Skip to main content

सर्पले टोकेपछि के गर्ने, के नगर्ने ?

सर्पले टोकेपछि के गर्ने, के नगर्ने ?
सर्पले टोकेपछि के गर्ने, के नगर्ने ?हजुरको १ शेयरले कसैको ज्यान नै बच्न सक्छ। त्यसैले शेयर गर्दै जानुहोला
गर्मी मौसममा तराईका जिल्लामा सर्पको टोकाइबाट बर्सेनि कैयौँ व्यक्तिको ज्यान जाने गरेको छ । यो अवधिमा विषालु सर्प निस्किने र टोक्ने दर अरू समयमा भन्दा निकै बढी हुन्छ । तर, अझै पनि अधिकांश बिरामी सर्पले टोकेपछि अस्पताल नगएर धामीझाँक्रीकहाँ जाने गरेको पाइन्छ । सर्पले टोकेलगत्तै अस्पताल आउने बिरामीको मृत्युदर भने निकै कम रहेको विभिन्न संघसंस्थाले गरेका अध्ययनले देखाएको छ । सर्पको टोकाइ र त्यसको प्राथमिक उपचारबारे ज्ञान नहुँदा पनि कतिपय व्यक्तिको अकालमा ज्यान जाने गरेको छ । त्यसैले सर्पदंश उपचारबारे लामो अनुभव भएका जनकपुर अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. अवधेषकान्त झाले महत्वपूर्ण जानकारी दिएका छन्
१. सर्पले टोकेको घाउ अनावश्यक रूपमा चलाउनु हुँदैन । पोल्ने, चिरफार गर्ने, घाउबाट विष चुस्ने, विद्युतीय झड्का दिने, मनलागी जडीबुटीको प्रयोग गर्नेजस्ता काम गर्नु हुँदैन । यस्तो गर्दा घाउको संक्रमण झन् बढ्ने खतरा हुन्छ । घाउमा विष फैलिने गति बढ्छ र अत्यधिक रक्तश्राव हुनसक्छ ।
टोकेको ठाउँमा ब्लेडले चिरेर विष बाहिर फाल्ने प्रयास गर्दा विषभन्दा रगत बढी गई बिरामीको मृत्यु हुनसक्छ । घाउ चुस्नेको मुखमा घाउ छ भने उल्टै विष सर्ने खतरा हुन्छ । यस्ता कुरामा अल्झिनु समयको नोक्सानी मात्र हुनसक्छ । हातखुट्टामा टोकेको छ भने स्लिङ वा स्पिलिन्ट लगाएर नचलाइकन राख्नुपर्छ ।

२. गोमन र करेतको टोकाइबाट हुने विषको प्रभाव चाँडो बढ्ने भएकाले घाउ भएको भागभन्दा माथि दबाब पर्ने गरी ब्यान्डेज वा कपडा प्रयोग गर्ने । यसलाई प्रेसर इमोबिलाइजेसन विधि भनिन्छ । ब्यान्डेज वा कपडाले ट्याप्प हुने गरी बाँध्नुपर्छ, तर एकै ठाउँमा एकदमै कसेर भने बाँध्नु हुँदैन ।

कसेर बाँध्दा घाउभन्दा मुनिको भागमा रक्तसञ्चार पूरै बन्द हुन गई उक्त भाग नै मर्ने गरेको कैयौँ घटना निम्तिएका छन् ।

३. हातखुट्टा मर्केको वेलामा जस्तै गरेर ब्यान्डेज लगाउने । तर, रक्तसञ्चार प्रणालीका रक्तधमनीहरूलाई असर पर्ने गरी या नाडी महसुस नहुने गरी बाँध्नु हुँदैन । ब्यान्डेजको पत्रका बीचमा कान्छीऔँला छिराउन सक्ने गरी खुकुलो पार्नुपर्छ ।

४. सर्पले डसेपछि बिरामीलाई अत्यन्त डर लाग्छ । यस्तो वेला अरूले सान्त्वना दिनुपर्छ ।
 ५. धामीझाँक्रीको उपचार, विष सोस्ने कालो ढुंगा र स्नेक स्टोनको उपचारतर्फ लागेर महत्त्वपूर्ण समय नगुमाउने ।

६. विषका लक्षण कम नभएसम्म या एन्टिस्नेक भेनम सुरु नभएसम्म ब्यान्डेज खोल्नु हुँदैन ।

७. बिरामीलाई जतिसक्दो छिटो एन्टिस्नेक भेनमसहित चिकित्सक उपलब्ध भएको स्वास्थ्य केन्द्रमा पुर्‍याउने ।

८. सर्पलाई मार्ने प्रयास गर्नु हुँदैन । मारिसकिएको छ भने पहिचानका लागि अस्पतालमा सुरक्षित तरिकाले लैजानुपर्छ ।

९. चिकित्सकले नभनेसम्म केही नखाने/नपिउने । विष नफैलियोस् भनेर टोकेको भागभन्दा माथि कसेर बाँध्ने काम नगर्ने । नया पत्रिका दैनिकबाट

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।