Skip to main content

ग्यास बचत गर्न गृहणीलाई १२ टिप्स

भारतीय नाकाबन्दीका कारण इन्धनको संकट गहिरिएका बेला धेरै गृहणीहरु ग्यासको खपत कम गर्ने उपायहरुको खोजीमा लागेका छन् । धेरै काठमाडौंबासीको चुल्होमा ग्यास सकिइसकेको छ भने केहीले जसोतसो पुर्‍याइरहेका छन् । धेरैको टेन्सन छ-ग्यासको खपत कसरी कम गर्ने ? उनीहरुलाई उपयोगी हुने १२ प्रभावकारी उपायहरु यहाँ प्रस्तुत गरिएको छ ।

१. बर्नरमा राख्नुअघि भाँडाकुडालाई राम्रोसित पुछ्नुस । भाँडामा पानी लागेको भए त्यसलाई सुकाउन लाग्ने अतिरिक्त ग्यासको वचत हुन्छ । भाँडा बसाल्नुअघि नै पकाउन आवश्यक सामग्रीहरु वरिपरी राख्नुस । ग्यास बालेपछि नून-तेल खोज्न अल्मलिनु हुँदैन । फ्रिजमा रहेका तरकारीहरु अगाडी नै बाहिर निकालेर राख्नुपर्छ । तरकारी धेरै चिसो भयो भने तात्न समय लाग्छ ।

२. बसालेको खानेकुरा तातिसकेपछि ग्यासको बर्नरलाई मिडियम वा स्लो मोडमा राखेर पकाउनु ठिक हुन्छ । ह्वार्र ग्यास बाल्दैमा चाँडो पाक्ने होइन, ग्यास खेर मात्रै जान्छ । सानो ग्यासमा पकाएका खानेकुरा राम्रोसित पाक्ने र स्वाद पनि मिठो हुन्छ ।

. ग्यास वचन गर्नका लागि खुल्ला मुख भएका भाँडोमा सकभर नपकाउनु राम्रो हुन्छ । बिर्को भएका भाँडामा पकाउँदा ताप खेर जाँदैन । त्यसैले संभव भएसम्म कराईमा भन्दा प्रेसर कुकरमा पकाउनु राम्रो हो । अर्को महत्वपूर्ण कुरा, भाँडा धेरै सानो हुनुहुँदैन । आगोको लप्का भाँडाभन्दा बाहिर गयो भने ग्यास खेर जान्छ ।

४. दाल-तरकारी पकाउँदा पहिल्यै धेरै पानी हाल्नु हुँदैन । पानी धेरै हाल्दा खानेकुरा पाक्न समय लाग्छ । पाकिसकेपछि आवश्यक परिमाणमा पानी तताएर मिसाउँदा ग्यास वचत हुन्छ । बिद्युतीय यन्त्र वा सोलारबाट तताएको पानी प्रयोग गर्नु राम्रो ।

५. विद्यूतीय सामग्रीहरुको बढिभन्दा बढि प्रयोग गर्नुपर्छ । पानी उमाल्ने काममा सकभर ग्यास प्रयोग नगरौं । राइस कुकरमा भात पकाउनुभयो भने ग्यासै चाहिदैन । प्रेसर कुकरमा नै पकाउने हो भने पनि विद्युतीय उपरकणमा पानी उमालेर प्रयोग गर्न सकिन्छ । राइसकुकरमा भातमात्र हैन, धेरै कुरा पकाउन सकिन्छ ।

६. खाना पकाइसकेपछि रेगुलेटर बन्द गर्नुपर्छ । रेगुलेटर, पाइप, बर्नरहरुलाई नियमित रुपमा सफा गर्ने र लिक भए नभएको चेक गर्ने गर्नुपर्छ ।

७. घरमा फ्रिज छ भने तपाईंले ग्यासको खपत धेरै कम गर्न सक्नुहुन्छ । एकैपटक धेरै परिमाणमा तरकारी पकाएर फ्रिजमा राखिदियो भने अर्को पटक त्यसैलाई तताएर खान सकिन्छ । घरमा भएको बिद्युतीय माइक्रोओभनबाटै धेरै खानेकुरा तताउन सकिन्छ ।

८. आगोको ज्वाला सामान्यतया रंगहिन वा निलो रंगको हुनुपर्छ । यदी ज्वाला पहेँलो छ भने ग्यासले राम्रोसित आगो र तापक्रम पैदा गर्न नसकेको ठहरिन्छ । त्यस्तो बेला जान्ने मान्छेलाई देखाउनु आवश्यक छ ।

९. माटोको भाँडोमा भन्दा धातु (जस्तै स्टेनलेस स्टिल)को भाँडोमा चाँडै खानेकुरा पाक्छ किनकी धातुहरुमा तापको तीव्र प्रसार हुन्छ । त्यसैले सकभर धातुकै भाँडामा पकाउनु आवश्यक छ ।

१०. सामान्यतया नेपालीहरुले दाल, भात, तरकारी र अचार खाने चलन छ । उर्जा कम भएका बेला भान्सामा यी सवै खानेकुरा पकाउनुको साटो कुनै एउटा परिकार कम गर्नु बुद्धिमानी हुन्छ । इन्धनको प्रयोग नहुने अचार र दाल वा तरकारीमा झोल हाल्ने बिधि पनि उपयुक्त हुन्छ ।

११. सानो परिवार छ भने, राइस कुकरमा भात पकाउने बेलामै आलु वा अण्डा हालेर उसिन्न पनि सकिन्छ । चामल र दाल एकैसाथ पकाउने विधि पनि उपयुक्त हुनसक्छ । पकाउन समय लाग्ने दालजन्य चिजलाई पहिले नै पानीमा भिजाएर राख्नुभयो भने छिटो पाक्छ ।

१२. यदि तपाइँसँग खुला ठाउँ छ भने व्रिकेट वा कोइलाको माध्यमबाट पनि खाना पकाउन सक्नुहुन्छ । काठमाण्डुमा अहिले धेरै परिवारले दाउराबाट खाना पकाउन पनि थालिसकेका छन् । यो अन्तिम अबस्थामा पुग्नु अगावै थोरै भए पनि अाफुसँग रहेको ग्यास जोगाउन सक्नुभयो भने केही दिन दाउरा बाल्ने स्थितिमा पुग्नुपर्ने छैन् ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।