सोलुखुम्बुको चौंलाखर्क र रामेछापको गुम्देल गाविस जोड्ने लिखुखोलाको पुल निर्माण कार्य ५ बर्षमा पनि पुरा हुन सकेको छैन । २०६९ सालमा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) र सिरुवा लोकप्रियदेवी कन्स्ट्रक्सन बीच सम्झौता भई काम शुरु भएको पुल निर्माण कार्य हालसम्म पनि पुरा नभएको हो । सो पुल निर्माण नहुादा सोलुखुम्बुको डााडापारीका गाविसहरु गोली, चौलाखर्क र भकाञ्जेका बासिन्दा मर्कामा परेका छन् भने सदरमुकामबाट चौलाखर्क तथा रामेछाप हुादै राजधानी चल्न सक्ने सडक निर्माणको काम पनि अबरुद्ध भएको छ ।
२०७० साल असार मसान्त भित्रमा काम सम्पन्न गर्ने गरी ३ करोड ५० लाखको लागतमा समझौता भएको सो ट्रष्ट ब्रिजको निर्माण कार्य बीचमा २ बर्ष अबरुद्ध भएको थियो । अघिल्लो बर्षको चैत्र महिनामा सोलुखुम्बुका सांसद बलबहादुर केसी र डोलिडारका प्राबिधिक सहितको उपस्थितीमा सार्वजनिक सुनुवाई गरी ठेकेदारलाई दवाव दिएपछि पुन: काम शुरु भएको थियो । गत बर्षको असार मसान्तमा अन्तिम पटकका लागि एक बर्षको म्याद थप भएकोले आगामी असार मसान्त सम्ममा निर्माण सक्नु पर्ने दवावका कारण अहिले काम भईरहेको छ ।
अहिले रामेछापतर्फको पिलर निर्माण सकिएको र सोलुखुम्बु तर्फको पिलर निर्माण कार्य भईरहेकोले आगामी असार भित्रमा निर्माण कार्य सम्पन्न गर्ने सिरुवा लोकप्रियदेवी कन्स्ट्रक्सनका प्रोप्राईटर मदन बस्नेत बताउाछन् । बस्नेतका अनुसार अहिले निर्माण कार्य दु्रत गतीमा चलिरहेको छ भने ट्रष्टको लागि आबश्यक सामाग्रि निर्माण जिम्मा लिएको कम्पनीले गत बर्ष र्नै सामाग्रि तयार गरिसकेको छ । लिखुतर्फको पिलर तथा अन्य निर्माणको काम बैशाख सम्ममा तयार गरेर लगत्तै ट्रष्टका सामाग्रि ढुवानी गरी जडान गर्ने बस्नेतले बताए ।
Comments
Post a Comment