Skip to main content

७० हजार कम्पनी खारेज गरिँदै

काठमाडौं-कम्पनी रजिस्ट्रारको कार्यालयले ७० हजार कम्पनी खारेज गर्न प्रक्रिया थालेको छ। उक्त कार्यालयमा दर्ता भएर कारोबार नगरेका कम्पनी सञ्चालकलाई नै सहभागी गराएर खारेज गर्न लागेको हो। कार्यालयले विवरण नुबझाउने, कारोबार नगर्ने, अनियमित, विविध कारणले रोकिएका कम्पनी खारेज गर्न पहल थालेको हो।


कम्पनी ऐन २०६३ को दफा १३६ अनुसार दर्ता भएको कम्पनी सञ्चालकले दिएको निवेदनको आधारमा खारेज हुन सक्छ। सरकार आफैंले खारेज गर्ने कानुनी बाटो नभएकाले सञ्चालकलाई नै खारेजीको निवेदन दिन लगाउने तयारी छ। 

रजिस्ट्रार प्रेमकुमार श्रेष्ठले डेढ लाख कम्पनी दर्ता भए पनि ७० हजार निष्त्रि्कय रहेकाले तिनको खारेजी प्रक्रिया थालेको बताए। ‘लामो समयदेखि अद्यावद्यिक नगरेका कम्पनी खारेज गर्न राय माग्दै उद्योग मन्त्रालयमा फाइल पेस गरिएको छ,' उनले भने, ‘तीन वर्षदेखि विवरण पेस नगरेका कम्पनी खारेज गर्ने तयारी छ। त्यसका लागि उनीहरुको जरिवाना र करको अध्ययन भइरहेको छ।' 

काम नगरी बस्दा पनि कम्पनीले सरकारलाई तिर्नुपर्ने दायित्व बढिरहने भएकोले यो सञ्चालकहरुका लागि अवसर हुने उनको भनाइ छ। ‘कतिपय कम्पनीले अरु कम्पनी वा बैंकसँग ऋण लिएका हुन सक्छन्। हामीले खारेज गर्दा झन् उनीहरु स्वतन्त्र हुन सक्छन्। त्यसैले सार्वजनिक सूचना प्रकाशित गरी सोधपुछ गरेरमात्र खारेजी प्रक्रिया अगाडि बढ्छ,' उनले भने। 

सम्पर्कमै नभएका, विवरण पेस नगरेका र कारोबार नगर्ने कम्पनी खारेज गर्ने गरी प्रक्रिया थालिएको छ। ‘डेढ लाखमा ७० हजार कम्पनीले काम नगरेपछि उनीहरुको दर्ता कायम गरिराख्नु पर्दैन। थोरै भयो भने हामीलाई पनि काम गर्न सजिलो हुन्छ,' उनले भने ।

कार्यालयले ऐनअनुसार कम्पनी संस्थापकले कारोबार सुरु गर्न नसकेको कारण देखाई दर्ता खारेज गरी पाउन तोकिएको दस्तुरसहित निवेदन दिए खारेज हुने जनाएको छ। यही प्रक्रियामा कार्यालयले सञ्चालकलाई सहभागी गराउन चाहेको हो। ऐनमा कम्पनी प्रशासनको सिलसिलामा प्राप्त प्रमाणको आधारमा कारोबार गरे, नगरेको विषयमा कार्यालयलाई विश्वास हुन सक्ने मनासिब आधार भए खारेज गर्न सक्ने उल्लेख छ। कार्यालयले लामो समयदेखि कारोबार नगरेका कम्पनीको सूची बनाएर खारेजीका लागि मन्त्रालयमा फाइल पेस गरेको हो। 

मन्त्रालयका कानुन शाखाका उपसचिव शंकर केसीले कम्पनी खारेज गर्न पनि सञ्चालकले शुल्क तिर्नुपर्ने हुन्छ। त्यसैले उनीहरुको सहभागिता गराएर खारेज गर्न अहिले मन्त्रालयले उपाय सोचिरहेको छ। दर्ता भएर काम नगर्ने तथा काम गरे पनि लामो समयदेखि अद्यावधिक नगर्ने कम्पनी ७० हजार रहेको रजिस्ट्रारको कार्यालयले जानकारी दिएको छ। उनीहरुलाई सार्वजनिक सूचना मार्फत जानकारी दिएर खारेजीको अवसर दिने उपसचिव केसीले बताए। ‘जरिवाना र शुल्क धेरै भएका कम्पनीलाई छुट दिएर भए पनि खारेज गर्न सकिन्छ। अहिले मन्त्रालयमा यही विषयमा छलफल भइरहेको छ। चाँडै निर्णय हुन्छ,' उनले भने। 

आर्थिक वर्ष २०६९/०७० को वार्षिक विवरण नबुझाएका ७० हजार कम्पनी खारेजीमा पर्नेछन्। 

दर्ता कम्पनीले प्रत्येक आर्थिक वर्ष सकिएको ६ महिनाभित्रै रजिस्ट्रारको कार्यालयमा आफ्नो विवरण पेस गर्नुपर्ने हुन्छ। सो समयमा विवरण पेस नगर्ने कम्पनीलाई प्रकृति हेरी प्रतिवर्ष २० हजार रुपैयाँसम्म जरिवाना हुने कार्यालयले जनाएको छ। पाँच वर्षसम्म पनि कम्पनी अद्यावधिक भएन भने कार्यालयले स्वतः खारेजी गर्न सक्ने कानुनी व्यवस्था छ।
स्रोतः- नागरिकन्युज

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।