Skip to main content

कसरी आयो तेह्रौं शताब्दीको नेपालको २० करोडको बुद्धमुर्ती अमेरिकामा ?

न्युयोर्क, माघ २३ अहिले होस् वा उहिले । नेपालमा मूर्तीचोरहरु निकै मोटाएका छन् । नेपालमा रहेका पुरातात्विक महत्वका मूर्तीहरु चोरेर अन्तर्राष्ट्रिय बजारमा बेच्ने क्रम निकै पहिलेदेखि चल्दै आएको छ । यो क्रम उहिलेदेखि अहिलेसम्म निकै चर्को छ । नेपालका कति मूर्तीहरु चोरिएर अन्तर्राष्ट्रिय बजारमा बेचिए ? त्यसको कुनै हिसाबकिताब छैन । विश्वका विभिन्न मुलुकमा बेचिने नेपाली मूर्तीहरुको खोजिनीति र हिसाबकिताब निकै मुस्किल छ । यसैक्रममा अमेरिकामा एउटा यस्तो नेपाली मूर्ती आइपुगेको छ , जसको मूल्य अहिलेको विनिमयदर अनुशार झण्डै २० करोड नेपाली रुपैया पर्छ ।
१३ औं शताब्दीको यो बुद्ध मूर्ती न्युयोर्कको रकुफेलर प्लाजामा मोल बढाबढमा बेच्न राखिएको छ । र यो मूर्तीको मुल्य राखिएको छ २० लाख ४५ हजार अमेरिकी डलर अर्थात् झण्डै २० करोड नेपाली रुपैया । ३५ इन्च अग्लो तामाको यो बुद्धमूर्ती सुरुमा नेपालबाट स्वीट्जरल्याण्ड पुर्याइएको थियो भने सन् १९९३ अक्टोबर १९ मा हङकङ लगिएको थियो । त्यसपछि  यो बुद्धमुर्ती कस्ले न्युयोर्कमा ल्यायो भन्ने कुरा अज्ञात राखिएको छ ।
यो बुद्ध मूर्ती न्युयोर्कमा मोल बढाबढमा बेच्न राखिएको छ । यो मूर्तीको मुल्य  २० लाख ४५ हजार अमेरिकी डलर राखिएको छ ।
अहिले नेपालबाट हराएका पुरातात्विक महत्वका बस्तुहरु यसरी विदेशमा देखिन थालेका छन् । झण्डै डेढ वर्ष अगाडि नेपालको राष्ट्रिय अभिलेखालयबाट चोरिएर अमेरिकाको न्युयोर्कमा बेचिन लागेका धर्मग्रन्थका झण्डै आठसय वर्ष पुराना काठका गाता नेपालले फिर्ता पाएको थियो ।
संस्कृतमा लेखिए हस्तलिखित ग्रन्थहरुका ति गाताहरु न्युयोर्कको म्याहटनमा मोल बढाबढमा बेच्न राखिएको थियो । तर ति गाताहरु नेपालको संग्राहालयबाट चोरिएका अमूल्य बस्तु भएकाले फिर्ता गराउनका लागि चौतर्फी पहल भएपछि नेपाली दूतावासका अधिकारीहरु गाता फिर्ता पाउन सफल भए ।  बिक्रीका लागि राखिएका गाताहरुको मूल्य झण्डै एकलाख पच्चिस हजार अमेरिकी डलर अर्थात् नेपाली रुपैया एक करोड भन्दा बढी रहेको थियो ।  ति गाताहरु सन् १९८९ मा नै पेरिसमा पुर्याइसकिएको थियो ।
चोरिएको झण्डै २४ वर्ष हुँदासम्म पनि अभिलेखालयले भने पत्तो पाएको थिएन । जर्मन प्राध्यापक हारुनागा इसाक्सनले गाताहरु बिक्रीमा रहेको थाहा पाएर सबैतिर पत्राचार गरेपछि मात्र अभिलेखालयले गाता हराएको थाहा पाएको खसोखासमा लेखिएको छ ।


Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।