Skip to main content

नेपालीको आम्दानी तीन हजार बढ्दा खर्च १० हजार



नेपाली घरपरिवारमा १० वर्षको अवधिमा आम्दानीको तुलनामा खर्च अत्यधिक बढेको छ। 

राष्ट्रबैंकले गरेको पारिवारिक बजेट सर्वेअनुसार १० वर्षे अवधिमा आम्दानी दुई हजार सात सय ३८ रुपैयाँ बढ्दा खर्च १० हजार सात सय ९३ रुपैयाँले बढेको छ। राष्ट्रबैंकको अनुसन्धानले घरपरिवारले गर्ने खर्चको आकार उच्च हुँदा पनि आम्दानी नबढेकोले बचत कमजोर हुँदै गएको देखाएको छ। 

राष्ट्रबैंकका पूर्वगभर्नर डा.युवराज खतिवडा आन्तरिक बचत कमजोर रहेको बताउँछन्।‘रेमिटेन्सले आम्दानी बढाए पनि त्योसँगै खर्च पनि बढाएको छ' ,उनले भने, 'खर्च गर्ने प्रवृति बढ्दै जाँदा बचत गर्ने बानी कमजोर बनेको छ।' 

राष्ट्रबैंकका अनुसार पाँचौ परिवारिक बजेट सर्वेअनुसार एउटा घरपरिवारको सरदर खर्च मासिक २५ हजार नौ सय २८ रुपैयाँ छ। आम्दानी ३० हजार एक सय २१ रुपैयाँ छ। 

चौथो पारिवारिक बजेट सर्वेअनुसार खर्च १५ हजार एक सय ३५ हुँदा आम्दानी २७ हजार तीन सय ९१ रुपैयाँ थियो। राष्ट्रबैंकको अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले अध्ययनले आम्दानीको तुलनामा खर्च बढ्दै गएको देखिएको बताए। 

'आम्दानीको तुलनामा खर्च बढी गर्ने प्रवृतिले बचत कम भएको छ',उनले भने, ‘आम्दानीको स्रोत सीमित भए पनि खर्चको दायारा फराकिलो बन्दै गएको छ।' सर्वेक्षणअनुसार ग्रामीण क्षेत्रका परिवारले मासिक २२ हजार नौ सय २८ रुपैयाँ खर्च गर्छन् भने सहरी क्षेत्रका परिवारले २८ हजार चार सय ७४ रुपैयाँ खर्च गर्छन्। 

राष्ट्रबैंकले हरेक १० वर्षमा पारिवारिक मासिक खर्चको अध्ययन गर्छ। राष्ट्रबैंकले ५५ जिल्लाको ८४ वटा बजारकेन्द्रबाट आठ हजार २८ वटा घरपरिवारलाई समावेश गरेर अध्ययन गरेको थियो।

एउटा परिवारमा औसतमा ४.९५ सदस्य हुने अनुमान गरेर अध्ययन गरिएको छ। अध्ययनले परिवारले गर्ने खर्चमा खाद्यन्नभन्दा गैर खाद्यन्न क्षेत्रमा गर्ने खर्च बढ्दै गएको देखिएको छ। 

आर्थिक वर्ष २०६२-६३ मा सार्वजनिक भएको चौथो पारिवारिक बजेट सर्वेक्षणले खाद्यान्न र पेय पदार्थमा कुल खर्चको ४६.८२ प्रतिशत खर्च भएको देखाएको थियो। यस्तै गैर खाद्य र सेवा क्षेत्रमा ५३.१८ प्रतिशत खर्च थियो। 

अहिले खाद्यान्न र पेय पदार्थमा ४३.९१ प्रतिशत र गैर खाद्य र सेवा क्षेत्रमा ५६.०९ प्रतिशत खर्च भएको छ। राष्ट्रबैंकको अनुसन्धान विभाग प्रमुख थापा परिवार खर्च खाद्यन्नभन्दा सेवा क्षेत्रमातर्फ बढ्दै गएको बताउँछन्। 
पाँचौ परिवारिक बजेट सर्वेअनुसार एउटा घरपरिवारको सरदर खर्च मासिक २५ हजार नौ सय २८ रुपैयाँ छ। आम्दानी ३० हजार एक सय २१ रुपैयाँ छ।
'अध्ययनले खर्चका स्वरूप परिवर्तन हुँदै गएको देखाएको छ' ,उनले भने, 'कुनै समय खाद्यान्नमा बढी खर्च हुन्थ्यो । अहिले गैर खाद्यान्नमा, त्यो खर्च अनुपात बढ्दै गएको छ।'

१० वर्षको अवधिमा खाद्यान्नतर्फ मासुजन्य पदार्थमा खर्च बढेको देखिन्छ। १० वर्ष अगाडि कुल खर्चमा ५.७ प्रतिशत खर्च मासुजन्यमा हुने गरेको थियो भने अहिले ६.७५ प्रतिशत खर्च हुने गरेको छ। 

अध्ययनले परिवारले खाद्यान्नमा गर्ने खाद्यजन्य पदार्थमा गर्ने खर्च घटेको देखिन्छ। १० वर्ष अगाडि १४.८१ प्रतिशत खर्च खाद्यजन्य पदार्थमा हुने गरेको थियो भने अहिले ११.३३ प्रतिशत खर्च यो क्षेत्रमा हुने गरेको छ।

गैर खाद्य समूहमा सबैभन्दा बढी खर्च घरभाडा ,पानी ,बिजुली र ग्यासमा हुने गरेको छ। १० वर्ष अगाडि सो घरभाडा र पानीमा कुल खर्चको १०.८७ प्रतिशत हुने गरेकोमा अहिले बढेर २०.३ प्रतिशत पुगेको छ। 

सहरी क्षेत्रमा खाद्यान्नपछि सबैभन्दा बढी खर्च घरभाडा र ग्यासमा खर्च हुने गरेको छ।क्षेत्रगत खर्चको आधारमा स्वास्थलाई खराब मानिएको अल्कोहल र सुर्तीजन्य पदार्थमा दुई सय ५६ रुपैयाँ खर्च हुने गरेको छ। 

अल्कोहल र सुर्तीजन्य पदार्थमा सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा बस्नेले बढी खर्च गर्ने अध्ययनले देखाएको छ। ग्रामीण क्षेत्रका परिवारले दुई सय ९९ रुपैयाँ अल्कोहल र सुर्तीजन्य क्षेत्रमा खर्च गर्छन् भने सहरी क्षेत्रमा दुई सय २० रुपैयाँ खर्च गर्छन्। 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।