Skip to main content

सस्ता स्मार्टफोन किन्दै हुनुहुन्छ ? यी पाँच कुरामा ध्यान दिनुहोस्

आजकल स्मार्टफोन कुनै ‘स्टाटस आइकन’ रहेन् । कारण, स्मार्टफोनको मूल्य यसरी ओरालो लागिरहेको छ कि, पाँच हजार रुपैयाँमै राम्रो स्मार्टफोन नेपाली बजारमा किन्न सकिन्छ ।
खासगरी चिनियाँ र भारतीय एन्ड्रोइड फोन सस्तो मूल्यमा नेपाली बजारमा आइरहेका छन् । औसत १० हजार रुपैयाँमा तपाईले उत्कृष्ट स्मार्टफोन बोक्न सक्नुहुन्छ ।
तर, पाँचदेखि १० हजार रुपैयाँ पनि सानो पैसा हैन । त्यसैले यो सेगमेन्टका स्मार्टफोन किन्दा आफ्नो पैसाको पुरापुर उपयोग भएको निश्चित गर्नु जरुरी छ ।
सस्ता स्मार्टफोन किन्दा केही बिषयमा ध्यान पुर्‍याउनुभयो भने तपाई पछुताउनु पर्दैन् । तीमध्ये पाँचवटा मुख्य बिषय यहाँ उल्लेख गरिएको छ ।

१. महंगा स्मार्टफोनसँग तुलना नगर्नुहोस्
बजारमा ३० देखि ४० हजार रुपैयाँसम्म पर्ने स्मार्टफोनका फिचरसँग तपाईले ५ देखि १० हजार मूल्यका स्मार्टफोन तुलना गर्नु हुँदैन् । तपाईले तिरेको मूल्यअनुसार नै तपाईले फिचरहरु पाउनुहुनेछ । त्यसैले महंगा स्मार्टफोनसँग सस्ता स्मार्टफोनको फिचर तुलना गरियो भने तपाई असन्तुष्ट बन्नुहुने छ ।
यी फोनलाई किन बजेट स्मार्टफोन भनियो भने केही महत्वपूर्ण फिचरमा तपाईले सम्झौता गर्नुपर्ने हुन्छ । जस्तै, स्त्रिmन साइज, प्रोसेसर स्पिड, क्यामेराको क्षमता र ब्याट्री लाइफ पनि तपाईले महंगा फोनभन्दा स्वभाविकरुपमा कम पाउनुहुनेछ ।

२. फिचरबारे डवल चेक गर्नुहोस्
बजेट फोन उत्पादकहरुले सस्तो लागतमा उत्पादन गर्न केही महत्वपूर्ण फिचरमा सम्झौता गरिरहेका हुन्छन, कहिलेकाहीँ त लेखिएको भन्दा निकै कम फिचर हुन्छन् । त्यसैले त्यस्ता फोनमा लेखिएअनुसार छ वा छैन, आफुलाई चाहिएको कुन क्षमताको हो भन्ने यकिन गर्नुपर्छ ।
जस्तै, ४ जीवी आन्तरिक स्टोरेज भनिएको फोनमा दुई जीवीमात्र हुनसक्छ । ४.७ इन्चको स्त्रिmनमा ८००हृ ४०० पिक्सेलको डिस्प्ले हुनसक्छ । १० मेगापिक्सेलको क्यामेरा भनिएपनि तस्वीरको गुणस्तर ५ मेगापिक्सेलको मात्र हुनसक्छ । त्यस्तै वाईफाई, ब्लुटुथ लगायतका कनेक्टिभीटी ले पनि काम गरे नगरेको भुक्तानी गर्नुअघि नै निक्र्यौल गर्नुपर्छ ।

३. हार्डवेयरमा ध्यान दिनुस्
बजेट स्मार्टफोनमा सवैभन्दा ध्यान दिनुपर्ने पक्ष हो हार्डवेयर । किनभने इन्ट्री लेभल स्मार्टफोन भन्दै गएगुज्रेकै हार्डवयेर प्रयोग गर्नुपर्छ भन्ने छैन् । यो सेगमेन्टको फोनमा अक्टाकोर प्रोसेसर समान्य चीज हो, जसलाई तपाईले न्यूनतम सर्त बनाउन सक्नुहुन्छ । त्यस्तै र्‍यामको क्षमता, स्टोरेज क्षमता पनि ख्याल राख्नुस् । मेमोरी थप्ने मिल्ने फिचरसहितको फोन खोज्नु उपयुक्त हुन्छ ।
अन्य फिचरहरु जस्तै, डिस्प्ले साइज, रिजोलुसन, कनेक्टीभिटी अप्सन र ब्याट्री क्षमताबारे ध्यान दिनुपर्छ ।

४. अपरेटिङ सिस्टम ख्याल गर्नुहोस्
बजेट स्मार्टफोन भन्दैमा पुरानो अपरेटिङ सिस्टमयुक्त फोन हुन्छ भन्ने हैन् । सस्ता फोनमा पनि पछिल्ला भर्सनका अपरेटिङ सिस्टम अपग्रेड गर्नसक्ने सुबिधा हुनु जरुरी हुन्छ । सिस्टम अपग्रेड गर्नका लागि हार्डवयेर पर्याप्त छ कि छैन भन्ने पनि यकिन गर्नुस् ।
यस्तै थर्ड पार्टी एप्स कति पहिले नै इन्स्टल भएका छन र तिनलाई हटाउन सकिन्छ कि सकिन्न भन्ने पनि यकिन गर्नुस् ।

५. बिक्रिपछिको सुबिधाबारे यकिन

गर्नुहोस्
अधिकांश स्मार्टफोनमा एक बर्षको वारेन्टी सुबिधा हुन्छ । तर, तपाईको वरिपरि उक्त स्मार्टफोनको सर्भिस सेन्टर छैन भने वारेन्टीको कुनै अर्थ हुँदैन् ।

त्यसैले कम्पनीको वेबसाइटमा गएर सर्भिस सेन्टर आफ्नो लोकेसनमा छ कि छैन भनेर यकिन गर्नुहोस्, यसबारेमा बिक्रेतासँग बुझ्नुहोस् र बिभिन्न फोरममा गएर बिक्रिपछिको सुबिधाका सन्र्दभमा उक्त ब्राण्डको प्रतिष्ठा कस्तो छ भन्नेबारे सर्च गर्नुहोस् ।
धेरैजसो ब्राण्डले अहिले पर्याप्त स्पेयर पार्टस् नदिने समस्या देखिएको छ । त्यसैले बिक्रिपछिको सेवाबारे यकिन भएपछि मात्रै स्मार्टफोन किन्ने निर्णय लिनुहोस् ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।