Skip to main content

नेपालले विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोत पर्यटन क्षेत्र

नेपालको पर्यटन विकासबारे प्रसिद्ध परामर्शदाता डेभिड फ्रान्केलले भनेका छन्– नेपालको विकासको साँचो भनेकै पर्यटन विकास हो। वास्तवमा नेपालका अधिकांश उच्च हिमशृंखला, नदीनाला, झरना, तालतलैया, हरियाली पहाड, समथर तराई जस्ता प्राकृतिक, सांस्कृतिक, धार्मिक, जैविक एवं मानव निर्मित सम्पदाको उपस्थितिले कुनै पनि पर्यटकलाई रोमाञ्चित गर्ने क्षमता राख्छ।

विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मथलो लुम्विनीलगायत असंख्य गुम्बा, मठ, मन्दिर, स्थानीय भाषा, जातजाति, धर्म, संस्कृति, परम्परा, स्वच्छ र शीतल हावापानी, प्राकृतिक छटा र मुख्यतः नेपाली नागरिकमा रहेको पाहुनालाई प्रदान गरिने विशिष्ट शैलीको आतिथ्यता आदिलाई व्यवस्थित गर्न सके सिङ्गो नेपाललाई पर्यटकीय आकर्षण केन्द्र बनाइ राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउन सकिन्छ।

नेपालले विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोत भनेको पर्यटन क्षेत्र नै हो। यहाँका प्राकृतिक, सांस्कृतिक, धार्मिक, जैविक एवं मानव निर्मित सम्पदाहरुलाई ज्ञानको भण्डारका रूपमा विकास गरी नेपाललाई विश्व मानचित्रमा आकर्षक, रमणीय र सुरक्षित गन्तव्यस्थलका रूपमा विकास गर्ने सोचसहित नेपाल सरकारले ुपर्यटन नीति, २०६५ु ल्याएको देखिन्छ। यद्यपि सो नीतिले अवलम्बन गरेको दृष्टिकोणलाई व्यवहारमा उतार्न धेरै चुनौती सामना गर्नुपर्ने देखिन्छ। ती चुनौती सामना गर्दै अवसरका रूपमा ग्रहण गरी पर्यटन क्षेत्रको प्राथमिकीकरण, विविधीकरण र विस्तार गरी नागरिकका लागि स्वरोजगारी सिर्जना गर्ने, पर्यटकहरुलाई थप सुरक्षा एवं सुविधा दिई आकर्षित तुल्याई उनीहरुको नेपाल बसाइ लम्ब्याउने, पर्यटन विकासलाई प्राथमिकतामा राखी पर्यटकलाई आकर्षित गर्न सुरक्षा, यातायात सरसफाइ, असल व्यवहार, सहयोगी वातावरणको निर्माण र यी सबै कार्य गर्न पर्यटन व्यवसायी तथा यससँग सम्बद्ध निजी क्षेत्रलाई लाग्ने करको दायरामा खुकुलोपन ल्याउने नीति अवलम्बन गर्नेतर्फ सबै पक्ष उन्मुख हुन जरुरी देखिन्छ।

नेपाली जनताको अथक प्रयासबाट वि।सं। २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानको भाग ४ धारा ५१ मा रहेको राज्यका नीतिहरुअन्तर्गत खण्ड ९ठ० मा पर्यटनसम्बन्धी नीतिमा यस क्षेत्रको महत्वलाई आत्मसात गर्दै ुनेपालका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरुको पहिचान, संरक्षण, प्रवर्धन एवं प्रचारप्रसारमार्फत राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्ने, पर्यटन संस्कृतिको विकास गर्न आवश्यक वातावरण एवं नीति निर्माण गर्ने तथा पर्यटन उद्योगको लाभ वितरणमा स्थानीय जनतालाई प्राथमिकता दिनेु भनी राज्यको दायित्व उल्लेख गरेको छ। यस नीतिको सफल कार्यान्वयन गरी राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन क्षेत्रको विकास गरी त्यसबाट प्राप्त हुने लाभ सबै नागरिकलाई समानरूपमा वितरण गर्न राज्यले यस क्षेत्रमा पर्याप्त स्रोतसाधन लगानी गर्नुका अतिरिक्त पूर्वाधार निर्माण र सुरक्षाको भरपर्दो व्यवस्था मिलाउनु जरुरी देखिन्छ।

नेपाल भित्रने अधिकांश पर्यटकको गन्तव्यस्थल बनेको काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका क्षेत्रका असंख्य ऐतिहासिक सम्पदामध्ये ९० प्रतिशत २०७२ साल वैशाख १२ गते गएको ७।६ रेक्टर स्केलको भूकम्प र त्यसपछि गएका दुई ठूला पराकम्पनले क्षतिग्रस्त तुल्याएको छ। देशका असंख्य मन्दिर, मठ, गुम्बालगायतका ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण ७४१ वटा बहुमूल्य सम्पदा क्षतिग्रस्त भएका छन्। विदेशी पर्यटक आकर्षित गराउने ती सम्पदा पुनःनिर्माण वा जीर्णोद्धार गर्न २०।५ अर्ब लाग्ने अनुमान राष्ट्रिय योजना आयोगले गरेको छ। आम्दानीको मुख्य स्रोतका रूपमा रहेको पर्यटन क्षेत्रको विकास गर्न विश्व सम्पदा सूचीमा परेका कैयन् मन्दिर, मठ, गुम्बा, पुराना दरवारलगायत अन्य सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार गर्ने कार्यमा संयुक्त राष्ट्र संघीय निकायहरुलाई कसरी संलग्न गराउन सकिन्छ भन्ने विषयमा समेत सोचिनु आवश्यक छ। साथै पर्यटन विकासलाई गरिबी निवारणसँग पनि जोडेर हेर्नु उत्तिकै आवश्यक छ।-
नागरिकन्यूज

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।