कात्तिक १४ गते । सुन्तला खेतीमा राष्ट्रिय स्तरको प्रथम पुरस्कार सोलुखुम्बुको कृषकले हातमा पारेको छ ।
देशैभरीवाट गरिएको अध्ययनमा उत्कृष्ट ठहरिएका सोलुखुम्बु देउसाका एक कृषकलाइ सरकारले पुरस्कृत गर्ने भएको हो ।
सुन्तला खेती गर्ने कृषकहरुमा गरिएको अध्ययनका आधारमा देउसा १ रनेमका राज कुमार राईलाइ कृषि मन्त्रालय अन्तर्गत बजार ब्यबस्थापन निर्देशनालयले कात्तिक १६ गते एक कार्यक्रमका बीच पुरस्कृत गर्न लागेको हो ।
सुन्ताल उत्पादन क्षेत्रमा उनी प्रथम भएको र यसले सोलुखुम्बुका सुन्तला उत्पादक तथा कृषकहरु माझ हौसला प्रदान गरेको कृषि बिकास कार्यलय सोलुखुम्बुका बागवानी अधिकृत तथा सुचना अधिकारी बिन्देश्वर यादबले जानकारी दिनुभयो ।
बिश्व खाद्य दिबसको अबसरमा प्रतिष्प्रर्धामा शिर्ष तिन स्थान हासिल गर्न सफल हुने कृषकलाई पुरस्कृत गरिने भएको हो ।
Comments
Post a Comment