अविरल वर्षाका कारण सोलुखुम्बुको टक्सिन्दु गाविस वडा न २ मा गत भदौं १४ र १५ गते राति निरन्तर आएको भीषण बाढीपहिरोले पूरै गाउँ विक्षिप्त बनाएको छ । भीषण बाढिपहिरोबाट कोरोवा गाउँलाई अत्याधिक रुपमा प्रभावित बनाएको छ भने याप्लु, आंखा र पुर्दुलगायतका गाउँमा समेत असर परेको स्थानीय बलकुमार खालिङले जानकारी दिए ।
बाढिपहिरो अहिले पनि नरोकिएको र त्यस क्षेत्रका विभिन्न ठाउँहरुको जमिन चिरा परेको, भासिन थालेको उनले सुनाए । खालिङकाअनुसार अहिले त्यहासम्म आवतजावत गर्ने विभिन्न बाटोघाटोसमेत अवरुद्ध भएको छ ।
टाक्सिन्दुका बुद्धिजिवी धन खालिङले बाढिपहिरोबाट करिब ६० घर प्रभावित भएको छ भने ठूलो धनमालमा क्षति पुगेको छ । उनीहरु सुुरक्षित बासस्थान खोज्दै सत, चोपु, फुलेलीलगायतका डाँडाँपाखातिर पुगेका छन् । बाढिपहिरो नरोकिएपछि र सत गाउँमासमेत पहिरो जान थालेपछि स्थानीय कहाँ जाने भन्ने सङ्कट्मा पर्न थालेका छन ।
राती बम पट्केको जस्तो आवाज पहिरोसँगै खोला थुनिएर एकै चोटी न्याङ्याम खोला भ्वाम्कु खोलामा बज्रदा करिब ५० मिटरसम्म माथी खोलाको उचाइ पुगेको थियो । यापेल गाउँका बासिन्दाहरु त्यो समयमा धेरै अतालिएका थिए । स्थानीयहरु राती कहा गएर बस्ने पिरमा डुबेका छन ।
‘त्यहा पुग्दा हामीसँग हार गुहार मागेका थिए’ स्थानिय बलकुमारले आफ्नो फकेबूकमा लेखेका छन्’, हामिसग पनि सुरक्षित् स्थानमा सर्नु भन्ने बाहेक केहि उत्तर थिएन । तर उनिहरुले ठोस उत्तरको अपेक्षा गरेका थिए । कहाँ हो सुरक्षित ठाउँ यहा त कहि सुरक्षित ठाउँ छैन । यो उत्तर के हुन सक्छन ।’
अहिलेसम्म प्रहरी प्रशासनले बाढिपहिरो गएको क्षेत्रको स्थलगत अध्ययन अवलोकन गरेर सुरक्षित ठाउँतिर सर्न स्थानीयलाई आग्रह गरेको जनाइएको छ । पहिरो प्रभावित क्षेत्रका स्थानीयहरुको उद्धारका विषयमा सम्बन्धित निकाय र स्थानीयबीच विभिन्न छलफल भइरहेको र काठमाडौंमा पनि यसबारे अनौपचारिक रुपमा छलफल भइरहेको जानकारी प्राप्त भएको छ ।
तस्वीरः बलकुमार खालिङको फेसबुकबाट साभार
Comments
Post a Comment