Skip to main content

सगरमाथा आरोहणका लागि बाटो निर्माण शुरु



सोलुखुम्बु- यस बर्षको सगरमाथा आरोहणका लागि बाटो निर्माण कार्य आजबाट सुरु भएको छ। आधार शिबिरबाट बाटो निर्माणका लागि ८ जना आइसफल डक्टरहरुले काम थालेको सगरमाथा प्रदुषण नियन्त्रण समितिले जनाएको छ । उनीहरुले सगरमाथाको क्याम्प दुइ सम्म बाटो बनाउने छन् । हिमाल आरोहणको मौसम सुरु हुन लागेपछि बाटो निर्माण सुरु गरिएको हो । हिमालमा बाटो बनाउने ब्यक्ति आइसफल डक्टरहरु फागुन २४ गते नै आधार शिबिर पुगेको भएपनि हावाहुरी र हिमपातले प्रभाबित बनाएपछि बाटो निर्माणमा ढिलाइ भएको हो । बौद्ध परम्परा अनुसार हरेक बर्ष जस्तै गत बुधबार पूजा गरेर आजबाट बाटो निर्माण सुरु गरिएको एसपिसिसिका उपाध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए ।

उनीहरुले एक बर्षमा हिमपातका कारण भत्कीएका पुराना बाटोको मर्मत, आरोहणमा प्रयोग हुने डोरी र भर्याङहरुको ब्यबस्थापन लगायतको काम गर्नेछन् । बाटो निर्माणका लागि ८ जना आइसफल डक्टर सहित १० जना सोलुखुम्बुको नाम्चेबजारबाट फागुन २२ गते नै सगरमाथाको आधारशिबिर तर्फ लागेका थिए । बाटो बनाउनेहरुमा आङकामी शेर्पाको नेतृत्वमा आङसार्की शेर्पा, निमादोर्जी शेर्पा, मिङमा छिरि शेर्पा, याङडा शेर्पा, मिङमातेम्बा शेर्पा, फुछेतार शेर्पा र फुकितार शेर्पा रहेका छन् । उनीहरु संगै दुइ जना कुक पनि रहेको सगरमाथा प्रदुषण नियन्त्रण समिति एसपिसिसि नाम्चेका कार्यक्रम अधिकृत कपिन्द्र राइले जानकारी दिए । उनीहरुले बाटो निर्माणका लागि एक हप्ता सम्म आधार शिबिर मै प्रशिक्षण समेत लिएका थिए ।

सगरमाथा देखि ल्होत्से र नुप्त्से हिमाल आरोहणका लागि प्रयोग गरिने आधार शिबिर एउटै हो । आधार शिबिरबाट क्याम्प दुइ सम्म तीन वटै हिमालको आरोहणका लागि बाटो पनि एउटै प्रयोग हुँदै आएको छ। आइसफल डक्टरहरुले बाटो बनाइसकेपछि आरोहीहरु सगरमाथा आरोहणका लागि आधार शिबिरबाट उकालो लाग्ने गर्दछन्। 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।