Skip to main content

यसकारण पक्राउ परे आङकाजी शेर्पा



चार दिन हिरासतमै राख्न अदालतको अनुमति
काठमाडौं : कुनै बेला आदिवासी जनजाति महासंघका महासचिव रहेका ६० वर्षीय आङकाजी शेर्पा पछिल्लो समय फेसबुकमा आक्रमक स्टाटस लेखेर चर्चामा थिए ।

संघीय समाजवादी फोरममा समेत सक्रिय उनले क्षेत्री बाहुन समुदाय, कांग्रेस र एमालेमाथि धेरै प्रहार गर्दै गाली गलौजसहितका स्टाटस लेख्दै आएका थिए । उनले हिन्दु धर्म तथा त्यसका अनुयायीलाई पनि गाली गर्दै आएपछि उनको कडा आलोचना भइरहेको थियो ।

राजनीतिक दल र अन्य जातजातिमाथि गालीगलौजका स्टाटस लेखिरहँदासम्म मौन बसेको प्रहरी यो पटक भने आङकाजीलाई पक्रन बाध्य भयो ।

केही समयदेखि प्रहरीको निगरानीमा पर्दै आएका उनले पछिल्लो पटक थरुहटबाट भदौ ७ गते टीकापुरमा एसएसपीसहित ८ प्रहरी र एक बालक मारिएको घटनामा सुरक्षानियकायलाई नै विवादमा तान्ने गरी स्टाटस लेखेपछि प्रहरी चुप लागेर बस्न सकेन ।

टीकापुर घटनापछि फेसबुकमा उनले लेखेको ‘टीकापुर घटनाका १३ रहस्य’ शीर्षकको स्टाटसमा उनले प्रहरीबाटै थारुका घर जलाइएको र थारु समुदायका छोरीलाई बलात्कार गरेको गम्भीर आरोप लगाएका थिए ।

उनले एसएसपी लक्ष्मण न्यौपानेले थारु आन्दोलनकारीमाथि गोली हान्न आदेश दिँदा नमान्ने प्रहरी जवान रामबिहारी थारुलाई इन्सपेक्टर बलराम विष्ट र केशव विष्टले गोली हानी मारेको अर्को संगिन आरोप लगाएका थिए ।

यि दुई आरोप फेसबुकको स्टाटसबाट लगाएपछि प्रहरीको माथिल्लो निकायकै आदेशमा आङकाजी खोरमा पुगेका हुन् । अपराध महाशाखाले विद्युत्तीय कारोबार ऐन वमोजिम आङकाजीविरुद्ध पर्याप्त तथ्य प्रमाण बटुलेर मात्रै पक्रेको हो ।

फेसबुक स्टाटस अनुमगन गरिरहेको महानगरीय प्रहरी अपराध महाशाखाले आङकाजीले सुरक्षा निकायबीच फाटो ल्याउने, जातजाति र सम्प्रदायबीच सुमधुर सम्बन्धमा खलल पार्ने र सामाजिक सद्भाव बिथोल्ने गरी अनर्गल, निराधार र अप्रमाणिक तथ्यहरुलाई सामाजिक सञ्जालको दुरुपयोग गरी गलत सन्देश प्रबाह गरेकाले पक्राउ गरिएको जनाएको छ ।

‘फेसबुकको दुरुपयोग गरी समाजमा जातीय तथा साम्प्रदायिक सद्भाव विगार्न खोजकाले उनलाई पक्राउ गरिएको हो’, महानगरीय प्रहरी परिसरका प्रवक्ता विश्वराज पोखरेलले भने, ‘उनीमाथि विद्युत्तीय कारोबार ऐनअन्तर्गत जिल्ला अदालतमा मुद्धा अघि बढिसकेको छ । मुद्धा सुरु भइसकेकाले यसमा कसैको दबावले काम गर्दैन ।’

सोलुखुम्बुको गोराखानी गाविस–१ घर भइ काठमाडौंको बौद्धमा बस्दै आएका आङकाजीको रिहाइ माग गर्दै संघीय समाजवादी फोरमका कार्यकर्ता र आदिवासी जनजाति कार्यकर्ताहरु बिहीबार महानगरीय प्रहरी परिसर पुगेका थिए ।

तर, प्रहरीले उनीबाट सामाजिक सद्भाव विथोल्ने गतिविधि गरेको पर्याप्त प्रमाण रहेको जनाउँदै मुद्धा प्रक्रिया अघि बढाएको हो । अदालतमा मुद्धा अघि बढिसकेकाले आङकाजीले अनुसन्धान पुरा नहुन्जेल प्रहरी हिरासतमै बिताउनुपर्नेछ ।

पहिलो चरणमा प्रहरीले चार दिनको म्याद पाएको छ । चार दिनभित्रमा अनुसन्धान पुरा नभएमा अदालतबाट थप म्याद मागेर मुद्धा अघि बढाउने तयारी प्रहरीले गरेको छ ।

चार दिन हिरासतमा राख्न अनुमति
आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

सामाजिक सञ्जालमा जातीय सद्भाव भड्काउने अभिव्यक्ति दिँदै आएका उनलाई महानगरी प्रहरी अपराध महाशाखाको टोलीले बुधबार बौद्धबाट पक्राउ गरेको थियो ।

विद्युत्ती कारोबार ऐनअन्तर्गत अदालतले चार दिन हिरासतमै राखेर उनीमाथि अनुसन्धान गर्न अनुमति दिएको महानगरीय प्रहरी परिसर टेकुले जानकारी दिएको छ ।


टीकापुर घटनापछि आङकाजीले प्रहरीमाथि लाएको गम्भीर आरोप (रातो घेरामा) 
  

प्रतिलिपि स्रोत:अन्नपूर्ण पोस्ट 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।