२७ फागुन - स्थानीय तहको संरचना शुक्रबार राजपत्रमा प्रकाशन भएसँगै अहिलेको संरचनामा रहेको नगरपालिका र गाउँ विकास समितिहरु खारेज भएकाछन् । नयाँ संरचनामा शुक्रबारदेखि गाउँ पालिका र नगरपालिका कार्यान्वयनमा आएको छ ।
स्थानीय तह पुर्नसंरचना आयोगले दिएको ७११ स्थानीय तहमा २५ वट थप गर्दै सरकारले देशभरी ७४४ वटा स्थानीय तह बनाएको छ ।
नयाँ संरचनामा सोलुखुम्बुमा एक नगरपालिका र सात गाउँ पालिका रहेकाछन् ।वडाहरुको संख्या भने ५२ रहेको छ ।
१. सोलु दुधकुण्ड नगरपालिका
एक मात्र नगरपालिका सोलु दुधकुण्ड नगरपालिकाको केन्द्र साबिकको दुधकुण्ड नगरपालिकाको कार्यालय तोकिएको छ भने नगरपालिकामा साबिकको दुधकुण्ड नगरपालिका, टाक्सिन्दु, टाप्टीङ, गोराखानी र केरुङ गाविस समेटिएको छ ।
२. दुधकोशी गाउँपालिका
यो गाउँपालिकामा साबिकको जुभिङ गाविसको वडा नम्बर २, ४ र ६, बासा, काँकु र वाकु गाविस समेटिएकाछन् । यस गाउँ पालिकाको केन्द्र साबिकको बासा गाविसको कार्यालय तोकिएको छ ।
३. खुम्बु पासाङल्हामु गाउँ पालिका
यो गाउँपालिकामा चौरिखर्क, खुम्जुङ र नाम्चे गाविसका साथमा जुभिङ गाविसको वडा नम्बर १, ५, ७ र ९ समेटिएकाछन् । यस गाउँपालिकाको कन्द्र साबिकको चौरिखर्क गाविसको कार्यालय तोकिएको छ ।
४. दुधकौशिका गाउँपालिका
यो गाउँपालिकामा नेलृ, काँगेल, पञ्चन, जुबु, मुक्ली, देउसा र लोखिम गाविस समेटिएकाछन् । साबिकको मुक्ली गाविसको कार्यालयलाई यो गाउँपालिकाको केन्द तोकिएको छ ।
५. नेचासल्यान गाउँपालिका
यो गाउँपालिकामा साबिकको सल्यान, नेचाबतासे, तिङला र नेचा बेतघारी गाविस समेटिएकाछन् । केन्द्र साबिकको नेचा बेतघारी गाविसको कार्यालय तोकिएको छ ।
६. महाकुलुङ गाउँ पालिका
यो गाउँपालिका साबिकको बुङ र छेस्कामको साथमा गुदेल गाविसको वडा नम्बर १ देखि ७ सम्म मिलाएर बनाइएको छ । यो गाउँपालिकाको केन्द्र साबिकको बुङ गाविस कार्यालय तोकिएको छ ।
७. लिखुपिके गाउँ पालिका
यो गाउँपालिका साबिकको गोली, चौलाखर्क र भकाञ्जे गाविस मिलाएर बनाइएको छ । साबिकको चौलाखर्क गाविसको कार्यालयलाई गाउँपालिकको केन्द्र तोकिएको छ ।
८. सोताङ गाउँपालिका
यो गाउँपालिकामा साबिकको पावै र सोताङ गाविसका साथमा गुदेल गाविसको वडा नम्बर ८ र ९ समेटिएको छ । साबिकको सोताङ गाविसको कार्यालयलाई यो गाउँ पालिकाको केन्द्र तोकिएको छ ।
Comments
Post a Comment