Skip to main content

Posts

Showing posts from February, 2015

मोबाइल र कम्प्युटरबारे यी ८ भ्रमबाट आजै मुक्त हुनुहोस्

नयाँ प्रबिधिको बिकाश हुँदै गर्दा हामीले हरेक दिनजसो नयाँनयाँ कुरा सिक्नु परिरहेको छ । डिभाइस कसरी चार्ज गर्ने, कसरी सुरक्षा गर्ने जस्ता बिषयमा सही सूचनाको अभाव हुँदा हामीले कहिलेकाहीँ निकै ठूलाठूला भ्रम पालिरहेका हुन्छौं । जस्तो कि, एप्पलको कम्प्युटरमा भाइरस लाग्दैन, फुल चार्ज भएपछि पनि प्लगमा जोडिरहँदा ब्याट्री खतम हुन्छ आदि-आदि । आज हामी तपाईंलाई दैनिक जीवनमा आबश्यक यस्ता केही सामान्य कुराहरुको जानकारी दिँदै छौं जसले तपाईलाई यस्तै केही ठूला भ्रमहरुबाट मुक्ति दिनेछ र तपाईले सही तरिकाले आफ्ना कम्प्युटर र मोबाइल चलाउन सक्नुहुन्छ । १. एप्पल कम्प्युटरमा भाइरस लाग्दैन ल्यापटप वा कम्प्युटर प्रयोगकर्ताका वीचमा एउटा ठूलो भ्रम छ कि एप्पलका डिभाइसमा भाइरस लाग्दैन् । यो भ्रमलाई मलजल गर्नेगरी एप्पलले आफ्नो वेबसाइटमा म्याकबुक भाइरस फि्र रहेको दावी गरेको थियो । तर, उसको दावी कति हावादारी थियो भने कुरा सन् २०१२ मै पुष्टी भयो जब हजारौं एप्पल कम्प्युटर एकैसाथ भाइरस आक्रामणको निशानामा परे । विन्डोज कम्प्युटरको तुलनामा एप्पल आईओएस डिभाइस तुलनात्मक रुपमा सुरक्षित भए पनि भाइरस नै नलाग्ने भने हैन् ।

कात्तिकमा पर्‍यो ०७२ सालको दसैं र तिहार !

नयाँ सालमा ८० दिन सरकारी छुट्टी  नयाँ वर्ष ०७२ सालमा शनिबारसहित ८० दिन सार्वजनिक विदा परेको छ । उपत्यकामा भने थप चार दिन विदा परेको छ । नयाँ वर्षको दसैं र तिहार दुबै पर्वहरु कात्तिक महिनामा परेका छन् । गृहमन्त्रालयले तय गरेको ०७२ सालका विदाहरु ८६ दिन भए पनि ६ वटा सार्वजनिक विदा शनिबारका दिन परेका छन् । क्षेत्रीय विदा भने यसमा समावेश छैन । गृह मन्त्रालयले सोमबार राजपत्रमा विदासम्वन्धी सूचना प्रकाशित गर्ने तयारी गरेको छ । गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले मन्त्रिपरिषदबाट सार्वजनिक विदालाई अन्तिम रुप दिइएको बताए । दसैं तिहार दुबै कात्तिकमा नयाँ वर्षको दसैं र तिहार कात्तिकमा परेको छ । घटस्थापना भने असोज २६ गते परेको छ । कात्तिक ३ देखि ७ गतेसम्म दसैं विदा छ, जसमा एक दिन शनिबार छ । कात्तिक ९ गते कोजाग्रत पूणिर्माको विदा छ । कात्तिक २५ देखि २७ सम्म तिहार विदा छ । अधिक मासका कारण यस्तो हुन गएको हो । यस्ता छन् ०७२ सालका विदा नयाँ सालमा ५२ दिन शनिबार परेको छ ।  प्राप्त विदा सूचीअनुसार आगामी वर्ष १६ दिन पर्व विदा परेको छ, जसमा जनै पूणिर्मा भदौ १२ गते र गौरा पर्व भदौ १९ गते शनि

बैदेशिक रोजगारीमा हुनुहुन्छ ? ‘रेमिट हाइड्रो’मा लगानी गर्नुहोस

के तपाईले विदेशी भूमिमा कडा परिश्रम गरेर कमाएको रकम परिवारका सदस्यहरुले फजुल खर्च गरेर तपाईलाई हैरान बनाइरहेका छन ? यदि छन भने तपाईको पैसा फजुल खर्च हुन नदिने सुवर्ण अवसर अाउँदैछ । नेपालमा जलविद्युत आयोजनाहरुको विकासमा तपाई आफूले कमाएको रकम लगानी गर्न सक्नु हुनेछ । सरकारको स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनीले विदेशमा रहेका नेपालीहरुका लागि ‘रेमिट हाइड्रो’ नामक आकर्षक लगानीको योजना सञ्चालन गर्ने तयारी गरेको छ । कम्पनीले सहायक कम्पनी स्थापना गरी पूर्वी नेपालको ताप्लेजुङको थिङवा र घुम्सा खोलामा १ सय ३० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । जसमा ‘रेमटि हाइड्रो’ योजनामार्फत विदेशमा रहेका नेपालीहरुले लगानी गर्न सक्नेछन । यो आयोजनामा लगानी गर्नेले पेन्सन जस्तै बाँचुञ्जेल आकर्षक प्रतिफल पाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक रौनियारले बताए । ुयो योजनामा किस्ताबन्दीमा रकम जम्मा गर्न सकिने छ र कम्पनीले आजीबन आकर्षक प्रतिफल दिनेछु रौनियारले भने । कति र कसरी प्रतिफल दिने भन्ने बारेमा छलफल भइरहेको उनले बताए । रौनियारका अनुसार यो योजनामा सहभागि हुन नेपालमा

सोलुखुम्बुमा बाक्लो हिमपात

सोलुखुम्बु । आज करिब बिहान ११.०० बजे बाट पर्न सुरु गरेको बाक्लो हिमपात बाट खुम्बु क्षेत्रमा निकै प्रभाव पारेकाछन। अहिले सम्म पनि हिमपात हुन रोकिएको छैन, यस बाक्लो हिमपातका कारण यहाँ घुम्न आउने पर्यटकहरु पनि आवतजावत गर्न कठिनाई भएको सगरमाथा राष्ट्रिय निकुन्जको कार्यालय नाम्चे बजारले जनाएको छ भने तेन्जिङ हिल्लारी बिमानिस्थल लुक्लामा हवाई उडान समेत ठप्प हुदा हवाई यात्रुहरु अलमलमा परेका छन्। यस क्षेत्रको तापक्रम हाल -५ डिग्री रहेको र दुई/तीन दिन सम्म पनि हिमपात यथावत रहने मौसम पूर्व अनुमान महासाखाले जनाएका छन। महाशाखाले पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन आएको र भूमध्यसागरबाट विकास भएको हावापानीले माथिल्लो वायुमण्डलमा गतिविधि गर्दै जमिनसँग नजिक भएपछि अहिले त्यसको असरले काठमाडौँ उपत्यका लगायतका देशका अन्य स्थानहरुमा वर्षा भै रहेको र हिमाली जिल्लाहरुमा बाक्लो हिमपात भै रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए । नेपालको पश्चिमी भेगमा सो वायु अघिल्लो दिन प्रवेश गरी डडेल्धुरा क्षेत्रबाट आज बिहानैबाट देशको मध्य भाग तथा भोलि पूर्वी भेगमा पुग्नेछ । काठमाडौँमा आजबाट सुरु भएको वर्षा साँझ केह

सस्ता स्मार्टफोन किन्दै हुनुहुन्छ ? यी पाँच कुरामा ध्यान दिनुहोस्

आजकल स्मार्टफोन कुनै ‘स्टाटस आइकन’ रहेन् । कारण, स्मार्टफोनको मूल्य यसरी ओरालो लागिरहेको छ कि, पाँच हजार रुपैयाँमै राम्रो स्मार्टफोन नेपाली बजारमा किन्न सकिन्छ । खासगरी चिनियाँ र भारतीय एन्ड्रोइड फोन सस्तो मूल्यमा नेपाली बजारमा आइरहेका छन् । औसत १० हजार रुपैयाँमा तपाईले उत्कृष्ट स्मार्टफोन बोक्न सक्नुहुन्छ । तर, पाँचदेखि १० हजार रुपैयाँ पनि सानो पैसा हैन । त्यसैले यो सेगमेन्टका स्मार्टफोन किन्दा आफ्नो पैसाको पुरापुर उपयोग भएको निश्चित गर्नु जरुरी छ । सस्ता स्मार्टफोन किन्दा केही बिषयमा ध्यान पुर्‍याउनुभयो भने तपाई पछुताउनु पर्दैन् । तीमध्ये पाँचवटा मुख्य बिषय यहाँ उल्लेख गरिएको छ । १. महंगा स्मार्टफोनसँग तुलना नगर्नुहोस् बजारमा ३० देखि ४० हजार रुपैयाँसम्म पर्ने स्मार्टफोनका फिचरसँग तपाईले ५ देखि १० हजार मूल्यका स्मार्टफोन तुलना गर्नु हुँदैन् । तपाईले तिरेको मूल्यअनुसार नै तपाईले फिचरहरु पाउनुहुनेछ । त्यसैले महंगा स्मार्टफोनसँग सस्ता स्मार्टफोनको फिचर तुलना गरियो भने तपाई असन्तुष्ट बन्नुहुने छ । यी फोनलाई किन बजेट स्मार्टफोन भनियो भने केही महत्वपूर्ण फिचरमा तपाईले सम्झौता

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

७० हजार कम्पनी खारेज गरिँदै

काठमाडौं-कम्पनी रजिस्ट्रारको कार्यालयले ७० हजार कम्पनी खारेज गर्न प्रक्रिया थालेको छ। उक्त कार्यालयमा दर्ता भएर कारोबार नगरेका कम्पनी सञ्चालकलाई नै सहभागी गराएर खारेज गर्न लागेको हो। कार्यालयले विवरण नुबझाउने, कारोबार नगर्ने, अनियमित, विविध कारणले रोकिएका कम्पनी खारेज गर्न पहल थालेको हो। कम्पनी ऐन २०६३ को दफा १३६ अनुसार दर्ता भएको कम्पनी सञ्चालकले दिएको निवेदनको आधारमा खारेज हुन सक्छ। सरकार आफैंले खारेज गर्ने कानुनी बाटो नभएकाले सञ्चालकलाई नै खारेजीको निवेदन दिन लगाउने तयारी छ।  रजिस्ट्रार प्रेमकुमार श्रेष्ठले डेढ लाख कम्पनी दर्ता भए पनि ७० हजार निष्त्रि्कय रहेकाले तिनको खारेजी प्रक्रिया थालेको बताए। ‘लामो समयदेखि अद्यावद्यिक नगरेका कम्पनी खारेज गर्न राय माग्दै उद्योग मन्त्रालयमा फाइल पेस गरिएको छ,' उनले भने, ‘तीन वर्षदेखि विवरण पेस नगरेका कम्पनी खारेज गर्ने तयारी छ। त्यसका लागि उनीहरुको जरिवाना र करको अध्ययन भइरहेको छ।'  काम नगरी बस्दा पनि कम्पनीले सरकारलाई तिर्नुपर्ने दायित्व बढिरहने भएकोले यो सञ्चालकहरुका लागि अवसर हुने उनको भनाइ छ। ‘कतिपय कम्पनीले अरु कम्पनी

शुभकामना

२१४२ औं सिङमो लुक्लो ग्याल्पो लोसारको पवन अबसरमा,तपाई र तपाईको स-परिवार, देश विदेशमा छरिएर रहनु भएका नातेदार, दाजुभाई तथा दिदीबहिनीहरु, फेसबुक मित्रहरु लगायत अन्य सम्पुर्ण नेपाली समुदायहरुमा दिर्घायु, सु-स्वास्थ्य, सुख, शान्ति, सम्मृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।  अन्लाईनसोलुखुम्बु परिवार https://www.facebook.com/onlinesolukhumbu

बहुमतले पाटी सदस्यता अनुमोदन

सोलुखुम्बु, माघ २६ –नेपाली कांग्रेस सोलुखुम्बुले नविकरण तथा नयाँ क्रियाशिल सदस्यता बहुमतले अनुमोदन गरेको छ । एउटा पक्षको असहमति र फरकमतका बाबजुद जिल्ला समितिमा रहेका ७५ प्रतिशत सदस्यको भारी बहुमतले क्रियाशिल सदस्यता अनुमोदन गर्ने निर्णय गरेको हो । जिल्ला सभापति आङगेलु शेर्पाको सभापतित्वमा सम्पन्न बैठकले १६ सय पुराना नविकरण तथा १५ सय नयाँ क्रियाशिल सदस्यहरुलाई अनुमोदन गर्ने निर्णय गरेको हो । कुल ३२ सदस्यीय जिल्ला समिति रहेको नेपाली काँग्रेसको जारी बैठकमा ३ जना अनपस्थित रहेका थिए पनि उपस्थित बलबहादुर केसी पक्षिय ५ जना सदस्यले फरक मत राखेका थिए । आजको बैठकमा सभाषद केसी पक्षका ५ जनाले पुष २ को निर्णयलाई उल्ट्याएर नयाँ प्रकृया अपनाएर क्रियाशिल सदस्यता सम्बन्धि काम थाल्न माग गरेका थिए । उनीहरुले बहुमतिय नभई सहमतिय आधारमा अगाडी बढ्न माग गरेका थिए । हिजो बैठकमा केन्द्रिय प्रतिनिधि दिनबन्धु श्रेष्ठ र केन्द्रिय सदस्य बलबहादुर केसी उपस्थित भएपनि आजको बैठकमा भने गएनन् । बैठकमा पुर्ब सभाषदहरु पुरुषोत्तम बस्नेत, गोकर्ण राई, पुर्ब पार्टी सभापति छत्रध्वज बस्नेत लगायत पार्टीका अग्रज नेताहरुको

स्वीस बैंकमा ‘८ नेपालीले ५ करोड ४० लाख डलर कालोधन’ थुपारेको खुलासा

काठमाडौं, माघ २६ । स्वीट्जरल्यान्डस्थित स्वीस बैंकमा ८ जना नेपालीले ५ अर्ब ४० करोड रुपैयाँ बराबरको कालोधन थुपारेको खुलासा भएको छ । स्वीट्जरल्यान्डको एचएसबीसी बैंकमा ५ करोड ४० लाख अमेरिकी डलर नेपालीहरुले जम्मा गरेको फेला परेपछि यो खुलासा भएको हो । ‘स्वीस लिक’ प्रोजेक्टका नाममा खोज पत्रकारहरुको एक अन्तर्राष्ट्रिय संस्थाले संसारभरबाट स्वीस बैंकमा कालोधन जम्मा गर्नेहरुको विवरण सार्वजनिक गर्नेक्रममा यो खुलासा गरिएको हो । खोज पत्रकारहरुको संस्था ‘आइसीआइजे’का अनुसार नेपालबाट स्वीस बैंकमा जम्मा गरिएको ५ करोड ४० लाख डलरमध्ये एउटै खातामा ४ करोड डलर भेटिएको र बाँकी १ करोड ४० लाख डलर विभिन्न सातओटा खातामा रहेको छ । नेपालबाट कालोधन थुपार्ने ८ जना को हुन् भन्नेचाहिँ अहिलेसम्म खुलेको छैन । भारतीय सन्चारमाध्यमले भने स्वीस बैंकमा कालोधन थुपार्ने सयजना उद्योगी–व्यवसायीको नामावली सार्वजनिक गरेका छन् । भारतबाट मुकेश अम्बानी र अनिल अम्बानीसहित १६ सय ८८ जनाको स्वीस बैंकहरुमा खाता रहेको दाबी गरिएको छ । आफ्नो देशमा कर छल्नेहरुले त्यसरी स्वीस बैंकमा रकम जम्मा गरेको दाबी प्रतिवेदनले गरेको छ । खोज

चाउचाउ खान दिएर बलत्कार गर्ने वृद्धलाई ६ बर्ष जेल सजाय

सोलुखुम्बु–गत मंसिर २३ गते जिल्लाको देउसा गाविसमा एक किशोरी बलत्कार गर्ने ६५ वर्षीय वृद्धलाई ६ वर्ष जेल सजाय तोकिएको छ। जबरजस्ती करण गरेको ओरापमा दायर मुद्दामा जिल्ला अदालत सोलुखुम्बुले फैसला गर्दै देउसा ७ का बर्ष ६५ का कुमार सिंह राईलाई जेल चलान गरेको हो।  जिल्ला न्यायधीश दिपककुमार खरेलको ईजलासले पीडितका परिवारलाई १ लाख रुपैयाँ क्षतिपुर्ति भराउन समेत फैसलामा भनिएको अदालतका श्रेष्तेदार दुर्गा प्रसाद भटराईले जानकारी दिए। उनलाई देउसा कै १४ वर्षीय किशोरी बलत्कार गरेको आरोपमा गाउलेले नै पौष ३ गते प्रहरीलाई जिम्मा लगाएका थिए। मंसिर २३ गते राती करिब ११ बजेको समयमा घरको भुई तलाको खाटमा सुतीरहेको अवस्थामा कुमार सिह राईले चाउचाउ समेत खान दिई ५ सय नगद समेत गोजीमा जवर्जस्ती हाली जवरजस्ती करणी गरेको पीडितको बयानमा उल्लेख छ ।

कसरी आयो तेह्रौं शताब्दीको नेपालको २० करोडको बुद्धमुर्ती अमेरिकामा ?

न्युयोर्क, माघ २३ अहिले होस् वा उहिले । नेपालमा मूर्तीचोरहरु निकै मोटाएका छन् । नेपालमा रहेका पुरातात्विक महत्वका मूर्तीहरु चोरेर अन्तर्राष्ट्रिय बजारमा बेच्ने क्रम निकै पहिलेदेखि चल्दै आएको छ । यो क्रम उहिलेदेखि अहिलेसम्म निकै चर्को छ । नेपालका कति मूर्तीहरु चोरिएर अन्तर्राष्ट्रिय बजारमा बेचिए ? त्यसको कुनै हिसाबकिताब छैन । विश्वका विभिन्न मुलुकमा बेचिने नेपाली मूर्तीहरुको खोजिनीति र हिसाबकिताब निकै मुस्किल छ । यसैक्रममा अमेरिकामा एउटा यस्तो नेपाली मूर्ती आइपुगेको छ , जसको मूल्य अहिलेको विनिमयदर अनुशार झण्डै २० करोड नेपाली रुपैया पर्छ । १३ औं शताब्दीको यो बुद्ध मूर्ती न्युयोर्कको रकुफेलर प्लाजामा मोल बढाबढमा बेच्न राखिएको छ । र यो मूर्तीको मुल्य राखिएको छ २० लाख ४५ हजार अमेरिकी डलर अर्थात् झण्डै २० करोड नेपाली रुपैया । ३५ इन्च अग्लो तामाको यो बुद्धमूर्ती सुरुमा नेपालबाट स्वीट्जरल्याण्ड पुर्याइएको थियो भने सन् १९९३ अक्टोबर १९ मा हङकङ लगिएको थियो । त्यसपछि  यो बुद्धमुर्ती कस्ले न्युयोर्कमा ल्यायो भन्ने कुरा अज्ञात राखिएको छ । यो बुद्ध मूर्ती न्युयोर्कमा मोल बढाबढमा बेच्न राखिएको छ

सोलुखुम्बु जिल्ला

सोलुखुम्बु जिल्लाको उतरति सगरमाथा,ल्होत्से,नुप्त्से,आमाडब्लम,हिमशृंखलाको मधुर र रमणीय दृश्य बीचमा अवस्थित खुम्जुङ र नाम्चे बजार रहेको छन . अनि छिन छिनमा मौसम परिवर्तन भई रहने कोङ्दे र खांगत्यगाको आँगनमा मनमोहक रूप सिंगारेर ट्रेकिंग र आरोहिहरुको पर्खाइमा रहेको लुक्ला बजार र लुक्ला बिमान स्थल रहेको छन अनि दूधकुण्डा हिमालको काखमा रहेको सदरमुकाम सोलू सल्लेरी बजार,उतर पूर्व नाम्चे देखि जोरसल्ले,फ़क्दिङ्ग,खरिखोला हुँदै देउसा ,काँकु ,बासा,पावै,लोखिम र जुभु,को काख बाट दक्षिण तिर बग्दै गरेको सेताम्य दूधकोसी नदीको कलकल र छल छल सुमधुर संगीत संगै स्याप्रू,सिली र सकेला नाच। यता जुनबेसीको शिरमा रहेको दूध कुण्ड हिमालको काखमा अवस्थित दूध पोखोरी बाट बग्ने सोलू खोलाको सुमधुर ध्वनिका साथ धामी झांक्रीको डोल ड्याङ्ग्रो र झ्याम्टा संगको नतमस्तक नाच अनि दक्षिण पक्षिममा अवस्थित उत्तर पूर्व तर्फ फर्क़ेका नेचा बतासे र बेदघारीका चाक्ला सुनौला फाँटहरू।छेउबाटै नागबेली तिल्पुंग डांडाको लहर ओखलदुंगा तिर झरेको उता चांगे थान डाँडा बाट लमतन्न संग तन्किएको लाम्जे

सुनकोसी ‘ट्रस ब्रीज’को रामेछापतर्फको मुखनजिकै पहिरो, पहिरो करिब २५ मिटर माथिबाट खसेको

रामेछाप, माघ २० । सिन्धुली र रामेछापको सीमानास्थित सुनकोसी नदीको पुलनजिकै सुख्खा पहिरो जाँदा यातायात अवरुद्ध बनेको छ । मंगलबार (आज) साँझ करिब ५ बजे पहिरो गएपछि दुबैतर्फका यातायात रोकिएको प्रहरीले जनाएको छ । यातायातका साधन रोकिँदा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । सिन्धुलीको खुर्कोटमा रामेछाप जिल्ला जोड्ने गरी हालैमात्र निर्माण भएको सुनकोसी ‘ट्रस ब्रीज’को रामेछापतर्फको मुखनजिकै पहिरो गएको हो । पहिरो करिब २५ मिटर माथिबाट खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पहिरो हटाउन रामेछाप र सिन्धुली दुबै जिल्लाका सुरक्षाकर्मी, सडक विभागका कर्मचारी र स्थानीय बासिन्दा खटिएका छन् । पानी नै नपरी खसेको सुक्खा पहिरो झर्नेक्रम निरन्तर भएकाले तत्काल पहिरो हटाउन गाह्रो भएको प्रहरीले जनाएको छ । पहिरो हटाएर पुल सन्चालनमा ल्याउन बुधबारसम्मको समय लाग्ने बताइएको छ । सुनकोसी नदीमा पक्की पुल निर्माण भएपछि बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग हुँदै तराईका जिल्ला, काठमाडौं, ओखलढुंगा र सोलुखुम्बुसम्मको यातायातका साधनहरु यही पुल पार गर्दै रामेछाप, मन्थली तथा दोलखा हुँदै चीनको सीमासम्म पुग