Skip to main content

तीन सय नेपाली कामदार लैजान इजरायल सहमत

काठमाडौं : इजरायलले पाइलट प्रोजेक्टअन्तर्गत पहिलो चरणमा तीन सयजना नेपाली कामदार लैजाने भएको छ। यसरी जाने नेपाली नेपालीले केयर गिभर (हेरचाह गर्ने) को काम गर्नुपर्नेछ।

नेपाली कामदार लिने सम्बन्धमा छलफल गर्न आएको इजरायली टोली र नेपाल
सरकारका प्रतिनिधिबीच सोमबार भएको वार्तामा यस्तो सहमति भएको हो। कामदार पठाउने मोडालिटीबारे भने टुंगो लागेको छैन। द्विपक्षीय वार्ता गरी साझा खाका बनाएर मोडालिटीबारे टुंगो लगाउने सहमति भएको छ।

इजरायलमा सरकारी तहबाट कामदार पठाउने सम्बन्धमा दुई देशका अधिकारीबीच आइतबार काठमाडौंमा सुरु भएको वार्ता सोमबार सम्पन्न भएको छ। इजरायलका दुई सरकारी अधिकारी र नेपालका लागि इजरायली राजदूत सम्मिलित टोलीले नेपाली अधिकारीसँग वार्ता गरेको हो।

टोलीले आइतबार श्रम तथा रोजगारमन्त्रीसहित मन्त्रालयका उच्‍चअधिकारीसँग वार्ता गरेको थियो भने सोमबार श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीसँग वार्ता गर्‍यो।

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले पाइलट प्रोजेक्टअन्तर्गत पहिलो चरणमा तीन सय नेपाली कामदार लिन इजरायल सहमत भएको जानकारी दिए। 'पठाउने विधि र प्रक्रियाबारे भने अन्तिम निर्णय हुन बाँकी छ', उनले भने। अहिलेको योजनाअनुसार काम भएमा सन् २०१४ भित्रै नेपाली कामदार इजरायल जान पाउनेछन्।

योजनाअनुसार काम भएमा सन् २०१४ भित्रै नेपाली कामदार इजरायल जान पाउनेछन्।
उनका अनुसार इजरायलले नेपालबाट दक्ष कामदार लिन चाहेको छ। तालिमप्राप्त तथा उच्चशिक्षा हासिल गरेका कामदार पठाउन इजरायलले जोड दिएको छ। पहिलो चरणमा जाने तीन सय कामदारमा अधिकांश महिला हुनेछन्। नेपालले तीन सयजना कामदार एकैचोटि पठाउने प्रस्ताव गरे पनि इजरायलले चरणबद्ध रूपमा लैजाने संकेत दिएको छ।

इजरायल पठाउने कामदारको परीक्षा लिने सहमति भए पनि परीक्षा लिखित, मौखिक वा दुवै हुने भन्ने टुंगो लागेको छैन। नेपालले कोरियाली मोडेलमा कामदार पठाउने प्रस्ताव गरेको छ।

रोजगार अनुमति प्रणाली (ईपीएस) को राम्रो अनुभव रहेकाले सोही मोडेल प्रभावकारी हुने प्रस्ताव नेपालले राखेको हो। इजरायली पक्षले यो प्रस्तावमा औपचारिक धारणा दिएको छैन।

म्यानपावर कम्पनीबाट कामदार पठाउन बन्द भएपछि नेपालले सिक र कमाऊ (लर्न एन्ड अर्न) अवधारणामा नेपाली प्रशिक्षार्थी कामदार इजरायल पठाउने तयारी गरेको हो।

नेपालले सहुलियत दरमा ऋण उपलब्ध गराई सिक र कमाऊ अवधारणामा प्रशिक्षार्थी कामदार पठाउने प्रस्ताव गरेको छ। यसरी जाने कामदारले तोकिएको अवधि पूरा गरेपछि नेपालमै फर्किएर काम गर्नुपर्नेछ।

इजरायल महिला कामदारका लागि आकर्षक गन्तव्य मानिन्छ। इजरायलमा केयर गिभर महिलाको धेरै माग हुने गरेको छ। कृषि क्षेत्रमा पनि कामको अवसर धेरै छ। कृषि क्षेत्रमा भने पुरुष कामदारसमेत पठाउने सरकारी योजना छ।

विगत चार वर्षयता इजरायलमा नेपाली कामदार जान पाएका छैनन्। जाने कामदारसँग ७५ हजार रुपैयाँमात्र लिन पाइने नियम भए पनि म्यानपावर कम्पनीले सात लाख रुपैयाँसम्म असुलेपछि इजरायलले नेपाली कामदार लैजान रोकेको थियो।

इजरायलले पूर्वजानकारी नदिई कामदार लिन रोक लगाएपछि जाने तयारीमा रहेका करिब चार सय कामदार अलपत्र परेका थिए।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an