
यस क्षेत्रको तापक्रम हाल -५ डिग्री रहेको र दुई/तीन दिन सम्म पनि हिमपात यथावत रहने मौसम पूर्व अनुमान महासाखाले जनाएका छन। महाशाखाले पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन आएको र भूमध्यसागरबाट विकास भएको हावापानीले माथिल्लो वायुमण्डलमा गतिविधि गर्दै जमिनसँग नजिक भएपछि अहिले त्यसको असरले काठमाडौँ उपत्यका लगायतका देशका अन्य स्थानहरुमा वर्षा भै रहेको र हिमाली जिल्लाहरुमा बाक्लो हिमपात भै रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।
नेपालको पश्चिमी भेगमा सो वायु अघिल्लो दिन प्रवेश गरी डडेल्धुरा क्षेत्रबाट आज बिहानैबाट देशको मध्य भाग तथा भोलि पूर्वी भेगमा पुग्नेछ । काठमाडौँमा आजबाट सुरु भएको वर्षा साँझ केही समय रोकिएर पुनः रातभर हुनेछ । शुक्रबार भने मौसममा केही सुधार आए पनि पूर्ण सुधार हुन अरु दुई/तीन दिनसम्म लाग्नेछ ।
विराटनगर तथा झापाको क्षेत्रबाहेक मुलुकका अधिकांश स्थानमा पश्चिमी वायुको असर देखिएको मौसमविद् पौडेलले बताए । सामान्यतय डिसेम्बर, जनावरी र फेव्रुअरीसम्म जाडोको मौसम भएकाले महाशाखाले अहिले भएको बर्सातलाई सामान्य मानेको छ । फेव्रुअरी महिनामा करिब १८ मिलिलिटर बर्सात हुनुपर्नेमा जम्मा १२ मिलिलिटर बर्सात भएको महाशाखाले जनाएको छ ।
Comments
Post a Comment