Skip to main content

यसरी सम्भव भयो हिम पहिरोमा उद्धार

सगरमाथा आरोहीलाई सघाउन गएका शेर्पाको समूह शुक्रबार बिहान दुर्घटनामा परेको खबर सुनेपछि हामी उद्धारका लागि निस्कियौं। हामीसँग भएका दुईवटा हेलिकोप्टरमार्फत तत्काल उद्धार प्रयास थाल्यौं।
हामी दुर्घटनास्थल खुम्बु आइसफल पुग्दा कसैका हातखुट्टा देखिन्थे भने कसैका टाउका। परैबाट लुगाका रङमात्र पनि देखिए। हामीले पहिले माथिबाटै मानव शरीर भएको स्थान पहिल्याऔं।
भौगोलिक रूपमा विकट भएकाले हेलिकोप्टरबाट डोरीको सहायताले दुर्घटनास्थलमा झर्ने र एकएक गर्दै बोक्दै हेलिकोप्टरमा ल्यायौं। यस्तो विधिलाई हामी लङ लाइन रेस्क्यु भन्छौं।
एउटा हेलिकोप्टरले घटनास्थलबाट घाइते तथा शवलाई पालैपालो आधार शिविर, फेरिचे तथा लुक्लासम्म ल्यायौं। करिब आठ घन्टा निरन्तर उद्धारमा खटियौं। यसबीचमा १६ पटक लङ लाइन रेस्क्यु गर्नुपर्‍यो।
हेलिकोप्टर ल्यान्ड गर्न सकिने ठाउँमा ल्यान्ड गरेर पनि केही उद्धार गर्‍यौं। शनिबार पनि हामी उद्धारका लागि जाँदैछौं।
हेलिकोप्टरबाट डोरीको सहयोगले घटनास्थल पुगेर शव र घाइतेलाई कम्मरमै बाँधेर ल्याउने प्राविधिक सीप हामीलाई स्विट्जरल्यान्डको एअर जरम्याटले सिकाएको थियो।
गत डिसेम्बरमा आरोहणमा जाने शेर्पाहरूका लागि उद्धारको छुट्टै तालिम दिएका थियौं।
शुक्रबार संयोगवश तीमध्ये अधिकांश आधारशिविरमै रहेकाले सजिलो भयो। मौसमले पनि साथ दियो।
उद्धारमा दुईजना क्याप्टेनसहित छिरिङ पान्दे भोटे, छिरिङ थेन्दु भोटे, आङ टासी शेर्पाको भूमिका प्रशंसनीय छ।
 (सिम्रिक एअरका क्याप्टेन सिद्धार्थ गुरुङ र जेसन लायङसँग पिताम्बर सिग्देलले गरेको कुराकानी)
जोखिमपूर्ण उद्धारका केही तस्बिरः

 उद्धारका लागि दुर्घटनास्थलतर्फ जाँदै गरेको हेलिकोप्टर सगरमाथा आधारशिविरमा। तस्बिर सौजन्यः छिरिङ पान्दे भोटे
हिमपहिरो गएको खुम्बु आइसफल। तस्बिरहरुः छिरिङ पान्दे भोटे
उद्धारका लागि खटिएको हेलिकोप्टर फेरिचेमा। तस्बिरः छिरिङ पान्दे भोटे

 दुर्घटनास्थलबाट लङ लाइन उद्धार गरिँदै। तस्बिर सौजन्यः जेसन लायङ

 उद्धार टोलीमा खटिएका क्याप्टेनद्वय जेसन लायङ, सिद्धार्थ गुरुङ र छिरिङ पान्दे भोटे (बीचमा)

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।