Skip to main content

सुन्दर बस्ती भित्रको कष्टदायी जीवन, पर्यटकको बाटो कुर्दा कुदै वित्छ दिन, सिटामोल लिन समेत दुई दिन हिड्नु पर्ने बाध्यता



भोजेन्द्र बस्नेत/सोलुखुम्बु
सोलुखुम्बुको हिमाली क्षेत्रहरुको सुन्दरताले संसारलाई लोभ्याएको छ । यहि सुन्दरताका कारण बिश्वका बिभिन्न मूलुकबाट समेत पर्यटकहरु घुम्न आउँछन्, त्यहाँ रमाउँछन्, अनी आफन्त तथा साथीभाईहरुलाई त्यसको कथा सुनाउँछन्, अनि कतिपयले त्यही सुन्दरताको बयान गरेर पनि जिविका चलाईरहेका छन् । त्यहाँको फोटो बिक्री भईरहेको छ, त्यहाँको बयानले राम्रो स्थान पाएको छ, अनी सुन्दरताले गर्दा हामीले मनग्गे आम्दानी पनि लिईरहेका छौं । देशले राजश्व पाएको छ भने व्यक्तिहरु सम्पन्नताको चुलीमा पुग्दै छन् । आलु बाहेक उत्पादन नहुने ठाउामा बसेर पनि आँगनमै हेलिकोप्टर राख्न सक्ने अबस्था त्यही हिमाली सुन्दरताले दिलाएको हो । 
सुन्दरताले यति धेरै फाईदा दिएपनि त्यहाँ भित्रको कष्टदायी जीवनको याद भने कमैले गर्छन्, । त्यहाँ पुग्ने पर्यटकलाई सुबिधा दिन बसेकाहरुको कथा कारुणिक पनि छ । खुम्बुमा पर्यटकका कारण धेरै कमाएको र जीवनशैली सुध्रिएको चर्चा धेरैतिर हुन्छ । खुम्बुका पर्यटन व्यवसायीको जीवनशैली बिकसित मुलुकको जीवनशैली भन्दा कम रौनक छैन भनेर धेरैतिर चर्चा सुनिन्छ । तर पर्यटकको बाटो कुरेर बस्ने हिमाली क्षेत्रका बिभिन्न पदमार्गमा व्यवसाय गर्नेहरु समस्या नै समस्यामा छन् । वाकु ४ सिबुचेमा व्यवसाय गर्नुहुने पावैका दा–तेञ्जि शेर्पा छिमेकी नहुादा निकै कष्ट हुने बताउनुहुन्छ । बिभिन्न पदमार्गमा भेटिने स–साना होटलहरुमा बस्ने सबैको पिडा यस्तै हुन्छ । कोही बिरामी परेमा त झनै संकट आईपर्ने उनिहरु बताउाछन् । त्यहाा बस्दा २/४ रुपैयां आम्दानी त हुन्छ तर छोराछोरीलाई बिद्यालय पठाउन निकै समस्या हुन्छ, छाडाखोरमा व्यवसाय गर्ने मौलीधनी राई भन्नुहुन्छ “छोराछोरीलाई बिद्यालय पुग्न तीन घण्टाभन्दा बढि लाग्छ, कसरी पठाउनु, धेरैले पढ्नै पाउँदैनन्” । 
खुम्बुको मुख्य पदमार्ग भन्दा बाहेकका सहायक मार्गहरुमा मौसमी होटल पसल गर्नेहरु हिमाल छेउको चिसो जस्तै समस्याबाट ग्रसित छन् । सिटामोल लिन समेत एक/दुई दिन हिड्नुपर्ने बाध्यता सुनाउने उनिहरु त्यहाा बस्दा छोराछोरीलाई खोप लगाउन पनि पाउादैनन् । बुङको गाईखर्कमा व्यवसाय गर्नुहुने मितुमाया राई आफ्ना छोराछोरीलाई कहिल्यै खोप नलगाएको र टाउको दुख्दा सिटामोल पनि नपाईने बताउनुहुन्छ । पर्यटक सिजनमा मात्र आउाछन्, त्यो बेला कमाएको पैसाबाट जिविका चलाउनु पर्छ । नजिकमा बिद्यालय हुादैनन्, छोराछोरीलाई पढाउन मुस्किल पर्छ । खुम्बु क्षेत्रमा प्रशस्त आम्दानी गर्नेहरुले त नेपालका शहर तथा बिदेशमा लगेर पनि छोराछोरीलाई पढाईरहेका हुन्छन् तर कम आम्दानी गर्ने त्यस्ता धेरै व्यवसायीहरु छन् जसले लेकको चिसोमा बसेर कष्ट सहिरहेका छन् । 
हिमाली क्षेत्रको सुन्दरताभित्र लुकेका धेरै कथाव्यथाहरु छन् । भरियाका कथाहरु झनै कष्टदायक छन् भने त्यहाा सम्म लगेर सामान बेच्ने सानो व्यापारीहरुका कथा पनि छन् । धेरैले कामएका छन्, छोराछोरीलाई सुबिधासम्पन्न बिद्यालयमा पढाउाछन्, बिरामी परे आँगनमा हेलिकोप्टर ल्याएर अस्पताल पुग्छन्, तर त्यही ठाउँका केही व्यवसायीहरु छन् जसले न त छोराछोरीलाई पढाउन सकेका छन्, नत टाउको दुख्दा सिटामोल पाउँछन् ।    

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।