
१३ औं शताब्दीको यो बुद्ध मूर्ती न्युयोर्कको रकुफेलर प्लाजामा मोल बढाबढमा बेच्न राखिएको छ । र यो मूर्तीको मुल्य राखिएको छ २० लाख ४५ हजार अमेरिकी डलर अर्थात् झण्डै २० करोड नेपाली रुपैया । ३५ इन्च अग्लो तामाको यो बुद्धमूर्ती सुरुमा नेपालबाट स्वीट्जरल्याण्ड पुर्याइएको थियो भने सन् १९९३ अक्टोबर १९ मा हङकङ लगिएको थियो । त्यसपछि यो बुद्धमुर्ती कस्ले न्युयोर्कमा ल्यायो भन्ने कुरा अज्ञात राखिएको छ ।
यो बुद्ध मूर्ती न्युयोर्कमा मोल बढाबढमा बेच्न राखिएको छ । यो मूर्तीको मुल्य २० लाख ४५ हजार अमेरिकी डलर राखिएको छ ।

संस्कृतमा लेखिए हस्तलिखित ग्रन्थहरुका ति गाताहरु न्युयोर्कको म्याहटनमा मोल बढाबढमा बेच्न राखिएको थियो । तर ति गाताहरु नेपालको संग्राहालयबाट चोरिएका अमूल्य बस्तु भएकाले फिर्ता गराउनका लागि चौतर्फी पहल भएपछि नेपाली दूतावासका अधिकारीहरु गाता फिर्ता पाउन सफल भए । बिक्रीका लागि राखिएका गाताहरुको मूल्य झण्डै एकलाख पच्चिस हजार अमेरिकी डलर अर्थात् नेपाली रुपैया एक करोड भन्दा बढी रहेको थियो । ति गाताहरु सन् १९८९ मा नै पेरिसमा पुर्याइसकिएको थियो ।
चोरिएको झण्डै २४ वर्ष हुँदासम्म पनि अभिलेखालयले भने पत्तो पाएको थिएन । जर्मन प्राध्यापक हारुनागा इसाक्सनले गाताहरु बिक्रीमा रहेको थाहा पाएर सबैतिर पत्राचार गरेपछि मात्र अभिलेखालयले गाता हराएको थाहा पाएको खसोखासमा लेखिएको छ ।
Comments
Post a Comment