Skip to main content

सगरमाथा फेदीमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता




राधा ढुंगाना

सोलुखुम्बु- सर्वोच्च   शिखर सगरमाथाको फेदी सोलुखुम्बुको नाम्चेबजारमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुने भएको छ। पर्यटक भित्र्याउनका लागि नेपालकै सर्बाधिक राशीको भलीबल प्रतियोगिता गर्न लागिएको हो। खुम्बु भ्रमणमा आन्तरिक पर्यटकलाई पनि बढवा दिन भन्दै सगरमाथा दिवस अर्थात मे २९ (जेष्ठ १५) मा नाम्चेबजारमा भलिबल सहित सांस्कृतीक कार्यक्रम गर्न लागिएको आयोजक नाम्चे युवा समूहका उपाध्यक्ष एब खेल संयोजक लामाकाजी शेर्पाले जानकारी दिए।

कार्यक्रम गर्न नेपाल पर्यटन बोर्ड, बिभिन्न ट्रकिङ कम्पनीहरु सहित हिमालय क्षेत्रमा काम गरिरहेको संघसस्थाहरुको साथ रहने जनाइएको छ। खुम्बु क्षेत्रमा बार्षिक ३० देखि ३५ हजारको संख्यामा विदेशी पर्यटक सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गर्ने गरेपनि नेपाली पर्यटकहरु खुम्बु जान नसकेको भन्दै आन्तरिक पर्यटकलाई पनि प्राथमिकता दिनु पर्ने आयोजकको भनाई छ।

प्रतियोगितामा पहिलो पुरस्कार ३ लाख ५१ हजार १ सय ५०,  दोस्रो पुरस्कार, २ लाख ८१ हजार १ सय ५०, तेस्रो पुरस्कार, २ लाख ११ हजार १ सय ५० रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगदका साथ ट्रफि मेडल र प्रमाण पत्रको ब्यबस्था गरिएको छ। यो पुरस्कार राशी नेपालमा संचालित कुनै पनि भलिबल प्रतियोगिता मध्येसबै भन्दा ठूलो राशी भएको आयोजकको भनाई छ।

प्रतियोगिताको उद्घाटन आगामी जेष्ठ ७ गते गर्ने निश्चीत भएको छ। जेष्ठ ४ गते साँझ टिम दर्ता गराइसक्नु पर्ने र टिम दर्ता शुल्क ३ हजार रुपैयाँ राखीएको शेर्पाले बताए। खुल्ला प्रतियोगिता गरिएकाले ख्यातीप्राप्त जुनसुकै क्लब आउन सक्ने तर स्थानीय क्लबहरु पनि सामेल हुने भएकाले एउटा समूहमा दुई भन्दा बढी राष्ट्रिय खेलाडीहरु समावेश गर्न नपाइने नियम बनाइएको आयोजकले जनाएको छ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।