सोलुखुम्बु–गत मंसिर २३ गते जिल्लाको देउसा गाविसमा एक किशोरी बलत्कार गर्ने ६५ वर्षीय वृद्धलाई ६ वर्ष जेल सजाय तोकिएको छ। जबरजस्ती करण गरेको ओरापमा दायर मुद्दामा जिल्ला अदालत सोलुखुम्बुले फैसला गर्दै देउसा ७ का बर्ष ६५ का कुमार सिंह राईलाई जेल चलान गरेको हो।
जिल्ला न्यायधीश दिपककुमार खरेलको ईजलासले पीडितका परिवारलाई १ लाख रुपैयाँ क्षतिपुर्ति भराउन समेत फैसलामा भनिएको अदालतका श्रेष्तेदार दुर्गा प्रसाद भटराईले जानकारी दिए। उनलाई देउसा कै १४ वर्षीय किशोरी बलत्कार गरेको आरोपमा गाउलेले नै पौष ३ गते प्रहरीलाई जिम्मा लगाएका थिए।
मंसिर २३ गते राती करिब ११ बजेको समयमा घरको भुई तलाको खाटमा सुतीरहेको अवस्थामा कुमार सिह राईले चाउचाउ समेत खान दिई ५ सय नगद समेत गोजीमा जवर्जस्ती हाली जवरजस्ती करणी गरेको पीडितको बयानमा उल्लेख छ ।
Comments
Post a Comment