सगरमाथा हिमपहिरोका पीडितलाई २५ लाख दिन माग
१२ बैशाख, काठमाडौं । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई २५ लाख रुपैयाँ दिन सभासदहरुले सरकारसमक्ष माग गरेका छन् ।
शुक्रबार बसेको ब्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका सभासद आङ्टावा शेर्पाले हिमपहिरोमा ज्यान गुमाएका शेर्पाहरुसहितका परिवारलाई २५ लाख रुपैयाँ राहत दिन माग गरेका हुन् ।
‘सामान्य दुर्घटना या अन्य कारणले कोही मर्दा सरकारले सहिद घोषणा गर्दै १० लाख रुपैयाँ दिन्छ’, सभासद शेर्पाले भने, ‘मृतकका परिवारलाई उचित राहत दिन सरकारले कन्जुस्याईँ गरेको छ, शेर्पाहरुको सम्झनामा सरकारले शोक समेत मनाएन ।’
सभासद शेर्पाले हिमाल आरोहणमा संलग्न भरियाहरुको अवस्थालाई सरकारले गम्भीरतापूर्वक नलिएको पनि आरोप लगाए ।

Comments
Post a Comment