Skip to main content

के हो ई-पासपोर्ट ?



हस्तलिखित, मेसिन रिडेबलपछि अब डिजिटल अर्थात ई-पासपोर्ट प्रयोगमा आउने भएको छ। परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले अहिले यसैको तयारी गरेको छ। मन्त्रिपरिषदबाट ई–पासपोर्टको कार्यविधि पारित भएसँगै राहदानी विभाग ई–पासपोर्ट प्रयोगमा ल्याउनका लागि तयारीमा जुटेको हो। यसका लागि राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाको नेतृत्वमा ६ सदस्यीय एक प्राविधिक कमिटि समेत गठन भएको छ। 

समितिका संयोजक तथा विभागका महानिर्देशक थापाले सेतोपाटीसितको कुराकानीमा अबको २-३ महिनाभित्रै सम्वन्धित विज्ञहरुको अनुभवसहित ई– पासपोर्टका सम्वन्धमा विस्तृत अध्ययन हुने बताए। ‘ई–पासपोर्टको एक्सन प्लान स्वीकृत भइसकेको छ, अब विस्तृत अध्ययनलगत्तै ग्लोबल टेण्डर आह्वान गर्ने सम्वन्धमा प्रक्रिया सुरु हुन्छ’ उनले भने। २÷३ वर्षभित्रमा ई–पासपोर्टमा जानेगरी विभाग अघि बढेको उनले बताए। 

ई–पासपोर्टमा गएपछि मेसिन रिडेबल पासपोर्ट पनि चल्दै जानेछ। कतिपयले ई–पासपोर्टमा गएपछि मेसिन रिडेबल पासपोर्ट नचल्ने हल्ला चलाएको प्रति थापाले आपत्ति जनाए। ‘दुवै पासपोर्ट वर्षौसम्म चल्दै जान्छ, तर ई–पासपोर्टको विस्तारलाई भने बढाउँदै लगिनेछ’ उनले भने। 

इन्टरनेसनल सिभिल एभिएसन अर्गनाइजेनस (आईकाओ)ले नेपाललाई ई पासपोर्टमा जान अहिले नै निर्देशन भने नदिएको उनले जानकारी दिए। ‘निर्देशन नदिए पनि हामी चाँडै नै यस प्रक्रियामा लाग्नेछौँ,’ थापाले भने ‘आखिर कुनै न कुनै दिन हामी त्यो प्रक्रियामा जानु नै पर्दछ ।’ 

ई–पासपोर्टमा विशेष चिप रहने र अन्य क्वालिटी पनि हुने हुँदा यसको सरकारी लागत मेसिन रिडेबल पासपोर्टभन्दा महँगो पर्ने उनले बताए। थापाले भने ‘सरकारी लागत महँगो पर्नु स्वभाविक हो, तर प्रयोगकर्तालाई कति महँगो पर्छ भनेर अहिले भन्न सकिँदैन।’

उनका अनुसार साधारण प्रक्रियाबाट मेसिन रिडेबल पासपोर्ट छपाउँदा एक पासपोर्टको लागत ३ दशमलव ५९ अमेरिकी डलर लाग्दै आएको छ। 
त्यस्तै प्रत्येक्ष दर्ता प्रणालीबाट मेसिन रिडएबल पासपोर्ट छपाउँदा एउटा पासपोर्टको लागत ४ दशमलव ८९ अमेरिकी डलर पर्ने गर्दछ। जुन प्रणालीलाई राहदानी विभागले चाँडै सुरुवात गर्ने क्रममा रहेकोछ। 

के हो ई–पासपोर्ट ?

ई–पासपोर्टमा विशेष आरएफ चिप राखिएको हुन्छ, जुन चिप सुरक्षाको दृष्टिकोणले पनि निकै महत्व हुन्छ। चिप राख्नका लागि पासपोर्टमा विशेष ठाउँ सुरक्षित रहन्छ। 
कतिपय देशका पासपोर्टमा अगाडि, कतिपयको बीचमा त कतिपयको पछाडिपट्टि विशेष स्थान तय गरेर चिप सुरक्षित राखिने गरेको छ। इमिग्रेसन वा सम्वन्धित विभागले विशेष मेसिनको सहायताले चिप परीक्षण गरी व्यक्तित्व र उसको विवरण सुनिश्चित गर्दछ। फोटो परिवर्तन गर्ने तथा अन्य कुनै पनि जालसाजी गर्न नमिल्ने हुँदा ई–पासपोर्ट सुरक्षाका दृष्टिले अति उपयोगी मानिन्छ। त्यस्तै प्रयोगकर्ताका धेरै विवरणहरु समेत गोप्य राख्न यसले मद्दत पुग्दछ। हालसम्म १ सयवटा राष्ट्रहरु ई– पासपोर्ट कार्यान्वयनमा गइसकेका छन्। ति राष्ट्रका ४२ करोड संख्याको ई पासपोर्टहरु संचालनमा रहेका छन्।  

नेपालमा हस्तलिखित पासपोर्टपछि सन २०१० डिसेम्बरदेखि मेसिन रिडएबल पासपोर्टको सुरुवात भयो। यो पासपोर्टको सुरुवात भएसँगै यसअघि जारी भएका सम्पूर्ण पासपोर्टहरु आगामी मंसिरको ८ गतेदेखि हस्तलिखित हुने छैनन्। अर्थात मंसिर ८ गतेदेखि कुनै पनि हस्तलिखित पासपोर्टहरु चल्ने छैनन्। राहदानी विभागले हस्तलिखित पासपोर्ट भएका सम्पूर्णलाई अहिले नै विभागमा गई पासपोर्ट परिवर्तन गर्नका लागि पनि आग्रह गरेको छ। 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an