Skip to main content

​गाउँपालिका र नगरपालिकामा जनप्रतिनिधि कसरी निर्वाचित हुन्छन्? जान्नै पर्ने तथ्य



नेपालमा स्थानीय जनप्रतिनिधिले केन्द्रीय संसद्को माथिल्लो सदन् 'राष्ट्रिय सभा'मा उम्मेद्वार बन्ने तथा मतदान गर्ने अधिकारसहितको अधिकारसम्पन्न स्थानीय तहको चुनाव आगामी वैशाख ३१ गते हुँदैछ। आगामी २०७४ साल वैशाख ३१ मा हुने चुनावले स्थानीय तहमा जनप्रतिनिधि दिने मात्र नभई स्थानीय तहलाई अधिकारसम्पन्न बनाउँदै केन्द्रसम्मको प्रत्यक्ष पहुँचसमेत स्थापित गर्नेछ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख उपप्रमुखले राष्ट्रियसभा गठनका लागि निर्वाचक मण्डल (इलेक्टोरल कलेज)को भूमिका निर्वाह गर्नेछन् भने राष्ट्रपति निर्वाचनमा पनि त्यही भूमिका स्थानीय तहका जनप्रतिनिधिलाई हुने छ। भलै त्यसलाई सच्याउन संविधान संशोधन गर्नुपर्ने माग संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरिरहेको छ।

यति महत्वपूर्ण स्थानीय तहका प्रतिनिधि निर्वाचित कसरी हुन्छन्?

स्थानीय तह अन्तर्गत गाउँ सभा, गाउँ कार्यकारी, नगर सभा, नगर कायर्कारी र जिल्ला समन्वय समिति पर्छन्। ती निकाय मध्ये गाउँसभा र नगरसभा जनताको प्रत्यक्ष निर्वाचनबाट गठन हुन्छ्न् भने गाउँ कार्यकारिणी, नगर कार्यकारिणी र जिल्ला समन्वय समिति जनताबाट निर्वाचित प्रतिनिधिहरुबाट निर्वाचित हुन्छन्।






गाउँपालिका
संविधानले गाउँपालिकामा कम्तिमा सात वडा रहने व्यववस्था गरेको छ। त्यही अनुरुप स्थानीय तह निर्धारण आयोगले स्थानीय तहको व्यवस्था गरेको छ। जसमा प्रत्येक गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष निर्वाचित हुन्छन् भने जनसंख्याका आधारमा निर्धारण भएका प्रत्येक वडाबाट एक वडा अध्यक्ष र चार सदस्य निर्वाचित हुन्छन्।

चार सदस्य मध्ये दुई खुल्ला हुन्छन् भने दुई महिला हुन्छन्। संविधानले वडा सदस्यमा दुई महिला निर्वाचित हुने व्यवस्था गरे पनि स्थानीय तह निर्वाचन ऐनले एक दलित हुने र दलित प्रतिनिधि नभएमा एक पद खाली रहने व्यवस्था गरेको छ।

त्यसरी कम्तिमा सात वडा हुने गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष गरी दुई जना, प्रत्येक वडाबाट अध्यक्षसहित पाँच जना गरी ३५ जनागरी ३७ जनाको सभा गठन हुन्छ।

त्यसरी गठन भएको गाउँसभाले १५ दिनभित्र बैठक बसी गाउँपालिका भित्र बस्ने नागरिक मध्येबाट दुई जना दलित वा अल्पसंख्यकलाई निर्वाचित गर्छ।

यस विधिबाट न्युनतम सात वडा हुने गाउँपालिकामा ३९ सदस्यीय गाउँसभा कायम हुन्छ। त्यस भन्दा ठूलो गाउँपालिकाका हकमा भने वडाको संख्याका आधारमा पाँच जनाका दरले प्रतिनिधिको संख्या बढी हुन आउँछ।
गाउँ कार्यकारी
गाउँसभाको निर्वाचन भएपछि गठित गाउँसभाबाट नै गाउँ कार्यकारीको चयन हुन्छ। गाउँ कार्यकारीमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, प्रत्येक वडाका अध्यक्षहरु, वडासदस्यमा निर्वाचित महिला मध्येबाट चारजना महिला र गाउँसभाले निर्वाचित गरेका दलित तथा अल्पसंख्यक गरी सात वडा भएको गाउँपालिकामा ९ सदस्यीय गाउँकार्यकारी गठन हुन्छ।

स्थानीय सरकारमा रुपमा गठन भएका गाउँपालिकामा गाउँ कार्यकारीले स्थानीय संसदको भूमिका निर्वाह गर्ने छ।
नगरपालिका
कम्तिमा नौ वडा रहने नगरपालिकामा पनि एक प्रमुख र एक उपप्रमुख प्रत्यक्ष निर्वाचित हुन्छन्। त्यस्तै प्रत्येक वडामा एक वडाध्यक्ष र चार सदस्य निर्वाचित हुन्छन् भने ती वडा सदस्य मध्ये एक दुई महिला हुन्छन् र महिला मध्ये पनि एक दलितलाई अनिवार्य गरिएको छ।

त्यसरी न्यूनतम नौ वडा भएको नगरपालिकामा प्रमुख र उपप्रमुख गरी दुई, प्रत्येक वडाका अध्यक्षसहित ४५ जना गरी ४७ जनाको नगरसभा गठन हुन्छ।

त्यसरी निर्वाचित भएको नगरसभाले १५ दिन भित्र बैठक बसी दलित वा अल्पसंख्यकबाट निर्वाचति हुने सदस्यको निर्वाचनका लागि मिति तोक्छ।

नगरभित्रका दलित वा अल्पसंख्यकले उम्मेद्वार बन्न पाउने त्यो चुनावमा निर्वाचित नगरसभाले मात्र मतदानको अधिकार पाउने छ।
त्यसरी निर्वाचित दलित वा अल्पसंख्यकसहित नगरसभा ४९ जनाको हुनेछ। त्यस भन्दा ठुलो नगरपालिकाको हकमा नगरपालिकाको आकारका आधारमा वडा अनुसार पाँच जनाका दरले संख्या बढ्ने हो।
नगर कार्यकारी
नगरपालिकामा निर्वाचित प्रमुख र उपप्रमुख, प्रत्येक वडाका अध्यक्ष र उपाध्यक्ष तथा प्रत्येक वडबाट निर्वाचित महिला मध्ये पाँच जना निर्वाचित भएको नगर कार्यकारी गठन हुन्छ। त्यसरी गठन हुने नगर कार्यकारी न्यूनतम नौ वडा भएका नगरपालिकामा १६ सदस्यीय हुन्छ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।