स्थापनाः २०३२ साल (सन् १९७६) म. क्षे. स्थापनाः २०५८ साल (सन् २००२) क्षेत्रफलः १,१४८ वर्ग कि.मि. म. क्षे. क्षेत्रफलः २७५ वर्ग कि.मि. पू्र्वी नेपालको सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्ज विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८ मि.) लाई समेटेर फैलिएको छ । यसैगरी ६,००० मिटर भन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिमचुचुराहरूले यस निकुञ्जको गौरवलाई अझ बढाएका छन् । यहाँ स्थानीय बासिन्दा र पर्वतारोहीहरूले प्रयोग गर्दै आएका गोक्यो, खुम्बु, छुकुम र नाङ्गपा मुख्य चारवटा उपत्यकाहरू रहेका छन् । यस निकुञ्ज भित्रको गोक्यो र सम्वद्ध तालहरूलाई स न ् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ । उच्च पर्वतीय वातावरण रहेको यस राष्ट्रिय निकुञ्जमा गोव्रे सल्ला, ठिंग्रे सल्ला, हेमलक, धुपी, भोजपत्र, गुराँस जातका रुखहरू पाइन्छन् । वसन्त ऋतुमा लालीगुराँसका फूलहरूले निकुञ्ज भित्रको जंगललाई अति मनोरम र सुन्दर बनाउँछन् । कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारल जस्ता वन्यजन्तुहरूका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्...