Skip to main content

परम पुज्य ठुल्शिग रिन्पोक्षेको जीवनी

चुन्मो काथाङबाट यसरी भविष्य वाणी गरिएको छ । फाग्री नामक स्थानमा भिक्षु कोकलीले सय जन्मान्तर पछि मेरो धर्मको शासन संरक्षण समवर्दन र विस्तार गर्नेछ तथा पाँचसय जना ध्यानी साधकहरुद्वारा परिक्रमित महा ठुल्शिगको उत्पन्न हुनेछ भनि बताइएको छ । भविष्य वाणी अनुकूल परम पुज्य ठुल्शिग रिन्पोक्षेको जन्म पिता तेन्जिन क्षोदर तथा माता ज्याम याङ वाङ्मो दुइको सुपुत्रको रुपमा सन् १९२४ मा तिब्बतको अचाङ रुजी अन्तर्गतका मे चाङमे नाकार स्थित डुब्दे नामक स्थानमा अद्भूत लक्षणका साथ जन्म हुनु भएको थियो । चार वर्षको उमेरमा लतोद शेलकारजोङ्को जारोङफु नामक स्थानमा स्वयंका पूर्वजन्म शेदुहु कुन्गा थोङडोल दोर्जे एवं ठुल्शिग दोङा्ग लीङ्पाको शिष्य परम पुज्य जाटुल रिन्पोक्षेको सम्मुख प्रस्थान गर्नुभई पूर्वजन्मको सम्पूर्ण कुरा बताउनु हुँदा चार वर्षको उमेरमा भ्रम रहित अवतारको रुपमा प्रमाणित गर्नुभई दोङग तेन्जिन पाल जाङ्पो भनि शुभ नामकरण भर्नुभयो । १२ वर्षको उमेरमा स्वर्ण आशनमा गद्दिआरोहण गर्नु भयो । जाटुल रिन्पोक्षेको सम्मुखबाट प्रतिमोक्ष, बोधि चित्त र गुह्यमन्त्रको धमृचक्र श्रवण गरी १८ वर्षको उमेरदेखि तीन वर्ष सम्म कठोर ध्यानमा बस्नुभइ त्यसपछि लगातार जनुसुकै समयमा पनि साधना अभ्यासमा प्रयत्नरत हुनु भएको थियो । पूनर्जन्मको कुलपति स्वामि जाटुलको वचन अनुकुल जारोङ दोङग क्षोलिङ गुम्बाको खेन्पोको उपाधि ग्रहन गरी गुम्बा संरक्षण, सम्बर्दन तथा विस्तार गर्नुपर्ने वचनको शिरोधारी गर्नुभई विशेष गरी प्राचिन धर्म शासनको केन्द्र होग्मिन ओगेन मिनडोल लिङमा प्रथम पटक २१ वर्षको उमेरमा जानुभयो । त्यसपछि धेरै पटक त्यहाँ जानु भई परम पुज्य मिनलीङ च्युङ रिन्पोक्षे वागिन्द्र धर्म कृतिको चरणबाट उपध्याय र मिनलीङ महा उपाध्याय खेन्चे नोर्वु रिन्पोक्षेबाट भिक्षु शील ग्रहण गर्नुभयो । त्यसै गरी जोङसार खेन्चे क्षोकि लोकि लोटो रिन्पोक्षे, खुनु लामा तेन्नि ग्यालक्षेन, तानाग थुपतेन शेञेन फुन्छोग रिन्पोक्षे र विशेष गरी परम पुज्य दलाई लामा आदिको बीचमा रहेर शाक्य, गेलुग, ञ्यिङ्मा र काग्युको ३० जना भन्दा अधिक गुरुहरुको संश्रय गरी भारत तथा तिब्बतका सिद्धान्त निष्पक्ष भएको सुत्र, अनि बाह्य र आन्तरिक तन्त्र तथा अन्य विद्याहरु कुमार अवस्थामा नै अधिक श्रवण, मनन र चिन्तनको अभ्या
स गर्नुभएको थियो । त्यसैगरी मुकजाङ रिन्पोक्षेबाट ञ्यिङथिग याजी, परम पुज्य दुदज्योम जिग्डाल येशे दोर्जेबाट ३१ वर्षको उमेरमा साम्य विहारमा रिन्क्षेन तेरजोद र जो दुनको श्रवण गर्नुभयो । विशेषगरी ३७ वर्षको उमेरमा प्रथम पटक दिलगोन खेन्चे रिन्पोक्षेको दर्शन भई उहाँको सम्मुखबाट सुह्दलेख र स्वामी स्वयंको गम्भिर निधि अन्तर्गतको ञ्यागफुरको अभिषेक आगम श्रवण गर्नुभयो त्यसपछि नेपालको बौद्ध नाथ स्थित बुद्धका वचन अनुवादको आगम श्रवण गर्नुभयो । पुन नाथ स्वयंलाई थुपतेन दोङग क्षोलिङमा आमन्त्रण गरी ६ महिना सम्म रहनुभई ञ्यिङथिग पहिलो तथा दोस्रो र डुपथाप कुन्तु, दामङाग जोद टुल्पि लेगपम रिन्पोक्षे आदिको श्रवण गर्नुभयो । संक्षेपमा भन्नुपर्दा बाह्य रुपमा विशुद्ध विनय शील भएको र भित्री रुपमा चित्त महा सत्वको बलले उच्च तथा निम्न जो कसैलाई पनि हँसिलो मुहारमा मिठो बोली गर्नुहुने बोधि उत्वको आचरण गर्नुहुने तथा मात्र शासन र सत्वप्राणीको हित वोहेक अन्यथा अष्ट लोक धर्मको बेवास्ता गर्नुहुन्थ्यो । कालान्तरसम्म पनि बुद्ध शासनको संरक्षण तथा विस्तार गर्नुहुने भावनाले अरन्यको स्थान नेपालको सोलुखुम्बु जिल्ला स्थित जुनबेसीमा थुपतेन दोङग क्षोलिङ नामक गुम्बाको स्थापना गर्नुभयो । र, त्यहाँ लगभग पाँच सय जना जति शिष्यहरु रहेको छ । त्यसपछि पुनः काठमाडौंको स्वयंभू स्थित पनि हिजो आज विशाल गुम्बाको निर्माण गर्नुभएको छ । र सन् १९८८ मा आफ्नै गुम्बा थुप्तेन क्षोलिङ गुम्बामा प्राचिन बुद्ध वचनको आगम र सन् १९९० मा रत्न निधि कोषको आगम अभिषेक प्रदान गर्नुभयो । त्यसैगरी नेपाल, भारत, भुटान, सिक्किम र विश्वको विभिन्न देशहरुमा पाल्नुभई चारै सम्प्रदायका शिष्यहरुको श्रद्धा भक्ति अनुकुलको आगम अभिषेक र प्रपोदेश प्रदान गर्नुभई सम्पूर्ण सत्वप्राणीलाई मोक्ष तथा निर्वाणको मार्गमा स्थापित गर्नुभएको थियो । साथै श्रवण मनन चिन्तन तथा संवाद विवाद र संरचना अनि विशुद्ध विनय शीलधारी अतुलनिय सद पुरुष उहाँलाई सन् २०१० मा ञ्यिङ्मा सम्प्रदायको प्रमुख गुरुको गद्दि आरोहण गर्नु भएको थियो । अन्तत नित्यधारक विनयजनलाई मुक्त गराउनका निम्ति आफ्नो नयाँ गुम्बा काठमाडौं स्थित सन् २०११ म महापरिनिर्वाण हुनुभयो ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।