Skip to main content

दुब्लाउने बाहनामा बर्षेनी ३५ लाख रुपैयाँ विदेशियो !




व्यस्त जीवनका कारण मानिसहरु अचेल व्यायाम गर्ने फुर्सदसमेत पाउन छाडेका छन् । व्यायाम गर्ने समय नपाउनेहरु अहिले विभिन्न औषधि वा चियाको सहारा लिएर दुब्लाउने प्रयास गरिरहेका छन् ।

व्यस्त जीवनमा फास्टफुड र चिल्लो एवं तारेको खानेकुरा खानु कामकाजी मानिसहरुको बाध्यताजस्तै बनेको छ । र, यस्ता खानेकुराले दुब्लाउनुको साटो मोटोपन बढिरहेको छ ।

दुब्लाउनका लागि अचेल ग्रीन टी खानेहरुको संख्या हृवात्तै बढेको छ । देशभित्रै ग्रीन टी बर्षेनी १० लाख मेटि्रक टनजति उत्पादन हुन्छ । साथै यो बाहिरबाट समेत आयात गर्ने गरिन्छ ।

व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार ग्रीन टी खरिदका कारण गत आर्थिक वर्ष ०७२/०७३ मात्रै देशबाट ३५ लाख ७८ हजार रुपैयाँ बाहिरिएको छ ।

आर्थिक वर्ष ०७२/०७३ मा १ हजार ४ सय ७७ किलोग्राम ग्रीन टी विदेशबाट आयात भएको छ । नेपालमा ग्रीन टी चीन, भारत, ताइवान, थाइल्याण्ड, भियतनाम र बेलायतबाट आयात हुने गरेको छ ।

धेरैजसो मानिसहरु अहिले दुब्लाउने आशमा ग्रीन टी खाने गर्छन् । बानेश्वरको सिद्धबाबा आयुर्वेदका सञ्चालक हिमाल बस्नेतले भने ‘उच्च रक्तचाप, मुटुरोग र अन्य रोगको लाभदायक भनिए पनि मानिसहरुले विशेषगरी यो खाएपछि दुब्लाइन्छ रे भन्ने आशमा ग्रीन टी किन्ने गरेका छन् ।

देशमै पनि यसको खपतमा मात्रै होइन, उत्पादनमा समेत वृद्धि भएको छ । यती अर्गानिक ग्रीन टीका प्रबन्ध निर्देशक सन्देश राईका अनुसार नेपालमा यसको माग बढ्दै गएपछि उत्पादनमा पनि बृद्धि हुन थालेको हो ।

ग्रीन टीको मूल्य भने हरियो पत्तिको मूल्यसँगै सम्बन्धित हुन्छ । राईले भने-‘चियाको हरियो मुनाको मूल्य बढेसँगै ग्रीन टीको मूल्य पनि बढ्ने गरेको छ । केही वर्षयतादेखि यसको मूल्य बढे पनि माग घटेको छैन बरु बढेकै छ ।’

सरकारसँग भने ग्रीन टी उत्पादन बारे कुनै आकँडा नै छैन । उत्पादनको आँकडा अभावका कारण देशमा यो के कति रकम बराबरको खपत हुन्छ भन्ने पनि आधिकारिक तथ्यांक पाउन सकिँदैन ।

व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्ष ०७१/०७२ मा भने देशबाट १० लाख रुपैयाँ बराबरको रकम ग्रीन टी आयातका लागि बाहिरिएको थियो । गत वर्ष नेपालमा १ हजार २ सय ४० किलोग्राम ग्रीन टी आयात गरिएको थियो ।

यसरी हेर्दा देशमा प्रत्येक वर्ष ग्रीन टी खरिदका लागि बाहिरिने रकम बढ्दै गएको छ । व्यस्त जीवनमा व्यायाम गर्ने समय र जाँगरको अभावले देशको ठूलो मात्रामा रकम भने बाहिरिन थालेको हो ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।