Skip to main content

जिल्लाको विकासमा जुर्मुराउ“दै– पिजी शेर्पा

सोलुखुम्बु जिल्ला गार्मा गाविस, जोरबौद्ध, नेमारका पासाङ ग्याल्जेन शेर्पा अर्थात पिजी जिल्लाको शैक्षिक विकास गर्न निकै कस्सिएर लागि परेका छन् । त्यसका लागि उनले आफ्नो दिवङ्गत बुबा मिजार पेम्बा गोर्जा शेर्पाको नाममा अक्षय कोष नै खोलेका छन् । स्वर्गीय बुबाको नाममा स्थापित मिजार पेम्बा गोर्जा स्मृति अक्षय कोषमार्फत उनले जिल्लाका विद्यार्थीको शिक्षामा सहयोग पु¥याई रहेका छन् । 
धर्म गुरु बुबाको नाममा स्थापना भएको सो अक्षय कोष उनले सुरुमा २ लाख रुपैया“ जम्मा गरेका थिए । सोही कोषको व्याजबाट उनले गार्माबाट एसएलसीमा फस्र्ट डिभिजन ल्याउने दुई जना छात्रछात्रालाई ५ हजार ५ रुपैया“ छात्रवृत्ति प्रदान गर्दै आइरहेका छन् । अक्षय कोषको राशी ५ लाख बनाउने योजनामा रहेका पिजीले यो वर्ष १ लाख रुपैया“ थपेका छन् । उनी छात्रवृत्ति मात्रै प्रदान गर्दैनन्, विद्यालयको भौतिक विकासमा पनि ध्यान दिन्छन् । हालसालै उनले जीर्ण बनेको गार्मा माविको पर्खाललाई आफ्नै खर्चमा मर्मतसम्भार गरी ढलान पनि गरिदिएका छन् । भन्छन, ‘सकेको सहयोग गर्नु पर्छ, हामीले नगरे कसले गर्छ ?’ विद्यालयले पनि उनको कामको तारिफ गर्दै दोसल्ला ओढाएर सम्मान गरेको छ । शिक्षा बाहेक धार्मिक तथा सांस्कतिक सम्पदा संरक्षणमा पनि पिजीको लगाव रहेको छ । 
आफ्ना जिजुबाजेले झण्डै ३ सय वर्ष अघि स्थापना गरेको गार्मा ८ स्थित जोर बौद्ध जीर्ण बनेको देख्दा टुलुटुलु हेरिरहन उनको मनले मान्दै मानेन । त्यसैले उनले आफ्नै व्यक्तिगत र गाविसको २ लाख रुपैया“ सहयोगमा जीर्णोद्वार सुरु गरेका छन् । जोर बौद्धको जीर्णोद्वार यही वर्ष सम्पन्न हुने उनले बताए । ‘म स“ग धेरै पैसा भएर यो सब गरेको होइन’ पिजी भन्छन्, ‘आफ्नो जिल्ला प्रतिको दायित्व अनि पछिल्ला पुस्तालाई केही गर्नुपर्छ भन्ने प्रेरणा जागोस् भनेर गरेको हु“ ।’ मन भयो भने जसरी पनि आफ्नो गाउ“ समाजको विकासमा सहयोग पु¥याउन सकिने उनको ठम्याई छ । पिजी जोर बौद्ध कन्ट्रक्सनका सञ्चालक पनि हुन् ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।