टासी देलेक

यो गुम्वामा सल्लेरीबाट ३ घण्टा ३० मिनेट र फाप्लुबाट ३ घण्टाको पैदल यात्राबाट सजिलै पुग्न सकिन्छ । पहुँचको हिसाबले सजिलो गुम्वामध्ये यो गुम्वा एक भएकोले यहाँ वर्षेनी धेरै संख्यामा पर्यटक एवं भक्तजनद्वारा दर्शन गरिन्छ ।

सुरुवातमा साङ्गे तेम्वाले पचास जना टावाहरूलाई बास र गाँसको लगायत अन्य आवश्यक व्यवस्था मिलाएका थिए । यस गुम्वामा मनाइने प्रमुख चाडमध्ये मनिरिम्डु प्रमुख मानिन्छ । प्रत्येक वर्षको हेमन्त ऋतुमा मानिरिम्डू पर्व मनाइन्छ । यस पर्वमा स्वदेशी तथा विदेशी हजारौं दर्शकहरूको भेला हुन्छ ।
Comments
Post a Comment