Skip to main content

बहुमतले पाटी सदस्यता अनुमोदन

सोलुखुम्बु, माघ २६ –नेपाली कांग्रेस सोलुखुम्बुले नविकरण तथा नयाँ क्रियाशिल सदस्यता बहुमतले अनुमोदन गरेको छ ।

एउटा पक्षको असहमति र फरकमतका बाबजुद जिल्ला समितिमा रहेका ७५ प्रतिशत सदस्यको भारी बहुमतले क्रियाशिल सदस्यता अनुमोदन गर्ने निर्णय गरेको हो । जिल्ला सभापति आङगेलु शेर्पाको सभापतित्वमा सम्पन्न बैठकले १६ सय पुराना नविकरण तथा १५ सय नयाँ क्रियाशिल सदस्यहरुलाई अनुमोदन गर्ने निर्णय गरेको हो । कुल ३२ सदस्यीय जिल्ला समिति रहेको नेपाली काँग्रेसको जारी बैठकमा ३ जना अनपस्थित रहेका थिए पनि उपस्थित बलबहादुर केसी पक्षिय ५ जना सदस्यले फरक मत राखेका थिए ।

आजको बैठकमा सभाषद केसी पक्षका ५ जनाले पुष २ को निर्णयलाई उल्ट्याएर नयाँ प्रकृया अपनाएर क्रियाशिल सदस्यता सम्बन्धि काम थाल्न माग गरेका थिए । उनीहरुले बहुमतिय नभई सहमतिय आधारमा अगाडी बढ्न माग गरेका थिए । हिजो बैठकमा केन्द्रिय प्रतिनिधि दिनबन्धु श्रेष्ठ र केन्द्रिय सदस्य बलबहादुर केसी उपस्थित भएपनि आजको बैठकमा भने गएनन् । बैठकमा पुर्ब सभाषदहरु पुरुषोत्तम बस्नेत, गोकर्ण राई, पुर्ब पार्टी सभापति छत्रध्वज बस्नेत लगायत पार्टीका अग्रज नेताहरुको उपस्थीति रहेको थियो ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Sel Roti: How to Make Nepalese Traditional Recipe Cell Roti

Find here best tips for making Sel Roti or celroti. We have posted here the cooking tips of Nepali traditional recipe ‘Sel Roti’. If or course help you to cook Sel Roti. सेल रोटि  पकाउने तरिका. How to cook Sel Roti? How to Make Nepalese Traditional Recipe Cell Roti About Sel Roti: A Nepali Traditional and Cultural Recipe Sell roti is also termed as Cell Roti, Sel Roti, Cel Roti, Selroti or Celroti and सेल रोटि  in Nepali language. Selroti is one of the most famous Nepalese snack among Nepali in all over the Nepal. Selroti is also used sometime as food in several occasions. But it is specially a Nepalese traditional snacks. Most of Nepalese person like this recipe to eat in any time of the day or night. It is easy to have as snack. When the word Sel roti is pronounced, Nepalese got water in their mouth. Let’s learn here to cook such a great and tasty Nepalese recipe Sel Roti. This cooking method may help you to cook and make the Selroti. ...