२ मंसिर, काठमाडौं। भारतीय नाकाबन्दीका कारण अस्पतालमा अक्सिजनको अभाव भएपछि हजारौं बिरामीको जीवन संकटमा परेको छ।

ती अस्पतालले एक महिनाअघि नै भारतीय नाकाबन्दीपछि अक्सिजनलगायत अत्यावश्यक औषधि र अन्य वस्तुको अभाव भएको जानकारी गराउँदै सरकारलाई पत्र लेखेका थिए। तर यत्रो समय बितिसक्दा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कुनै पनि प्रतिक्रिया नआएपछि सरकारी अस्पतालका निर्देशक, प्रशासन प्रमुख र चिकित्सक आक्रोशित भएका छन्।
उनीहरूले केही दिनमै शल्यक्रियासहित अत्यावश्यक सेवा बन्द गर्नुपर्ने अवस्था आएको पनि बताएका छन्।’जस्तोसुकै संकटका बेला पनि जनताको बाँच्न पाउने नैसर्गिक अधिकारलाई राज्यले नै सुरक्षा गर्छ।
Comments
Post a Comment