Skip to main content

विश्वकै खराबमध्ये त्रिभुवन विमानस्थल तेस्राे स्थानमा

संसारमा धेरै एयरपोर्टहरु छन् जसमध्ये कतिपय अत्यन्तै नराम्रो स्थितिमा पनि रहेका छन्। गाइड टु स्ल्पिङ इन एयरपोर्टले अनुसन्धानका आधारमा सन् २०१५ का सबैभन्दा नराम्रो अवस्थामा रहेका  १० एयरपोर्टहरुको सूची जारी गरेको छ। यात्रुहरुको प्रतिक्रियाका अाधारमा यो सूची तयार पारिएको हो।

यो सूचीको पहिलो स्थानमा नाइजेरियाको पोर्ट हारकोर्ट इन्टरनेसनल एयरपोर्ट परेको छ भने नेपालको काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तेस्रो स्थानमा परेको छ। 

१. पोर्ट हारकोर्ट इन्टरनेसनल एयरपोर्ट, नाइजेरियाः
फोहोर स्थान, असहयोगी कर्मचारीहरु, बस्ने स्थानको कमी, विग्रिएका एसीहरु जस्ता विविध नकारात्मक कुराहरुको कारण नाइजेरियाको यो एयरपोर्ट विश्वकै नराम्रो एयरपोर्टको रुपमा रहेको हो। यहाँको अराइभल  हल पनि एक टेन्ट भित्र रहेको छ जसको धेरैले गुनासो गरेका छन्। यसका साथै यहाँ भ्रष्टाचार पनि अत्यधिक छ।

२. जेद्दाह किङ्ग अब्दुल अजीज इन्टरनेसनल एयरपोर्ट, साउदी अरबः
यो एयरपोर्टको धुम्रपान निषेधित क्षेत्रमा पनि मानिसहरुले धुम्रपान गर्छन्। त्यस्तै दुर्गन्धित शौचालयको गन्ध बाहिरसम्म फैलिएको छ। 

३. त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट, काठमाडौँः
नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको गत वर्ष पनि धेरै आलोचना भएको थियो। गत वैशाखमा आएको भूकम्पका कारण यसको अवस्था झनै विग्रेको छ। विग्रेको धावनमार्गदेखि लिएर, फोहोर र यात्रुहरुले भोग्नुपरेका समस्याका कारण काठमाडौँको यो एयरपोर्ट विश्वका नराम्रा एयरपोर्टहरुको सूचीमा तेस्रो स्थानमा परेको छ। 

४. ताशकन्द इन्टरनेसनल एयरपोर्ट, उज्बेकिस्तानः
हालै यो एयरपोर्टमा थुप्रै सुधारहरु गरिएपनि बाहिर निस्कने स्थानमा हुने लामो लाइन र भिडका कारण यो एयरपोर्ट खराब एयरपोर्टको चौथो स्थानमा परेको छ। यहाँ भागदौडमा भिड धेरै आक्रमक हुने गर्छ। 

५. साइमन बोलिवर इन्टरनेसनल एयरपोर्ट, भेनेजुएलाः
अनुसन्धानका अनुसार यो एयरपोर्टमा प्रायः भागदौड मच्चिरहेको हुन्छ। त्यस्तै यो एयरपोर्ट कम आरामदायी र फोहोर पनि छ। बस्नका लागि पर्याप्त कुर्सीहरु नहुनु, शौचालय राम्रो नहुनु र यात्रुका लागि राम्रो खानपीनको व्यवस्था नहुनाले यो एयरपोर्ट नराम्रो एयरपोर्टहरुको सूचीमा परेको छ। 

६. टाउसेन्ट लोभर्चर इन्टरनेसनल एयरपोर्ट, हाइटीः
उग्र गर्मी, बस्ने स्थानको कमी, अविश्वासिला कर्मचारी र अन्य विविध नकारात्मक प्रतिक्रियाका कारण यो एयरपोर्ट नराम्रा एयरपोर्टको सूचीमा परेको हो।

७. हामिख करजइ इन्टरनेसनल एयरपोर्ट, अफगानिस्तानः
नराम्रो अवस्थमा रहेको यो एयरपोर्टमा गत वर्ष केही सुधार गरिएपनि सरसफाइ, आरामदायी सुविधाहरु नभएको र कर्मचारीहरु गैरजिम्मेवारी भएका कारण अझै पनि यात्रुहरुले यसको गुनासो गरेका छन्।

८. तान सन नहाट इन्टरनेसनल एयरपोर्ट, भियतनामः
अनुसन्धानमा सामेल भएका धेरै मानिसहरुले यो एयरपोर्टमा गडबढी हुने आरोप लगाएका छन्। अनुसन्धानकर्ताले एयरपोर्टसँग यसबारे सोधपुछ गर्न खोज्दा सम्पर्क हुन नसकेको बताइएको छ। फोहोर शौचालय, वाइफाइको नराम्रो सिग्नल जस्ता अन्य सानातिना गुनासो पनि यात्रुहरुले गरेका छन्।

९. बेनेजीर भुट्टो इन्टरनेसनल एयरपोर्ट, पाकिस्तानः
सन् २०१४ मा सबैभन्दा नराम्रो एयरपोर्टको नम्बर एक स्थानमा परेको यो एयरपोर्ट यसपटक नवौँ स्थानमा परेको छ। विगत एक वर्षमा यो एयरपोर्टमा धेरै सुधार गरिएको भएपनि आलोचकहरुले यहाँ सरसफाइको कमी, भिडभाड र कर्मचारीहरुमा आफन्तवाद भएको बताएका छन्। 

१०. बिवे टाइली इन्टरनेसनल एयरपोर्ट, पेरिसः
बस्ने स्थानको कमी, शौचालय थोरै र फोहोर भएको प्रतिक्रियाका कारण  यो विश्वका नराम्रा एयरपोर्टहरुको सूचीमा परेको हो।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।