Skip to main content

काठमाडौंमा घर बनाउँदै हुनुहुुन्छ ? कति लाग्छ खर्च




आफूले दिनरात दुख गरेर कमाएको पैसाले एउटा सुन्दर घर बनाउने रहर कसको नहोला र? तर रहरमा घर बनाउँदा हामी आफू पनि चनाखो भने हुनैपर्छ।
 
मौसमका हिसावले पनि घर बनाउन उपयुक्त समय सुरु भएको छ। यदि घर बनाउँदा सामान्य कुरामा पनि लापरबाही गरिएमा खर्च बढ्ने मात्रै होइन, भैपरी आउन सक्ने प्राकृतिक प्रकोपले मानवीय क्षति पनि पुग्न सक्छ।  
 
नक्साङ्न तथा प्रक्रियागत काम, बनावट, आवश्यक निर्माण सामाग्री र परिमाण, निर्माण सामाग्रीको गुणस्तर तथा बजारभाउका सम्वन्धमा आवश्यक जानकारी लिनु जरुरी हुन्छ। यस्ता विषयमा आवश्यक जानकारी नहुँदा खर्च बढ्ने र घरको संरचना कमजोर समेत हुन सक्छ।  
 
घर बनाउँदा निर्माण सामाग्रीको अड्कल गर्न नजानेर कहिले अपुग हुने त कहिले बढी हुने जस्ता समस्या पनि कतिपयले ब्यहोर्ने गरेको पाइन्छ।  कतिपयले ठेकदारलाई घर बनाउने जिम्मा लगाएपछि पूर्ण रुपमा विश्वास पनि गर्ने गरेका छन्। यसो गर्दा चाहिनेभन्दा बढी खर्च देखाएर ठगिने सम्भावना पनि उत्तिकै रहन्छ। 
 
त्यसकारण स्वयम् आफै चनाखो भएमा न्यून खर्चमा राम्रो र मजबुत घर बनाउन सक्छौँ। नक्साङ्कनदेखि फिनिसिङ कलर गर्दासम्म राम्ररी बुझेर खर्चको आँकलन गर्यौँ भने घर बनाउँदा आइपर्ने समस्या निकै कम हुने जानकारहरु बताउँछन्। 
 
त्यसो त थोरै रकम बचाउन खोज्दा ठूलो जोखिम निम्तिन सक्ने विषयमा पनि चनाखो हुनुपर्ने इमाडोलका घर व्यवसायी दिपक तिमल्सिना बताउँछन्। घर बनाउँदा दुई–चार लाखको लोभले भूकम्पीय जोखिमयुक्त हुन सक्ने भन्दै उनले जगको गहिराइ र प्रयोग गरिने निर्माण सामाहरुको गुणस्तर आदीमा बिशेष ध्यान दिनुपर्ने सुझाव दिन्छन्।
 
 विनाशकारी भूकम्पपछि सुस्ताएको घर निर्माण कार्य अहिले विस्तारै बढ्दै गएको निर्माण व्यवसायीहरु बताउँछन्। भूकम्पले घर बनाउनुअघि सचेत समेत बनाएको सिद्धबाबा इन्टरप्राजेज कपनका प्रोप्राइटर सन्तोष ढकाल बताउँछन्।
 
‘पहिले–पहिले सस्तो निर्माण सामाग्री खोज्न आउँथे भने अहिले पैसाको लोभ नगरी भूकम्प प्रतिरोधी घर बनाउने भन्दै उपयुक्त सामाग्रीसहित सुझाव पनि लिन आउँछन्’ उनले सेतोपाटीसँग भने।
 
काठमाडौंमा सामान्यतयाः साढे दुई तले घर निकै प्रचलनमा छ। साढे दुई तलाको घरमा ७ देखि ८ वटासम्म कोठा रहन्छ। साढे दुई तलाको घर बनाउन लाग्ने निर्माण सामाग्री तथा परिमाण र खर्च सम्वन्धमा हामीले सम्वद्ध व्यवसायीसँगको कुराकानीपछि सामान्यः जानकारी गराउने प्रयास गरेका छौँ। 
 
निर्माण सामाग्री
परिमाण
लागत
गिट्टी 
८ टिपर
 २ लाख
बालुवा
१३ टिपर
३ लाख २५ हजार
सिमेन्ट
११०० बोरा
८ लाख २५ हजार
इट्टा
५० हजार पिस
७ लाख ५० हजार
छड
१२ टन
९ लाख
प्लम्बिङ (ज्याला सहित)
आवश्यक सम्पुर्ण
३ लाख ५० हजार
काठका चौकोस र ढोकाहरु
आबश्यक सम्पुर्ण
२ लाख ५० हजार
अल्मोनियमका झ्यालहरु
आबश्यक सम्पुर्ण
१ लाख ७५ हजार
झ्यालहरुमा हाल्ने ग्रिल, भरेङमा हाल्ने डन्डी आदी
आबश्यक सम्पुर्ण
३ लाख
धारा, चुक्कुल, ताल्चा, आदी
आबश्यक सम्पुर्ण
१ लाख ७५ हजार 
रङ
आबश्यक सम्पुर्ण
२ लाख ५० हजार
किचन,बाथरुम मार्वल
तीन वटा बाथरुम र दुई वटा किचनको लागि
२ लाख
घर बनाएको ज्याला
           –
१२ लाख
बिद्युतसम्बन्धी सामाग्री ( ज्याला सहित)
आबश्यक सम्पुर्ण
 १ लाख ५० हजार
नक्सा डिजाइन
        –
५० हजार
नगरपालीका खर्च
        –
५० हजार
इनार
आबश्यक सम्पुर्ण
३५ हजार
अन्य
छिटफुट
२ लाख
जम्मा
       –
६३,८५,०००
 
यसरी हेर्दा काठमाडौंमा साढे दुई तलाको घर बनाउन करिब ६० देखि ७० लाख सम्म लाग्न सक्ने देखिन्छ। घरको डिजाइनले पनि मूल्यमा निकै प्रभाव पार्छ। साधारण डिजाइनको घर बनाउँदा केही कम पर्छ भने राम्रा डिजाइनको बनाउँदा बढी लाग्छ।
 
 अझ अहिले काठमाडौंमा परम्परागत डिजाइनको झ्याल ढोका हालेर तथा घरलाई नै परम्परागत शैलीमा बनाउने चलन बढ्दो छ। यसो गर्दा लागत अझ बढ्ने निर्माण व्यवसायीहरु बताउँछन्। उनीहरुका अनुसार एक तलाको घर बनाउन ३० देखि ३५ लाख सम्म पर्छ। त्यस्तै साढे दुई तलाको घर बनाउन करिब ६० देखि ७० लाख लाग्छ।
 
५ तलाको घर बनाउन भने करिब एक करोड लाग्छ। ‘घर बनाउँदा धेरै खर्च लाग्ने भनेको भुइँ तलामा हो, तलको तुलनामा माथि कम खर्च लाग्छ, भुइँतलामा जगले गर्दा बढी खर्च हुने हो त्यसमा कम्प्रोमाइज गर्न मिल्दैन’ व्यवसायी तिमल्सिनाले भने।
 
भूकम्प गएपछि सरकारले घर बनाउँदा विभिन्न मापदण्ड राखेको हुँदा पनि घर बनाउँदाको खर्च अहिले बढेको उनले बताए।
 
सरकारको यो मापदण्ड जन–धनको सुरक्षाको हिसाबले निकै उत्कृष्ट रहेको व्यवसायीहरुको भनाई छ। तर केही ब्यक्तिहरुले मापदण्ड अनुसार जग नहालेर नगरपालिकाका इन्जिनियर आउनुभन्दा पहिले नै जमिनमुनिको काम भ्याएर पुरिसक्ने गरेको उनीहरुले खुलासा गरे।
 
माथि उल्लेखित खर्चमा ठाउँ, मौसम, डिजाइन आदीले पनि खर्चमा फरक पार्न सक्ने घर व्यवसायी बताउँछन्। जस्तो ठूलो सडक भएको ठाँउमा गाडीबाट सिधै सामान पुर्याउन सकिन्छ भने असन, इन्द्रचोक, पाटन जस्तो गल्ली भएको ठाँउमा इट्टा, बालुवा समेत मजदुर लगाएर सामान  पु¥याउनु पर्ने हुँदा लागत बढी हुन्छ । त्यस्तै मौसमले काम बिथोल्दा पनि खर्च बढ्छ।
 
घर बनाउनु पुर्व हामीले यी सबै कुरामा ध्यान दिनुपर्ने अनुभवीहरुको सुझाव छ। त्यस्तै तयारी घर खरिद गर्नु पुर्व पनि एम्बुलेन्स, दमकल छिर्ने बाटो छ कि छैन, घरको नक्सा पास छ कि छैन र घर भूकम्प प्रतिरोधी  छ कि छैन आदी कुरामा बिशेष ध्यान दिन व्यवसायीको सुझाव छ। 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।