Skip to main content

खसीको मासु भाग लगाएजस्तो राज्य बाँड्न सकिँदैन : मन्त्री शेर्पा

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री कृपाशुर शेर्पाले सबै समुदायका हक, अधिकारलाई अब बन्ने संविधानमा सुनिश्चित गनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंको बौद्ध, तीनचुलीमा आयोजित नेपाल ह्योल्मो समाज सेवा संघको छैटौं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शेर्पाले ‘समाजमा शोषण, पीडित र अन्यायमा परेका सबै समुदायलाई राज्यको मूलधारमा ल्याउनेगरि अबको नयाँ संविधानमा व्यवस्था गरिनुपर्ने’ बताएका हुन् ।

‘कसैलाई काखा, कसैलाई पाखा गरिनुहुँदैन’–उनले भने ।

मन्त्री शेर्पाले ह्योल्मो समुदाय शान्तिको पक्षधर भएको भन्दै राज्यले यस समुदायप्रति सही दृष्टिकोण पुर्‍याउन नसकेको गुनासो गरे ।

मन्त्री शेर्पाले ‘पछिल्लो समय पहिचानको मुद्दा पेचिलो बनेको भन्दै सदियौंदेखि मिलेर बसेको समुदायमा कुनै किसिमको सद्भाव भड्काउने खालको सस्ता नारा बोक्न नहुने’तर्फ ध्यानाकार्षण गराए ।

‘बहुधार्मिक, बहुसाँस्कृतिक विविधता बोकेको नेपाली समुदायमाँझ फाटो ल्याउनेगरि खसीको मासु भाग लगाएजस्तो राज्य बाँड्न नसकिने’ उनको भनाइ थियो ।

मन्त्री शेर्पाले आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पाले जस्तो मनपरी बोलेर हिँडेको भए आज शेर्पाको छोरो मन्त्री नहुने भन्दै विचार अग्लो बनाएर समय चिन्दै अगाडि बढ्नुपर्नेतर्फ सचेत गराए ।

उनले भने–‘अगाडि चार हात र पछाडि १२ हात हेरेर हिँड्नुपर्छ ।’

कार्यक्रममा सभासद तथा नेपाल आदिवासी जनजाति महासंघका महासचिव पेम्बा भोटेले अब बन्ने संविधानमा वर्गीय, जातीय, भाषिकलगायत सबैखाले विभेदको अन्त्य गरिने कुरा उल्लेख गर्नुपर्ने भन्दै केही दिनको लागि प्रक्रिया रोकेर भएपनि राजनीतिक सहमति कायम गर्नुपर्ने धारणा राखे । 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।