Skip to main content

को बन्ला त एमाले सोलुखुम्बुको अध्यक्ष ?


अन्ततः अब कुनै रणनितिक योजना नबनाइए नेकपा एमाले सोलुखुम्बुको छैठौँ अबिधेशन यही हप्ता हुने निश्चीत भएको छ । आगामी २४ गते देखि सुरु हुने अबिधेशनका लागि अहिले सल्लेरी बाहेक सबै गाबिसबाट प्रतिनिधि तथा पर्यबेक्षकहरु छनौट गरिसकेको छ । यतिबेला अबको नेतृत्व कस्ले हत्याउला भन्ने बहस पनि सुरु भएको छ । करिब साँढे ३ सय ७५ प्रतिनिधिहरु बीच नेकपा एमाले सोलुखुम्बुले नयाँ नेतत्व चयन गर्दैछ । जिल्ला तहकै नेताहरुमा स्पष्ट बलियो गुट निर्माण भए पछि पार्टीको महाधिबेशन पहिले नै गरिसक्नु पर्ने जिल्ला अबिधेशन महाधिबेशन गर्नु भन्दा करिब डेढ बर्ष पछि हुदैछ । त्यसो त एमाले सोलुखुम्बुको नेतृत्व कस्को पोल्टामा जाने हो, राजनितिक बृत्तमा बहस तथा बिश्लेषण सुरु भएको छ । गाउँ तहबाट छानिएका प्रतिनिधिहरुको अनुहार हेरेर नै जिल्ला तहका नेताहरुले अबिधेशनमा आफ्नो हैसियत कस्तो हुने भन्ने लख काट्न थालिसकेका छन् ।
दुइ ठुला नेताहरु आङ निमा लामा र बुद्धिकुमार राजभण्डारी नै छनौट हुनु पर्ने साबिकको सल्लेरी गाबिसमा प्रतिनिघि छनौटमा आफु पक्षमा ब्यक्ति प्रतिनिधिका रुपमा छनौट होस भन्ने पक्षमा छन् । त्यसो त बिभिन्न कारण देखाइ बिबाद भइ प्रतिनिधि छनौट कार्य लम्बीएको छ । श्रोतका अनुसार सल्लेरी गाबिस बुद्धिकुमार राजभण्डारी को पक्कड मानिन्छ भने यस बाहेक अधिकांश गाबिस आङनिमा लामाको पक्कड रहेको छ । आङ निमा लामा पार्टीको जिल्ला अध्यक्ष सहित जिल्ला बिकास समितिका सभापति भइसकेका ब्यक्ति हुन् भने राजभण्डारी पनि एमालेको नेतृत्व सम्हालिसकेका ब्यक्ति हुन् । तर पहिलो संबिधान सभाको निर्बाचनमा प्रत्यक्ष उमेदबार बनेका राजभण्डारीका भन्दा दोस्रो संबिधान सभाको निर्बाचनमा उमेदबार बनेका लामाको पक्षमा झण्डै दोब्बर मत ल्याएकाले आङनिमा लामाको धरातल बलियो रहेको बिश्लेषण हुने गरेको छ ।
केहि समय राजभण्डारी पक्ष मानिने नेताहरु पनि लामाको पक्षमा लागेको लामा पक्षको दाबी छ । आङ निमा लामा, जुद्ध बहादुर कार्की, लोचन कुमार शर्मा, प्रेम कुमार श्रेष्ठ, डिल्ली राइ, बुद्धिकिरण राइ, दोर्जी जाङबु शेर्पा, निम दोर्जी शेर्पा लगायतका पार्टीमा राम्रो पक्कड भएका नेताहरुको सहयोगमा नेतृत्व हत्याउने बिश्वासमा लामा छन् ।
यता राजभण्डारी पक्षधर भनिने नेताहरु डिबि किराती, डुफ कुमार बास्तोला, आङदामी शेर्पा, हर्क राइ लगायतका नेताहरु आफ्नो प्यानल बलियो बनाउन लागि परेका छन् । त्यसो त राजभण्डारी पक्षले अध्यक्षमा बिजयी हुने भए फेरी बुद्धिकुमार राजभण्डारी नै अध्यक्षमा उठ्ने, नत्र स्थीति कमजोर हुने अबस्था आए डुफकमार बास्तोलालाइ अघि सार्ने राजभण्डारीको भित्री रणनिति रहेको बताइएको छ । त्यसो त डुफ कुमार आफै कुन गुटमा नरहेको भन्दै स्वफुर्त अध्यक्षको प्रत्यासी भएको दाबी गर्छन् । पार्टीमा सबै नेता कार्यकर्तालाइ मिलाएर लैजान सक्ने क्षमता भएका बास्तोला प्रतिनिधिहरुको मन जित्दै अध्यक्ष बन्न चाहन्छन् ।
यता हाल एमालेको कार्यबाहक अध्यक्ष रहेका मानबीर राइ गाबिसहरु मै सबैभन्दा बढि प्रतिनिधि छनौट गर्दै ३४ जना प्रतिनिधिहरु लिएर बासाबाट फर्किएका छन् । उनलाइ पनि कार्यबाहकबाट निर्बाचित पार्टी नेतृत्व चलाउने रहर छ । त्यसो त दुइ नेताहरु एक अर्काको खुटा तानिरहेका बेला आफु बीच बाट नेतृत्वमा पुग्ने योजना बुनिरहेका छन् । तर यस अघि लामा निकट मानिने मानबीर राइ अबिधेशनको संघारमा आफुलाइ तटस्थ मान्दै आएका छन् । यद्यपी राजभण्डारी र आङ निमा लामा दुबै राइले आफुलाइ सहयोग गर्ने सपना देखिरहेका छन् ।
दिउसोको संकेत बिहानीले गर्छ भने झैँ जिल्ला अबिधेशनको संकेत गाबिसबाट छानिएका प्रतिनिधिबाट एमाले नेताहरुले लख काट्न थालेका छन् । त्यसो त अबको पार्टी सचिब पड्काउने योजनामा रहेका जिल्ला सदस्य बनिसकेका, राजभण्डारी पक्ष मानिने बीरुदास श्रेष्ठ गार्मा गाबिसबाट आधा मत भन्दा बढिले प्रतिनिधि छनौटमै पराजित भए । अब हेर्नुछ एमालेको अधिबेशनले नयाँ नेतृत्व कस्तो बनाउने छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।