Skip to main content

यूरिक एसिडले मानवीय अङ्गलाई पार्ने असर र रोकथामका उपायहरु !

युरिक एसिड बढेर हुने जोर्नी समस्या लाई गौट–बाथरोग भनिन्छ । खान–पान र जीवनशैली सँग सम्बन्धित रोग भएकाले उचित निदान र रोगको प्रकृति, विकृति र रोगोस्थितिको उचित आँकलन पश्चात् खान–पान सुधार र जीवनशैली परिवर्तन गरेर यो रोगबाट पूर्ण मुक्ति पाउन सकिन्छ । त्यसमा पनि विशेषतः यो रोगमा पथ्य–अपथ्य (के खाने, के नखाने ?) को उचित व्यावश्थापन नितान्त आवश्यक छ । जसका लागी यहाँ दिर्ईएका केही सुझावहरू लाभकारी हुन सक्छन ।

रगतमा युरिक एसिडको मात्रा बढ्नुमा प्युरिन न्युक्लिक एसिड युक्त खाद्यान्नहरूको मूख्य भूमिका छ । यूरिक एसिडको, प्युरिन न्युक्लिक एसिड उपपाचन (मेटावोलिजम्) को अन्तिम उत्पादन हो । रगतमा यूरिक एसिडको मात्रा प्युरिन न्युक्लिक एसिडको उपपाचनमा आएको गडबडीको कारणले वा बनेको युरिक एसिड युरियामा परिवर्तन भएर पिसाबबाट बाहिर जान नसक्नाले बढ्द छ । यस्तो अवश्थामा प्युरिन न्युक्लिक एसिड युक्त खाने कुराहरू पहरेज गरी, बनेको यूरिक एसिडलाई पिसाप मार्पmत बगाएर लैजाने र यूरिक एसिडका कारणले हुने प्रदाहत्मक क्रियालाई समन गर्न सघाउने खालका खानेकुराहरू खान आवश्यक छ ।
के खाने ?

१ उषाः पान (पानी पिउने)
रगतमा यूरिक एसिडको मात्रा निर्जलताको कारणले पनि बढ्ने गर्छ । बढेको यूरिक एसिडलाई पिसापद्वारा बाहिर निकाल्न रोगीले दैनिक चार पाँच लीटर पानी पिउन आवश्यक छ । पानी पिउँदा एकैचोटीमा धेरै नपिएर थोरै थोरै गरेर पिउनु पर्छ । दिउसो घण्टा घण्टाको अन्तरालमा २/२ गीलास पानी पिउनु पर्छ । मिर्गौला विकृत भएर यूरिक एसिड बढेको भए धेरै पानी पिउन हुदैन ।

२. चेरी – प्रतिदिन चेरी खानाले यो रोगमा निकै लाभ पु¥याउँछ । चेरीमा एन्थोसाइन भन्ने तत्व हुन्छ । यसले यूरिक एसिडलाई न्यूट्रलाइज गर्नुका साथै एसिडको क्रिष्टल बन्न नदिएर गौट वाथ हुन बाट बचाउँछ । दैनिक २० देखी ३० चेरी खाने गरेमा रगतमा यूरिक एसिड नियन्त्रण गरी गौट प्रतिरोधात्मकता बढाउँछ भने रोग भएका हरुले हरेक ४÷४ घण्टामा ३०/४० चेरी खाँदा रोग नियन्त्रणमा प्रत्यक्ष फाइदा पु¥याउँछ ।

३. स्याउः– दैनिक एउटा स्याउको सेवन यो रोगका लागि उत्तम मानिन्छ । स्याउमा म्यालिक एसिड भन्ने तत्व पाइन्छ । जसले यूरिक एसिडलाई न्यूट्र«लाइजेसन गर्नुका साथै वाथ प्रकोपका दौरान हुने प्रदाहलाई पनि कम गर्छ ।

४. अमिला फलफूल – अमिला फलफूलमा सीट्रक एसिड पाइन्छ । जसले यूरिक एसिडलाई निश्तेज गर्न सहयोग गर्छ ।

५. फाइवर्स फूड – चोकर रेशा र चोकर युक्त , खस्रा मोटा र सग्ला खाद्यको प्रयोगले रगतमा युरिक एसिडको मात्रा कम गर्न मद्दत गर्छ । हरिया तथा क्षारीय सागसब्जी , खस्रामोटा अन्न र फलफूलमा भएका रेशाहरुले युरिक एसिड अवशोषण गर्न र यसलाई पिसापबाट बाहिर निकाल्न सहयोग गर्छ

६. ज्वानाको झोलको सेवनले पनि यूरिक एसिड समनमा मद्दत पु¥याउछ ।

७. केरा, ब्रोकाउली , काँक्रो गाजर जस्ता फलफूल तथा तरकारीहरूमा प्रशस्त एण्टिअक्सिडेण्ट र भिटामिनहरू पाईन्छ । यी फलफूलहरूमा पाईने भिटामिन “ए”, “सी”, “ई” र “बी कम्प्लेक्स” हरूले युरिक एसिड बाट हुने वात कम गर्न मद्दत गर्छ ।

८. आलसको तेलः – आलसको ओमेगा ३ को श्रोत हो । यसले यूरिक एसिड बढेर हुने प्रदाह कम गर्दछ ।

९. ग्रीन टी – ग्रीन टी मा एन्टीअक्सिडेण्टको प्रचुरमात्रा भएकोले यूरिक एसिडमा राम्रो मानिन्छ ।

के नखाने

१. यूरिक एसिड बढेकाहरुले रातो मासु, फल मासु, ठूला जनावरका मासु, हासको मासु, टर्की को मासु मुटु,कलेजो मिर्गौला र गिदी जस्ता भित्री अ¨को मासु खान हुँदैन , रातो मासु र भित्री मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुनेभएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्दछ ।

२. समुन्द्री खाद्यान्न विशेषगरी झिङ्गे माछा, प्राउन, लोवस्टोर , हेरि¨, ट्यूना,एन्कोभिज प्र्रजातीका माछाहरु र अन्य समुन्द्री वनस्पति हरुबाट निर्मित खानेकुराहरुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा बढी भएकाले यूरिक एसिड बढ्दा राम्रो मानिँदैन ।

३. मदिरा – युरिक एसिड बढ्दा रक्सि, ब्राण्डी,
≈वीस्की, रम जस्ता अल्कोहोलिक पेय सेवन सर्वथा वर्जित छ । मदिरा जन्य पेयले शरीरमा यूरिक एसिडको मात्र बढाउनुको साथसाथैै शरिरमा बनेको यूरिक एसिडलाई पिसाप बाट उत्सर्जन हुन पनि रोक्दछ ।

४. कोल्ड ड्रिङ्कसः– कोकाकोला , पेप्सीकोला , स्प्राइट , फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र मधुराकृत पेय हरुले यूरिक एसिडलाई बढाउछ । फ्रूक्टोज–स्वीटण्ड– ड्रिङ्कस मह पानी ,सोडापानी पनि यूरिक एसिडका लागि राम्रो होइन । यी पेयहरुमा प्रचूर मात्रामा फ्रूूक्टोज पाइन्छ । फ्रूक्टोजले एटीपी लाई एएमपीमा तोडेर यूरिक एसिडको उत्पादनलाई बढावा दिन्छ ।

५. दाल – गेडागुडि – दाल तथा गेडागुडिमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ । यो अम्ल उपयोग पश्चात शरिरमा प्रशस्त यूरिक एसिड बन्छ ।

६. कुरिलो, फूलकोबी, बन्दाकोबी, पालुङ्गो, च्याउ र गोलभेंडा जस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्यूरिन पाइन्छ । यसका अलावा यी फलफूल र तरकारीमा आक्जलेट को मात्रा पनि ज्यादा पाइन्छ ।

७. जंक फूड – जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । यसका अलावा जंकफूड मा हालिएको प्रीजरभेटीभ ले पनि रगतमा यूरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको विकृततालाई बढाई समस्या ल्याउन सक्छ । जंकफूड ज्यादा खादा तौल बढ्न गई यूरिक एसिड बढ्ने समस्या आउछ ।

८. अचार (पुरानो) तामा , गुन्द्रुकसिन्की पनि राम्रो होइन ।


स्रोत :मेडिसिन टुडे डा. हेमराज कोइराला

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।