Skip to main content

मासिक ५ हजार बचतले तपाई करोडपति बन्न चाहनुहुन्छ ! तलको फर्मुला अपनाउनुहोस्


प्रविधिले संसारलाई ढपक्कै ढाक्दै जाँदा मानिसको जीवन शैलीमा पनि परिवर्तन हुँदै आएको छ । विगतमा सामान्य जीवनयापन गर्ने मानिसको समयानुसार चल्दैगर्दा अहिले आधुनिकताको खोजीमा नयाँनयाँ विज्ञानद्धारा प्रतिपादित साधनबिना अपुरो मात्रै होइन् चल्ने नसक्ने अवस्था आइसकेको छ । यसरी मानिसको जीवनशैली आधुनीकता तर्फ जाँदैगर्दा जाखिम पनि त्यत्तिकै बढ्दै गएको छ । सामान्य मोबाइल फोनको प्रयोग देखि सवारी साधानमा यात्रा गर्दा पनि कतिपय समयमा मुस्किलले जोगिएको हामी सबैसँग अनुभव नै छ । त्यस्तै हामी कुनै व्यवसाय गर्दैछौं भनेपनि त्यसको सुरक्षाको शत प्रतिशत ज्ञारेन्टी छैन् ।
यसरी पैदल यात्रा गर्दा होस् अथवा घरमा किचेनमा काम गर्दा नै किननहोस् जहाँकहीं पनि मानिसको जीवन जोखिम नै रहेको हुन्छ । यसर्थ भैपरि आउने जोखिमबाट पुरै छुटकरा पाउने तरिका नभएपनि कम क्षति हुने र जोखिमबाट बच्ने उपाय प्रशस्तै रहेका छन् हामीसँग । त्यस्तै मध्ये भविष्यमा आउनसक्ने जोखिमबाट बच्न सकिने एक उपाय वर्तमानमा भएको आम्दानीको केही हिस्सा बचत पनि हो ।
त्यस्तै बचत गरिएको रकमले भैपरि आउने समस्याको गर्जो टार्ने मात्रै होइन भविष्य आफूले कुनै व्यवसाय गर्न चाहेको खण्डमा पनि उपयोगि साबित हुनसक्छ । यसर्थ तपाई भोलिका दिनमा कुनै व्यवसाय गर्न चाहनुहुन्छ र सोही अनुपातमा आफूसँग अहिलेको आम्दानीको कति बचत गर्दा कति समयमा आफूले चाहेको रकम प्राप्त गर्न सकिन्छ भने तलको फर्मुला अपनाउनुहोस् ।
यही तपाई  उमेर २५ बर्षको हुनु हुन्छ र ६० बर्षको  उमेरमा करिब २ करोड रुपैंया  चाहनु  हुन्छ भने तपाई मासिक ५ हजार  रुपैंया यस्तो क्षेत्रमा लगानी गर्नुस जसको न्युनतम प्रतिफल १० प्रतिसतको  होस् । यसको लागि सिस्टमेटिक इन्वेस्टमेंट प्लान ९एसआईपी०को बाटो अपनाउनुपर्छ । यसले गर्दा तपाइको लगानीमा रहेको जोखिम पनि कम गर्नु सक्नु हुन्छ र राम्रो प्रतिफल पनि पाउन सकिन्छ ।
 उमेरमासिक वचत अनुमानित ब्याज दरअवकाश उमेरकुल मासिक बचतकुल लगानी रकमपाउने कुल रकम
  २५ बर्ष                                  ५००० १० प्रतिसत६० बर्ष२१ लाख करिब १ करोड ७० लाख                            १ करोड ९१  लाख

यही तपाई  उमेर ३०  बर्षको हुनु हुन्छ र  करिब २ करोड रुपैंया अवकाश  बर्षमा चाहनु  हुन्छ भने तपाई मासिक ८००० हजार  रुपैंया  लगानी गर्नुस जसको न्युनतम १० प्रतिसतको दर होस् ।तल दि ई एको तलका अनुसार तपाईले अवकासको बर्षमा करिब  २ करोड रुपैंया प्राप्त गर्न सकिन्छ।
 उमेरमासिक वचत अनुमानित ब्याज दरअवकाश उमेरकुल मासिक बचतकुल लगानी रकमपाउने कुल रकम
  ३० बर्ष                                 ८०००१० प्रतिसत६० बर्ष 
२८ लाख ८० हजार 
करिब  १ करोड ५३  लाख                               १ करोड ८२   लाख

३५ बर्षको हुनु हुन्छ भने तालिका अनुसार लगानी गर्नु पर्ने हुन्छ
 उमेरमासिक वचत अनुमानित ब्याज दरअवकाश उमेरकुल मासिक बचतकुल लगानी रकमपाउने कुल रकम
  ३५  बर्ष                                         १४०००१० प्रतिसत६० बर्ष ४२  लाख करिब  १ करोड ४५   लाख                                    १ करोड ८७  लाख

४० बर्षको हुनु हुन्छ भने तालिका अनुसार लगानी गर्नु पर्ने हुन्छ
 उमेरमासिक वचत अनुमानित ब्याज दरअवकाश उमेरकुल मासिक बचतकुल लगानी रकमपाउने कुल रकम
 ४०  बर्ष                                         २६००० १० प्रतिसत६० बर्ष ६२  लाख ४० हजारकरिब  १ करोड ३६   लाख                                   १ करोड ९९ लाख

माथिको तालिका अनुसार सजिलै अनुमान लगाउन सक्नु हुन्छ कि उमेर बढ्दै जाँदा कति रकम वचत वा लगानी गर्नुपर्छ। २५ बर्षको उमेर भएको ब्यक्ति करिब २ करोड पाउनको लागि मासिक ५ हजार लगानी  , त्यस्तै ३५ बर्ष ब्यक्तिले १४ हजार र ४० बर्षको व्यक्तिले मासिक २६ हजार लगानी गर्नु पर्चाजसको न्युनतम १० प्रतिसतको प्रतिफल होस् । यस्तै तरिकाले तपाई ४५ र ५० बर्षको पनि उमेर अनुसार प्लान्निंग गर्नसक्नु हुन्छ तर लगानीको प्रतिफल कम हुन्छ। तपाई २ करोडको लागि मात्र होइन २० देखि ५० रुपैंयाको लागि पनि योजना बनाउन सकिन्छ ।
 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।