Skip to main content

अल्पायुमै अस्ताए प्रतिभावान् कलाकार तथा साहित्यकार अर्जुन खालिङ




प्रतिभावान् कलाकार तथा साहित्यकार अर्जुन खालिङ मृत फेला परेका छन् । बुधबार दिउँसो कोटेश्वरस्थित आफ्नै डेरामा उनी झुन्डिएको अवस्थामा मृत फेला परेको परिवारजनले जनाएको छ ।

सोलुखुम्बु जुभिङ स्थायी घर भएका खालिङ त्रिभुवन विश्वविद्यालयबाट ललितकला विधामा २०५८ सालको ‘गोल्ड मेडलिस्ट’ थिए । स्नातकोत्तर सकेर व्यावसायिक पेन्टिङमा लागेका उनी अहिले आदिवासी जनजातिको आवाजलाई क्यान्भासमा उतार्ने अभियानमा थिए । उनले किराती पुर्खा तयामा, खियामा र रैछाकुलेको स्केच (चित्र) बनाएका थिए । उनको ‘गोयाङको सुगन्ध’ र ‘सूर्य डढिरहेछ’ कवितासंग्रह प्रकाशित छन् । सीमान्तकृतहरूको पहिचानलाई पेन्टिङको विषय बनाएर उनले सैयौं चर्चित पेन्टिङहरु गरेका थिए । खालिङ केही समयअघिसम्म पेन्टिङ बिषयमा अध्यापन गराउँथे ।

जुभिङदेखी काठमाडौंसम्म

तीन दर्जन प्रदर्शनीमा सहभागी भइसकेका अर्जुनले ‘पेन्टिङ–संघर्ष’ कालमा सोलुखुम्बुको लुक्ला र मुस्ताङको जोमसोममा आर्ट ग्यालरी खोलेका थिए । त्यसपछि उनले काठमाडौंको बौद्धमा ग्यालरी चलाए। यसपछि उनले सीमान्तकृतहरूको पहिचानलाई पेन्टिङ बिषय बनाएर अभियान्ताको रुपमा सक्रिय थिए । ‘चिन्डो बुक्स’, ‘चिन्डो फेसन’ उनकै परिकल्पना हो ।  उनी राम्रा कलाकार र कवि मात्रै थिएनन्, सांस्कृतिक अभियान्ता समेत थिए ।  ‘चिन्डो बुक्स’, ‘चिन्डो फेसन’ यी अभियान अन्र्तगत उनले केही साथीहरु सहित सुरु गरेका थिए ।

उनी पछिल्लो समय संघीय समाजवादी फोरमको संघीय सांस्कृतिक महासंघका महासचिव थिए । मृत्युको कारणबारे विवरण आउन सकेको छैन । प्राध्यापनपछि उनी पछिल्लो समय चिन्डो प्रा.लि.का अध्यक्ष थिए । उनी फेसनमार्फत् किराती संस्कृतिलाई प्रर्बद्धनमा गर्न लागि परेका थिए ।

उनको मृत्युको कारण भने अझैं खुलेको छैन । स्रोतका अनुसार उनी झुन्डिएको अवस्थामा डेरामा भेटिएका थिए । उनको पोष्टपार्टमको लागि शिक्षण अस्पताल लगिएको छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।