Skip to main content

एभरेष्ट ट्रेल रेसको उपाधि भीम गुरुङलाई

एभरेष्ट ट्रेल रेस प्रतियोगिताको उपाधि नेपाली सेनाका भीमबहादुर गुरुङले जितेका छन् । गुरुङले निर्धारित १७८ किमीको दूरी २० घण्टा २५ मिनेट ५३ सेकेण्डमा पूरा गर्दै सन् २०१५ को उपाधि जितेका हुन् । उनले पाँच वर्ष यताकै एभरेष्ट ट्रेल रेसमा सबैभन्दा कम समयमा दौड पूरा गर्ने कीर्तिमानी समेत कायम गरेका छन् । गुरुङ भखरै सम्पन्न विश्वको सबैभन्दा उच्च स्थानमा हुने तेञ्जिङ हिलारी एभरेष्ट म्याराथनमा समेत प्रथम भएका थिए । त्यस्तै स्पेनका भिए रोजियर दोस्रो भएका छन् । रोजियरले निर्धारित दूरी २२ घण्टा ५४ मिनेट २४ सेकेण्डमा पूरा गरेका छन् । स्पेनकै सोलेर जुवान तेस्रो भएका छन् । उनले निर्धारित दूरी २४ घण्टा ३१ मिनेट ५० सेकेण्डमा पूरा गरे । त्यसैगरी महिलातर्फ स्पेनका आना कोमेटले २४ घण्टा ४४ मिनेट ३० सेकेण्डमा निर्धारित दूरी पार गर्दै प्रथम भएकी छन् । फ्रान्सका जुआना रोडाले निर्धारित दूरी २७ घण्टा २० मिनेट ३९ सेकेण्डमा पूरा गर्दै दोस्रो भइन् भने जर्मनीका भोटेगर जुलियले निर्धारित दूरी २८ घण्टा ४२ मिनेट ४४ सेकेण्डमा पूरा गरी तेस्रो भइन् । अन्नपूर्ण टे«क्स एण्ड एक्सपिडिसन प्रालिको आयोजनामा भएको दौड प्रतियोगिता समुद्र सतहदेखि १ हजार ९५३ मिटरको उचाईमा रहेको जिरीबाट शुरु भई रामेछापको बाम्तीभण्डार, सोलुखुम्बुको चौंलाखर्क, गोली, पिके, जुनवेशी, टाक्सिन्दु, जुभिङ, खरिखोला, लुक्ला, फाक्दिङ, जोरसल्ले, नाम्चे, तेङबोचे, फोर्चे, खुम्जुङ ग्रीनभ्याली, स्याङबोचेहुँदै लुक्ला बजारमा आएर टुंगिएको अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसन प्रा. लि. आयोजक संस्थाका प्रबन्ध निर्देशक कामी शेर्पाले जानकारी दिए । पहिलो पटक सगरमाथा आरोहण गर्ने तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले हिडेको बाटोहुँदै धावकहरु प्रतियोगिताको अन्तिम बिन्दुसम्म पुगेको समेत निर्देशक शेर्पाले बताए । विजेताले नगद एक लाख ८० हजार, दोस्रो हुनेले एक लाख २० हजार र तृतीयले ७० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा १ नेपालीसहित २८ विदेशी गरी २९ जना धावकहरुले दौडमा प्रतिस्पर्धा गरेका थिए । 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।