Skip to main content

यसकारण पक्राउ परे आङकाजी शेर्पा



चार दिन हिरासतमै राख्न अदालतको अनुमति
काठमाडौं : कुनै बेला आदिवासी जनजाति महासंघका महासचिव रहेका ६० वर्षीय आङकाजी शेर्पा पछिल्लो समय फेसबुकमा आक्रमक स्टाटस लेखेर चर्चामा थिए ।

संघीय समाजवादी फोरममा समेत सक्रिय उनले क्षेत्री बाहुन समुदाय, कांग्रेस र एमालेमाथि धेरै प्रहार गर्दै गाली गलौजसहितका स्टाटस लेख्दै आएका थिए । उनले हिन्दु धर्म तथा त्यसका अनुयायीलाई पनि गाली गर्दै आएपछि उनको कडा आलोचना भइरहेको थियो ।

राजनीतिक दल र अन्य जातजातिमाथि गालीगलौजका स्टाटस लेखिरहँदासम्म मौन बसेको प्रहरी यो पटक भने आङकाजीलाई पक्रन बाध्य भयो ।

केही समयदेखि प्रहरीको निगरानीमा पर्दै आएका उनले पछिल्लो पटक थरुहटबाट भदौ ७ गते टीकापुरमा एसएसपीसहित ८ प्रहरी र एक बालक मारिएको घटनामा सुरक्षानियकायलाई नै विवादमा तान्ने गरी स्टाटस लेखेपछि प्रहरी चुप लागेर बस्न सकेन ।

टीकापुर घटनापछि फेसबुकमा उनले लेखेको ‘टीकापुर घटनाका १३ रहस्य’ शीर्षकको स्टाटसमा उनले प्रहरीबाटै थारुका घर जलाइएको र थारु समुदायका छोरीलाई बलात्कार गरेको गम्भीर आरोप लगाएका थिए ।

उनले एसएसपी लक्ष्मण न्यौपानेले थारु आन्दोलनकारीमाथि गोली हान्न आदेश दिँदा नमान्ने प्रहरी जवान रामबिहारी थारुलाई इन्सपेक्टर बलराम विष्ट र केशव विष्टले गोली हानी मारेको अर्को संगिन आरोप लगाएका थिए ।

यि दुई आरोप फेसबुकको स्टाटसबाट लगाएपछि प्रहरीको माथिल्लो निकायकै आदेशमा आङकाजी खोरमा पुगेका हुन् । अपराध महाशाखाले विद्युत्तीय कारोबार ऐन वमोजिम आङकाजीविरुद्ध पर्याप्त तथ्य प्रमाण बटुलेर मात्रै पक्रेको हो ।

फेसबुक स्टाटस अनुमगन गरिरहेको महानगरीय प्रहरी अपराध महाशाखाले आङकाजीले सुरक्षा निकायबीच फाटो ल्याउने, जातजाति र सम्प्रदायबीच सुमधुर सम्बन्धमा खलल पार्ने र सामाजिक सद्भाव बिथोल्ने गरी अनर्गल, निराधार र अप्रमाणिक तथ्यहरुलाई सामाजिक सञ्जालको दुरुपयोग गरी गलत सन्देश प्रबाह गरेकाले पक्राउ गरिएको जनाएको छ ।

‘फेसबुकको दुरुपयोग गरी समाजमा जातीय तथा साम्प्रदायिक सद्भाव विगार्न खोजकाले उनलाई पक्राउ गरिएको हो’, महानगरीय प्रहरी परिसरका प्रवक्ता विश्वराज पोखरेलले भने, ‘उनीमाथि विद्युत्तीय कारोबार ऐनअन्तर्गत जिल्ला अदालतमा मुद्धा अघि बढिसकेको छ । मुद्धा सुरु भइसकेकाले यसमा कसैको दबावले काम गर्दैन ।’

सोलुखुम्बुको गोराखानी गाविस–१ घर भइ काठमाडौंको बौद्धमा बस्दै आएका आङकाजीको रिहाइ माग गर्दै संघीय समाजवादी फोरमका कार्यकर्ता र आदिवासी जनजाति कार्यकर्ताहरु बिहीबार महानगरीय प्रहरी परिसर पुगेका थिए ।

तर, प्रहरीले उनीबाट सामाजिक सद्भाव विथोल्ने गतिविधि गरेको पर्याप्त प्रमाण रहेको जनाउँदै मुद्धा प्रक्रिया अघि बढाएको हो । अदालतमा मुद्धा अघि बढिसकेकाले आङकाजीले अनुसन्धान पुरा नहुन्जेल प्रहरी हिरासतमै बिताउनुपर्नेछ ।

पहिलो चरणमा प्रहरीले चार दिनको म्याद पाएको छ । चार दिनभित्रमा अनुसन्धान पुरा नभएमा अदालतबाट थप म्याद मागेर मुद्धा अघि बढाउने तयारी प्रहरीले गरेको छ ।

चार दिन हिरासतमा राख्न अनुमति
आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

सामाजिक सञ्जालमा जातीय सद्भाव भड्काउने अभिव्यक्ति दिँदै आएका उनलाई महानगरी प्रहरी अपराध महाशाखाको टोलीले बुधबार बौद्धबाट पक्राउ गरेको थियो ।

विद्युत्ती कारोबार ऐनअन्तर्गत अदालतले चार दिन हिरासतमै राखेर उनीमाथि अनुसन्धान गर्न अनुमति दिएको महानगरीय प्रहरी परिसर टेकुले जानकारी दिएको छ ।


टीकापुर घटनापछि आङकाजीले प्रहरीमाथि लाएको गम्भीर आरोप (रातो घेरामा) 
  

प्रतिलिपि स्रोत:अन्नपूर्ण पोस्ट 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an