Skip to main content

अनलाइनमा निःशुल्क सिक्न सकिन्छ यी ६ कुरा


























तपाइँ कुनै नयाँ भाषा सिक्न चाहनुहुन्छ ? डिजाइनिंग गर्न तथा राम्रो खाना पकाउन चाहनुहुन्छ तर कुनै ट्युसन इन्स्टिच्युटमा गएर सिक्नका लागि समय वा फुर्सद छैन भने चिन्ता नलिनुस् । सूचना प्रविधिको यो दुनियामा तपाइँले यी सारा कुराहरु घरमै बसीबसी सिक्न सक्नुहुन्छ, त्यो पनि विल्कुलै निशुल्क रुपमा । अनलाइनमा निशुल्क रुपमा सिक्न सकिने केही कुराहरु यी हुन्ः

फोटोग्राफीः फोटोग्राफीको आधारभुत ज्ञान तथा तौरतरिका तपाइँले www.photographycourse.net मा गएर सिक्न सक्नुहुन्छ । यो वेबसाइटमा स्किल लेभल अनुसारका सामाग्रीहरु उपलब्ध हुन्छन् । www.photo.net/learn नामक वेबसाइटमा तपाइँले व्यवसायिक फोटोग्राफरका विभिनन उपयोगी आलेखहरु पढ्न पाउनुहुन्छ, जसबाट तपाइँले फोटोग्राफी कलामा निखार ल्याउन सक्नुहुन्छ । फोटोग्राफीसँग सम्बन्धित शव्द तथा शव्दावलीका विषयमा जानकारी पाउनका लागि डीपीरिभ्यू डटकममा जान सक्नुहुन्छ । एन्ड्रोइड प्रयोगकर्ताका लागि ग्रेगरीको ट्युटोरियल निकै उपयोगी हुनेछ । 

भाषाः केही भाषाहरुको सिकाइ अन्य भाषाहरुको तुलनामा निकै सजिलो हुन्छ । तपाइँलाई अंग्रेजी राम्रोसँग आउँछ भने स्पेनिस र रसियन भाषा सजिलै सिक्न सक्नुहुन्छ । भाषा सिक्नका लागि तपाइँलाई duolingo.com निकै सहयोगी हुन्छ । यो आइओएस तथा एन्ड्रोइडमा निशुल्क उपलब्ध छ । 

नाचः नाचको मामिलामा केवल पढेर मात्र हुँदैन । यसका लागि ट्युटोरियल भिडियो आवश्यक हुन्छ । यु ट्युबबाट यस्तो भिडियो प्राप्त गर्न सकिन्छ । dancetothis.com मा तपाइँ हिपहप, पप, स्टि्रट, ब्रेक डानस, क्रपिंग एण्ड बलरुम डान्स जस्ता विभिन्न खाले नाचहरुको एडभान्स कोर्स गर्न सक्नुहुन्छ । 

आत्मरक्षाः तपाइँले आत्मरक्षाको विधि पनि अनलाइनबाट सिक्न सक्नुहुन्छ । अनलाइनबाटै ब्लाक बेल्ट समेत हासिल गर्न सक्नुहुन्छ । Lifehacker.com ले पनि तपाइँलाई यो कला सिकाउँछ । आइओएमा सेल्फ डिफेन्स ट्रेनर, एन्ड्रोइडमा मरिन कप्र्स मार्सल आर्टस् र विन्डोज ब्लाकबेरीमा सेल्फ डिफेन्स नामको एप उपलब्ध छ । 

कम्प्युटर प्रोग्रामिंगः जाभास्क्रिप्ट, जेक्वेरी, पिएचपी, पायथन तथा रुबी सिक्नका लागि तपाइँ codeacademy.com को मद्दत लिन सक्नुहुन्छ । यो इन्टर्याक्टिभ वेबसाइटमा तपाइँलाई स्टेप बाइ स्टेप इन्स्ट्रक्सन मिल्दछ । साइन अप गर्नुपनि आवश्यक पर्दैन । फ्रि आइप्याड एप ट्रीहाउस तपाइँलाई अब्जेक्टिभ सी, एचटिएमएल, सीएसएस, जाभास्क्रिप्ट, पिएचपी, रुबी तथा एसक्वूएल सिकाउँदछ । 

पकाउने कलाः पाककला पनि नभै नहुने सीप हो । simplyrecipes.com मा गएर पाक कलाका विभिन्न उपयोगी टिप्स प्राप्त गर्न सक्नुहुन्छ । पाककलाका लाग अल रेसिपी, एपिक्युरिअस लगायतका मोबाइल एप पनि उपलब्ध छन् ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।