Skip to main content

तीन सय नेपाली कामदार लैजान इजरायल सहमत

काठमाडौं : इजरायलले पाइलट प्रोजेक्टअन्तर्गत पहिलो चरणमा तीन सयजना नेपाली कामदार लैजाने भएको छ। यसरी जाने नेपाली नेपालीले केयर गिभर (हेरचाह गर्ने) को काम गर्नुपर्नेछ।

नेपाली कामदार लिने सम्बन्धमा छलफल गर्न आएको इजरायली टोली र नेपाल
सरकारका प्रतिनिधिबीच सोमबार भएको वार्तामा यस्तो सहमति भएको हो। कामदार पठाउने मोडालिटीबारे भने टुंगो लागेको छैन। द्विपक्षीय वार्ता गरी साझा खाका बनाएर मोडालिटीबारे टुंगो लगाउने सहमति भएको छ।

इजरायलमा सरकारी तहबाट कामदार पठाउने सम्बन्धमा दुई देशका अधिकारीबीच आइतबार काठमाडौंमा सुरु भएको वार्ता सोमबार सम्पन्न भएको छ। इजरायलका दुई सरकारी अधिकारी र नेपालका लागि इजरायली राजदूत सम्मिलित टोलीले नेपाली अधिकारीसँग वार्ता गरेको हो।

टोलीले आइतबार श्रम तथा रोजगारमन्त्रीसहित मन्त्रालयका उच्‍चअधिकारीसँग वार्ता गरेको थियो भने सोमबार श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीसँग वार्ता गर्‍यो।

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले पाइलट प्रोजेक्टअन्तर्गत पहिलो चरणमा तीन सय नेपाली कामदार लिन इजरायल सहमत भएको जानकारी दिए। 'पठाउने विधि र प्रक्रियाबारे भने अन्तिम निर्णय हुन बाँकी छ', उनले भने। अहिलेको योजनाअनुसार काम भएमा सन् २०१४ भित्रै नेपाली कामदार इजरायल जान पाउनेछन्।

योजनाअनुसार काम भएमा सन् २०१४ भित्रै नेपाली कामदार इजरायल जान पाउनेछन्।
उनका अनुसार इजरायलले नेपालबाट दक्ष कामदार लिन चाहेको छ। तालिमप्राप्त तथा उच्चशिक्षा हासिल गरेका कामदार पठाउन इजरायलले जोड दिएको छ। पहिलो चरणमा जाने तीन सय कामदारमा अधिकांश महिला हुनेछन्। नेपालले तीन सयजना कामदार एकैचोटि पठाउने प्रस्ताव गरे पनि इजरायलले चरणबद्ध रूपमा लैजाने संकेत दिएको छ।

इजरायल पठाउने कामदारको परीक्षा लिने सहमति भए पनि परीक्षा लिखित, मौखिक वा दुवै हुने भन्ने टुंगो लागेको छैन। नेपालले कोरियाली मोडेलमा कामदार पठाउने प्रस्ताव गरेको छ।

रोजगार अनुमति प्रणाली (ईपीएस) को राम्रो अनुभव रहेकाले सोही मोडेल प्रभावकारी हुने प्रस्ताव नेपालले राखेको हो। इजरायली पक्षले यो प्रस्तावमा औपचारिक धारणा दिएको छैन।

म्यानपावर कम्पनीबाट कामदार पठाउन बन्द भएपछि नेपालले सिक र कमाऊ (लर्न एन्ड अर्न) अवधारणामा नेपाली प्रशिक्षार्थी कामदार इजरायल पठाउने तयारी गरेको हो।

नेपालले सहुलियत दरमा ऋण उपलब्ध गराई सिक र कमाऊ अवधारणामा प्रशिक्षार्थी कामदार पठाउने प्रस्ताव गरेको छ। यसरी जाने कामदारले तोकिएको अवधि पूरा गरेपछि नेपालमै फर्किएर काम गर्नुपर्नेछ।

इजरायल महिला कामदारका लागि आकर्षक गन्तव्य मानिन्छ। इजरायलमा केयर गिभर महिलाको धेरै माग हुने गरेको छ। कृषि क्षेत्रमा पनि कामको अवसर धेरै छ। कृषि क्षेत्रमा भने पुरुष कामदारसमेत पठाउने सरकारी योजना छ।

विगत चार वर्षयता इजरायलमा नेपाली कामदार जान पाएका छैनन्। जाने कामदारसँग ७५ हजार रुपैयाँमात्र लिन पाइने नियम भए पनि म्यानपावर कम्पनीले सात लाख रुपैयाँसम्म असुलेपछि इजरायलले नेपाली कामदार लैजान रोकेको थियो।

इजरायलले पूर्वजानकारी नदिई कामदार लिन रोक लगाएपछि जाने तयारीमा रहेका करिब चार सय कामदार अलपत्र परेका थिए।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।