Skip to main content

तिङलाबासीको आन्दोलनले सोलुमा यातायात ठप्प



राधा ढुंगाना
सोलुखुम्बु- पुनर्संरचनामा असन्तुष्टी जनाउँदै सोलुखुम्बुका तिङलाबासी आन्दोलीत भएका छन्। आफुहरुको चाहना विपरित नेचा–सल्यान गाउँपालिकामा समाहित गरेको विरोधमा तिङलाबासीले सोलुखुम्बुमा यातायात शुत्रबारबाट ठप्प पारेका हुन्।
आफूहरु सोलु–दुधकुण्ड नगरपालिकामा समावेश हुन ईच्छुक भएपनि अपायक पर्ने नेचा सल्यान गाउँपालिकामा समावेश गरिएको भन्दै सोलु काठामाडौ र तराईसम्म जोड्ने तिङला सडकखण्ड अनिश्चितकालिन बन्द गरेका हुन्। सो बन्दले गर्दा नेचा सल्यान क्षेत्रवाट सल्लेरी सम्मको यातायात ठप्प भएको छ भने राजधानी र तराई गुड्ने यातायातका साधन पनि अपलपत्रमा परेका छन् । विरामीहरुलाई समेत सडक पार गर्न नदिएपछि हेलिकप्टरवाट उपचारका लागि अन्यत्र लैजानुपर्ने बाध्यता पैदा भएको छ।
सरकारले आफ्नो मागलाई पुरा नगरेसम्म बन्द लगायतका आन्दोलनका कार्यक्रम गरिरहने आन्दोलन संघर्ष समितिका संयोजक बाल कुमार कार्कीले बताए । विहिबार जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिमा धर्ना सहित नारावाजी गरेका तिंलाबासीले शुक्रबार बिहानैदेखि सोलुबाट छुट्ने कुनै पनि सावरी साधन छुट्न दिएका छैनन । तिंलालीहरुले रमितेबाट नै ओखलढुंगा तथा काठमाडौका लागी छुटेका जिप तथा नीजि सवारी साधन समेत रोकेका छन् भने सावारी आवागमन रोक्न आन्दोलनकर्ताले सडकका विभिन्न भागमा रुख ढालेका छन्।
 यता प्रशासनले आन्दोलनकारीसंग छलफल गरि समाधान खोज्ने प्रयास जारी राखेको बताएको छ। प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले आन्दोलनकारीलाई वार्ताका लागी बोलाईएको बताए। तर आन्दोलनकारीले आन्तरीक छलफल पछि मात्रै वार्तामा आउने प्रतिक्रिया दिएका छन्। शुक्रबार बिहान बन्द खुलाउन  गएको एक प्रहरीको टोली प्रयास असफल पछि फर्किएको प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 
यसैबीच, आन्दोलनकारीले जिल्ला कृषि विकास कार्यलयको साना सिंचाई कार्यक्रमको प्लाष्टिक पाईप बोकेर सल्लेरी आउँदै गरेको बा ३ ख ९४१ नम्बरको मिनि ट्रकको सिसा फुटाएका छन्। बिहिबार पनि तिंलाबासीले जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिमा धर्ना सहित नारावाजी गरेका थिए। साविकको तिंला गाविस परिक्रमा गरी गाविसको कार्यालयमा तिंला स्वायत्त गाउँपालिका लेखिएको बोर्ड राखेका स्थानीयले बिहिबार करिव हजारको हाराहारीमा आन्दोलनकारी नारावाजी सहित जिल्ला प्रशासन र जिल्ला समन्वय समितको कार्यालयमा धर्ना दिएका थिए ।
यसैबीच तिङलाका स्थानीयले गरेको आन्दोलनमा नेकपा एमाले सोलुखुम्बुले ऐक्यवद्धता जनाएको छ । एमालेको पुर्ण बैठकले तिङलालाई सोलु–दुधकुण्ड नगरपालिकामा समाबेश गराउनुपर्ने धारणा पुर्नसंरचनाको क्रममै एमालेले राखेकाले आन्दोलन प्रति समर्थन जनाउने निर्णय गरेको प्रचारविभाग सचिब जगनाथ बास्तोलाले जानकारी दिए।
प्रतिलिपि अधिकार : नागरिक समाचार





Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।