Skip to main content

तपाईंको वाइफाईंमा चोरको मस्ती ?


घरको इन्टरनेटमा वाइफाई सेवा जोड्नुभएको छ ।  पहिले स्पिडमा चलिरहेको वाइफाई स्लो भएको महसुस त भएको छैन ? यो अवस्थामा टाउको समाएर तनाव लिने होइन । गम्भीर भएर सोच्नुहोस् । वाइफाई स्लो हुनुको कारण चोरी पनि हुन सक्छ ।
यो समस्या अहिले अधिकांशले भोग्ने गरेका हुन्छन् ।

वाइफाई ह्याक गरेर कसैले मस्ती गरिरहँदा तपाईंले सास्ती भोग्नुपरेको हुन्छ ।  त्यसैले पत्ता लगाउनुहोस्, कसैले चोरेकै कारण स्लो भयो या अन्य समस्याले ?

१. सुरुमा आफ्नो वाइफाइ राउटरमा नजर लैजानुहोस् । राउटरमा केही लाइट बलिरहेका हुन्छन् । यीमध्ये एउटा वायरलेस कनेक्टिभिटीको हुन्छ । वाइफाई चोरी भए/ नभएको पत्ता लगाउन सबै वायरलेस डिभाइस बन्द गर्नुहोस् ।

२. ल्यापटप, कम्प्युटर, स्मार्टफोन, स्मार्ट टिभीजस्ता सबै डिभाइस बन्द गरिदिएपनि मोडेममा भएको वायरलेसको लाइट बल्ने निभ्ने गरिरहेको छ भने कसैले ह्याक गरको अनुमान लगाउन सकिन्छ ।

३. यो बाहेक अर्को उपाय पनि छ । राउटर लग–इन गरेर डिएचसिपी क्लाइन्ट लिस्ट हेर्नुहोस् । राउटरभित्र यो लिस्ट हुन्छ ।
अब आफ्नो घरमा वाइफाई चलाउने मोबाइल, ल्यापटपको संख्या भन्दा बढी संख्यामा आइपी चलेको देखिए कसैले ह्याक गरेको बुझ्न सकिन्छ ।

४. वाइफाई ह्याक भएको थाहा पाएपछि तुरुन्त युजर नेम र पासवर्ड परिवर्तन गरिहाल्नुहोस् ।  यो वाइफाईलाई चोरबाट छुटाउने उपाय हो ।

५. अब वाइफाईको नयाँ पासवर्ड राख्नुहोस् । अक्षर र अंक मिलाएर केही असजिलो पासवर्ड राख्नुहोस् । असजिलो पासवर्ड राख्दा आफूले भुलिन्छ भन्ने डर लाग्छ भने डायरीमा टिपेर राख्न पनि सकिन्छ ।

६. राउटरको पासवर्ड राख्ने बेला खास विचार पुर्‍याउनुपर्छ । अधिकांशले WPAPSK अप्सन रोजेको पाइन्छ ।

यो कुनै बलियो अप्सन होइन । ह्याक गर्ने एप्सले यसलाई सजिलै क्रयक गराइदिन्छ । त्यसैले WPAPSK बाहेक त्यहाँ दिएका अन्य बलिया अप्सन रोज्नुपर्छ ।

जस्तैः WPA2PSL रोज्न सकिन्छ । सेक्युरिटी अप्सन रोज्दा  TKIP भन्दा AES अप्सन उत्तम हुन्छ ।

७. अझ अर्को बलियो उपाय अपनाउन सक्नुहुन्छ ।राउटरमा लग इन पासवर्ड राख्दा MAC फिल्टरेसन गर्न सकिन्छ । इन्टरनेट चल्ने डिभाइसमा म्याक आइडी हुन्छ । कुन कुन म्याक आइडीमा वाइफाई चलाउनुपर्ने हो, त्यसलाई मात्र राउटरभित्र लिस्टिङ गरिदिन सकिन्छ । यति गरेपछि तोकिएको डिभाइसबाहेक अरुलाई आइपी दिदँन । आइपीको स्पेस नै नभएपछि कसैले ह्याक गर्न सक्दैन ।

८. समय समयमा आफ्नो युजर नेम र पासवर्ड परिवर्तन गरिराख्ने गर्नुपर्छ । यसो गर्दा पनि वाइफाईलाई चोरबाट सुरक्षित राख्न सकिन्छ ।

नयाँ पत्रिकाबाट


Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।