
सिन्धुलीको खुर्कोटमा रामेछाप जिल्ला जोड्ने गरी हालैमात्र निर्माण भएको सुनकोसी ‘ट्रस ब्रीज’को रामेछापतर्फको मुखनजिकै पहिरो गएको हो । पहिरो करिब २५ मिटर माथिबाट खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
पहिरो हटाउन रामेछाप र सिन्धुली दुबै जिल्लाका सुरक्षाकर्मी, सडक विभागका कर्मचारी र स्थानीय बासिन्दा खटिएका छन् । पानी नै नपरी खसेको सुक्खा पहिरो झर्नेक्रम निरन्तर भएकाले तत्काल पहिरो हटाउन गाह्रो भएको प्रहरीले जनाएको छ । पहिरो हटाएर पुल सन्चालनमा ल्याउन बुधबारसम्मको समय लाग्ने बताइएको छ ।
सुनकोसी नदीमा पक्की पुल निर्माण भएपछि बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग हुँदै तराईका जिल्ला, काठमाडौं, ओखलढुंगा र सोलुखुम्बुसम्मको यातायातका साधनहरु यही पुल पार गर्दै रामेछाप, मन्थली तथा दोलखा हुँदै चीनको सीमासम्म पुग्ने गरेका छन् ।
Comments
Post a Comment