किमहरुको भ्रम फैलाएर एकले अर्कालाई लुट्ने काम भैरहेको हुन्छ । हालसालै नेपालमा आयोजना हुन लागेको भनिएको भर्जिन सेक्स पार्टिको समाचारले यस्ता कुराहरुको पुष्टि गर्दछ । साथै एकले अर्कालाई होच्याउने, उडाउने, धम्की दिने आदि गलत कार्यहरु पनि हुने गर्दछन् ।

७. व्यक्तिगत सूचनाको अनाधिकृत प्रयोग — तपाईंले अपलोड गर्नुभएका तपाईंका व्यक्तिगत सूचनाहरुको दुरुपयोग गरि अरुले फाईदा लिईरहेका हुन्छन् । तपाईंले आफ्नो प्रोफाईलमा कुनै ईमेल एड्रेस या फोन नम्बर राख्नुभएको छ भने थर्ड पार्टीहरुले तपाईंको अनुमति विना नै तपाईंको ईमेल एड्रेस या फोन नम्बरको प्रयोग गरि ईमेल तथा म्यासेज पठाउने गर्दछन् । कतिपय कम्पनिले त तपाईंलाई थाहै नदिई तपाईंको फोटो लाई आफ्नो कम्पनिबाट उत्पादित सामाग्र्रीहरुको विज्ञापनमा प्रयोग गरि फाईदा उठाई रहेका हुन्छन । साथै तपाईंको फोटो प्रयोग गरि फेक आईडि बनाई तपाईंको नाममा फाईदा उठाईरहेका हुन्छन् ।

८. समयको नोकसानी — हालै गरिएको सर्वेक्षण अनुसार यस्ता साईटहरुका प्रयोगकर्ताहरुले औसतरुपमा एकजनाले हप्ताको १० घण्टा विताउने गर्दछन् । अझ ३० प्रतिशत रेगुलर प्रयोगकर्ताहरुले त दिनकै कम्तीमा २ देखि ३ घण्टाको दरले समय नष्ट गरिरहेका हुन्छन । अब आफैं हिसाब गर्नुहोस हाम्रो जस्तो विकासोन्मुख देशको लागि उक्त समय कति महत्वपूर्ण सावित हुन्थ्यो होला ।

९. अनावश्यक विज्ञापनको सिकार — यस्ता साईटहरुले विभिन्न विज्ञापनहरु आफ्नो पेजमा विना अनुमति राखिदिने गर्दछन् । कुनै कुनै विज्ञापन त हाम्रो सामाजिक धरातल भन्दा माथि उठेर बनाईएका हुन्छन यसले नकारात्मक असर पार्नुका साथै आफ्नो पेजमा भएका कारण अनावश्यक दिमागी बोझ थोपरिरहेका हुन्छन् ।

१०. गलत समाचारको सिकार — यस्ता साईटहरुमा कुनैपनि सूचनाहरु अनलाई पोष्ट गरिने हुंदा त्यसको वैधानिकता हुंदैन तर तिनै सूचनाको आधारमा कुनैपनि समाचारहरु आगो फैलिए जस्तो फैलिएका हुन्छन । विगतमा भएको पुर्व राजकुमार पारस साहको समाचारले यो कुराको पुष्टि गर्दछ ।

१. समाजिक कार्यमा सहभागिताको कमी — यस्ता साईटहरुको प्रयोगले प्रयोगकर्तालाई जतिबेलै पनि कोठामा सिमित राख्ने भएकोले घरमा को आयो, गयो त्यसको कुनै मतलब हुंदैन र कुनै सामाजिक कार्यमा कुनै रुचि राख्दैनन् । उनीहरुलाई आफ्नो कम्प्युटर, ईन्टरनेट र त्यस्ता सामाजिक संजालहरु नै आफ्नो परिवार लाग्दछ ।

यसका अतिरिक्त कसैले गरेका अपलोडहरुमा कमेन्ट गर्दा आफु उक्त व्यक्तिको सामुन्ने नभई गरिने हुंदा उक्त आफुले गरेको कमेन्टले नकारात्मक असर पार्न सक्दछ र यसको फलस्वरुप उसले तपाईंलाई ब्लक या अनफ्रेन्ड गर्न सक्दछ । यदि उक्त कुरा तपाईंलाई थाहा भयो भने दुईजनाको बिच टकराव उत्पन्न हुन जान्छ । साथै तपाईंका गोप्य फोटोहरु अरु कसैले अपलोड गरेको अवश्थामा तपाईं र तपाईंको परिवार बिच फाटो आउन सक्दछ । यसका अतिरिक्त परिवारका सबै सदस्यहरु अनलाईनमा व्यस्त हुंदा खाना कतिबेला चिसो भएको हुन्छ कसैलाई पत्तो हुंदेन अनि जो अनलाईन हुंदैन उसलाई कस्तो अनुभव हुन्छ होला?
तसर्थ कुनैपनि कुरा लिमिट मा गरेको राम्रो हुन्छ । सोसल नेटवर्किड्ड साईट के का लागि बनाईएको हो र कति समय खर्च गर्दा उचित हुन्छ भन्ने कुरा स्वयं तपाईले निर्धारण गर्ने कुरा हो ।

अपनाउनुपर्ने सावधानीहरुः
– अनावश्यक फोटो तथा भिडियोहरु अपलोड नगर्नुहोस् ।
– नीजि ईमेल एड्रेस, जन्ममिति तथा व्यक्तिगत फोन नम्बरहरु भुलेर पनि नराख्नुहोस् ।
– बैंकिङ जानकारी कदापि कसैलाई अनलाईन नदिनुहोस
– कसैको स्ट्याटस तथा अपलोडहरुमा धेरै विचार विमर्स गरि मात्र कमेन्ट गर्नुहोस् ।
– कसैले फ्रेन्ड रिक्वेस्ट पठाएको छ, भने तपाईंले उक्त व्यक्तिलाई चिनेको छ भने मात्र स्विकार गर्नुहोस् । म्युचल फ्रेन्ड धेरै भएतापनि उक्त व्यक्तिलाई तपाईंले नचिनेको हुन सक्दछ ।
– कुनैपनि पेजहरुलाई लाईक गर्ने रिक्वेस्ट आयो भन्दैमा विचार नगरी लाईक नगर्नुहोस् ।
– यस्ता साईटहरुको पासवर्ड वेला–वेला परिवर्तन गर्दैरहनुहोस् ।
– अनलाईनमार्फत आएका कुनैपनि लिंकहरुमा जथाभावि क्लिक नगर्नुहोस् ।
– गोप्य सूचनाहरु कहिले पनि आदान प्रदान नगर्नुहोस् ।
– यस्ता साईटहरुमा प्राप्त हुने अनावश्यक एप्लिकेशनहरु डाउनलोड नगर्नुहोस् । त्यस्ता एप्लिकेशनहरुले तपाईंको व्यक्तिगत विवरण प्रयोग गर्ने अनुमति मागेका हुन्छन । तपाईंलाई स्पाम मेलहरु आउने प्रमुख कारण यिनै हुने गर्दछन् ।
– गाली, असभ्य तथा अभद्र शब्दहरुको कदापी प्रयोग नगर्नुहोस् ।
– पल पलमा आफु रहेको लोकेसनको बारेमा जानकारी नगराउनुहोस् ।
– यस्ता साईटहरुमा सकेसम्म कम समय व्यतित गर्नुहोस् ।
(मास्टर्स ईन कम्प्युटर नेटवर्क सेक्युरिटी, यू.के.)

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an