Skip to main content

एनएमएका सबै पीकको सेवाशुल्क उठाउने अधिकार खोसियो

नेपाल पर्वतारोहण संघ (एनएमए)को करीब चार दशकदेखि रोयल्टी संकलन गर्दै आएको विभिन्न ३३ हिमालको आरोहण अनुमति खोसिएको छ ।
वि.सं. २०३४ माघ ५ गते तत्कालिन मन्त्रीपरिषद्को निर्णयबाट १८ वटा र २०५९ भदौ ३१ गते थप १५ गरी ३३ वटा हिमालको सेवा शुल्क उठाउन दिएकोे अधिकार एनएमएबाट खोसिएको हो । एनएमएको हिमालको सेवा शुल्क उठाउन पाउने यो अधिकारलाई निवर्तमान सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाको प्रस्तावमा गत असोज २२ गतेको मन्त्रीपरिषद् बैठकले खोसेको हो । सुशील कोइराला नेतृत्व सरकार कामचलाउ भैसकेपछि बसेको मन्त्रीपरिषद् बैठकले पर्वतीय पर्यटन क्षेत्रमा निकै ठूलो प्रभाव पर्ने गरी नीतिगत निर्णय गरेको छ । शेर्पाले जाँदाजादै एनएमएको सेवा शुल्क खोसेर मन्त्रालय अन्तर्गतको पर्यटन विभागबाट उठाउने गरी निर्णय गराएका छन् ।
मन्त्रीपरिषद्ले गरेको यो निर्णय पाउँदा समग्र पर्वतीय पर्यटन क्षेत्रलाई आश्चर्य र दुःखि बनाएको एनएमएका अध्यक्ष आङछिरिङ शेर्पाले बताए । यो निर्णयमा एनएमएले हिमालको रोयल्टी उठाउन बन्द गर्ने र यसका वार्षिक कार्यक्रम संचालन गर्न सरकारले निश्चित बजेट दिने भन्दै निर्णय गरेको पत्र आइपुगेको पनि शेर्पाले बताए । सरकारको यो निर्णयले पर्वतीय पर्यटनको प्रवद्र्धन र विकासको लागि गठन भएको संस्थालाई दिएको अधिकार खोसिनुले समग्र आरोही र पर्वतीय पर्यटनकै लागि ठूलो धक्का परेको शेर्पाले बताए ।
वि.सं. २०६३ को अन्तरिम संविधान पछि पनि सरकारले यो अधिकार एनएमएलाई नै दिनु कानुनसंगत नरहेको भन्दै विवादमा तानिएको हिमालको अनुमति कृपासुरले खोसेका छन् । एनएमएले ६ हजार पाँच सय मिटर भन्दा कम उचाइका हिमालको अरोहण अनुमति दिने गरेको थियो । यस अघि एक वर्ष अगाडि मात्रै पाँच हजार ८ सय मिटरसम्मका ६ वटा हिमाल खोसिएको थियो । सरकारले एक वर्ष अगाडि पाँच हजार आठ सय मिटरसम्मका हिमाललाई टे«किङ रुटको लागि निःशुल्क अनुमति दिने निर्णय गरेपछि एनएमएका चलनचल्तीका ६ वटा हिमाल खोसिएको हो । अहिले बाँकी २७ हिमाल पनि खोसिएको छ ।
एनएमएले हिमाली क्षेत्रको प्रवद्र्धन, तालिम र पर्वतीय पर्यटनको विकासका लागि लिएको यो रोयल्टी संकलन गर्दै आएको थियो । एनएमए पर्यटन मन्त्रालय मातहत संचालन हुने संस्था भएकोले यसका हरेक गतिविधि मन्त्रालयका मातहतमा हुने गरेको भएपनि मन्त्रीले ३७ वर्षदेखिको अधिकार खोसिदिएको अध्यक्ष शेर्पाले बताए । उनका अनुसार चार दशक अगाडि १८ वटा र ५९ सालमा १५ वटा हिमालको सेवा शुल्क एनएमएले उठाउन सरकारले नै दिएको थियो । यो संस्थाले हिमाल वापतको शुल्क कुनै रोयलल्टी तथा राजस्व नभइ पर्वतीय पर्यटनको विकास र प्रवद्र्धन गर्न सरकारी अनुमतिबाट लिइएको सेवा शुल्क मात्रै भएको बुझाउँदा बुझाउँदै पनि कृपासुरले प्रस्ताव जवरजस्ती स्वीकृत गराएको आरोप एनएमएको छ ।
एनएमएले उठाएको यो हिमालको सेवा शुल्क पर्यटन मन्त्रालयबाट स्वीकृत कार्यक्रममा मात्रै खर्च गर्ने गरिएको महासचिव ठाकुरराज पाण्डेले बताए । यो रकम पर्वतीय पर्यटनको विकास र प्रवद्र्धनमा हरेक वर्ष खर्चने गरिएको पनि उनको भनाइ छ । एनमएका अनुसार यो संस्थाले हिमाल आरोहणको अनुमतिबाट बार्षिक करीब पाँच करोड रुपैयाँ संकलन गर्ने गरेको छ । यस विषयमा पर्यटन क्षेत्रका संघसंस्था, आरोही, शुभचिन्तक तथा कानूनका विज्ञहरुसँग सरसल्लाह भइरहेको र निर्णय फिर्ता गराउने पहल भइरहेको पाण्डेले जानकारी दिए । एनएमएले उत्पादन गर्दै आएको म्यानपावर, देश÷विदेशमा यसको इज्जत तथा पर्वतारोहणको विकासका लागि पु¥याउँदै आएको योगदानलाई मध्येनजर गर्दै शेवा सुल्क उठाउन दिनु पर्ने उनको भनाइ छ । पाण्डेले मुद्धा विचाराधिन रहेको भन्दै आफ्नै पक्षमा फैसला हुनेमा विश्वस्त रहेको बताए ।
एनएमएको यो अधिकार खोसिएपछि नेपाल पर्यटन बोर्डको पर्यटन सेवा शुल्क, राष्ट्रिय प्रकृति संरक्षण कोष, वैदेशिक रोजगार संघ, जिल्ला विकास समिति अन्र्तगतका निकायमा उठाउने शुल्कमाथि पनि प्रश्न चिन्ह लागेको एक पर्यटन व्यवसायीले बताए ।
स्रोत : पर्यटनन्यूज

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।