Skip to main content

नेपाली कामदार सजिलै यूरोप-अमेरिका !

नेपालीहरु वैदेशिक रोजगारीका लागि मलेसिया र खाडी राष्ट्रहरुमा केन्द्रित रहेकामा अब युरोप, अमेरिकालगायतका मुलुकमा रोजगारीका लागि कामदार पठाउन सरकारले तयारी सुरु गरेको छ ।

वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक पहिचान गर्ने जिम्मा पाएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले विकसित मुलुकमा नेपालीलाई रोजगारीका लागि पठाउन आवश्यक कार्ययोजना तयार गरिसकेको छ ।

बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले विकसित मुलुकमा नेपाली कामदार पठाउन प्रक्रिया सुरु भइसकेको बताउँदै यससम्बन्धी कार्ययोजनालाई बोर्डले अन्तिम रुप दिने तयारी गरिरहेकोे जानकारी दिए । उनले निकट भविष्यमा नेपालीहरुको गन्तव्य खाडी, मलेसियालगायतका मुलुकबाट स्थानान्तरण भई नयाँ विकसित मुलुकहरु गन्तव्य हुने बताए ।

श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ सहभागी बिहीबारको बोर्डको बैठकले ‘उच्चस्तरीय वैदेशिक रोजगार प्रवद्र्धन समिति’ बनाउने सैद्धान्तिक सहमति गर्दै समितिलाई अन्तिम रुप दिने तयारी गरेको छ ।

बोर्डको अर्को बैठकले समितिका संयोजक र सदस्यहरुलाई पूर्णता दिनुका साथै समितिको कार्यविधिलाई पारित गर्नेछ । समितिमा श्रम मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका सहसचिव, गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का अध्यक्ष, वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष र तीनजना वैदेशिक रोजगार विज्ञ रहने छन् ।

बोर्डले समितिलाई पूर्णता दिएलगत्तै युरोपका गन्तव्य मुलुकहरुसँग श्रम सम्झौताका लागि पहल गर्ने तयारी भइरहेको छ । पर्याप्तमात्रामा कामदारलाई दक्ष बनाएर विकसित मुलुक पठाउन सके अहिले खाडी मुलुकबाट पाउने तलबभन्दा तीन गुणासम्म बढी तलब कामदारले पाउने सम्भावना हुन्छ ।

समितिको कार्ययोजनामा अहिले धेरै कामदार गइरहेका मलेसिया, खाडीलगायतका मुलुकलाई समेत थप व्यवस्थित र सुरक्षित बनाउने उल्लेख गरिएको छ । समितिले बृहत् कार्यक्षेत्र लिएर श्रम मन्त्रालयसँगै परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, अन्तर्राष्ट्रिय नियोग, विदेशमा रहेका नेपाली दूतावास, एनआरएनको सहयोगमा गन्तव्य मुलुकको खोजी र उनीहरुसँग श्रम सम्झौता गरिने कार्ययोजनामा उल्लेख गरिएको छ ।

 नेपालले १०९ मुलुक वैदेशिक रोजगारीका लागि खुला गरे पनि जम्मा २५ वटा मुलुकमा नियमित कामदार गइरहेका छन् । तीमध्ये पनि मलेसिया, साउदी अरब, कतार, दुबई र कुबेतमा ९० प्रतिशत कामदार गइरहेका छन् ।

श्रम स्वीकृति लिएर युरोपियन मुलुकमा जाने कामदारको सङ्ख्या एक प्रतिशतमात्रै छ ।

युरोपलगायत विकसित मुलुकमा नेपालबाट दक्ष कामदार गइराखे पनि उनीहरु विद्यार्थी प्रवेशाज्ञाको सहारा लिनुपर्ने बाध्यता छ । नेपालबाट विद्यार्थी प्रवेशाज्ञामा विकसित मुलुक जाने अधिकांशले कामलाई पहिलो प्राथमिकता र पढाइलाई दोस्रो प्राथमिकतामा राख्ने गरेको पाइन्छ ।

विद्यार्थी र पर्यटक प्रवेशाज्ञामा युरोप, अमेरिका, अष्ट्रेलियालगायतका मुलुकमा गएका धेरै व्यक्तिहरु उतै लुकेर बस्ने र अवैधानिक रुपमा काम गर्ने गरेका छन् । स्थायी बसोवासको प्रवेशाज्ञा (पिआर) र डिभी परेर ती मुलुकमा जाने नेपालीले भने वैधानिक रुपमा काम गर्न पाइरहेका छन् ।

सरकारले व्यवस्थित रुपमा ती मुलुकसँग श्रम सम्झौता गरी कामदार पठाउन सुरु गरे विद्यार्थी र पर्यटक प्रवेशाज्ञाका नाममा ती मुलुकमा गएर लुकेर काम गर्नुपर्ने नेपालीहरुको बाध्यता हट्ने अपेक्षा गरिएको छ । लुकेर अवैधानिक रुपमा काम गर्दा पक्राउ पर्नेदेखि श्रम शोषण हुनेसम्मका चुनौती नेपालीहरुले झेल्दै आएका छन् ।

कामका लागि खुला गरिए पनि व्यवस्थित पहल नहुँदा गएको आर्थिक वर्ष २०७०÷७१ मा तुलनात्मक रुपमा काम गर्न सहज मानिएका युरोपेली मुलुकहरु निकै न्यूनमात्रामा मात्रै नेपालीहरु श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

सबैभन्दा बढी साइप्रसमा एक हजार १८५ जना महिला र ५२ जना पुरुष गरी एक हजार २३७ जना, अमेरिकामा ५०३ पुरुष र १०७ महिला गरी ६१० जना, बेलायतमा १६० जना पुरुष र ३५ जना महिला गरी १९५ जना, जर्मनीमा ६२ जना पुरुष र २८६ महिला गरी ३४८ जना, क्यानडामा १७४ पुरुष र ३६ जना महिला गरी २१० जना, अष्ट्रेलियामा ५८ पुरुष र १२ महिला गरी ७० जना, नर्वेमा २४ पुुरुष र दुई महिला गरी २६ जना, फ्रान्समा १५ पुरुष र एक महिला गरी १६ जना, स्विजरल्यान्डमा एक पुरुष र तीन महिला गरी जम्मा चारजना वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर गएका छन् ।

कामदारका लागि तुलनात्मक रुपमा सहज मानिएका र तलब पनि राम्रो भएका एसियाली मुलुक जापानमा गएको आर्थिक वर्षमा १८६० पुरुष र १३३ महिला गरी दुई हजार दुईजना, इपिएसमार्फत दक्षिण कोरियामा दुई हजार ८१४ पुरुष र ३१४ महिला गरी ३१२८ जना, हङकङमा २१० पुरुष र ३३ महिला गरी २४३ जना, सिङ्गापुरमा १६ पुरुष र ११९ जना महिला गरी १२६ जना वैदेशिक रोजगारीमा गएका छन् । जब की सोही एक वर्ष अवधिमा मलेसियामा दुई लाख १४ हजार १४९ जना, कतारमा एक लाख २८ हजार ८७४ जना, साउदी अरबमा ८६ हजार ८७६ जना, संयुक्त अरब इमिरेट्स (दुबई)मा ५४ हजार ९६५ जना र कुबेतमा १९ हजार ३५३ जना वैदेशिक रोजगारीमा गएका छन् ।

अहिले युरोपलगायतका विकसित मुलुकमा श्रम स्वीकृति लिएर जाने अधिकांश नेपालीहरु प्राविधिक विषय पढेका डाक्टर, इन्जिनियर, नर्स, ओभरसियर रहेको श्रम विभागका प्रवक्ता बद्रीकुमार कार्की बताउँछन् । दक्षिण कोरिया र इजरायलमा जस्तै नेपाल सरकारले सम्बन्धित देशको सरकारसँग नै सम्झौता गरी विकसित मुलुकमा कामदार पठाउन सके वैदेशिक रोजगारीका क्षेत्रमा कायापलट हुनेछ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Sel Roti: How to Make Nepalese Traditional Recipe Cell Roti

Find here best tips for making Sel Roti or celroti. We have posted here the cooking tips of Nepali traditional recipe ‘Sel Roti’. If or course help you to cook Sel Roti. सेल रोटि  पकाउने तरिका. How to cook Sel Roti? How to Make Nepalese Traditional Recipe Cell Roti About Sel Roti: A Nepali Traditional and Cultural Recipe Sell roti is also termed as Cell Roti, Sel Roti, Cel Roti, Selroti or Celroti and सेल रोटि  in Nepali language. Selroti is one of the most famous Nepalese snack among Nepali in all over the Nepal. Selroti is also used sometime as food in several occasions. But it is specially a Nepalese traditional snacks. Most of Nepalese person like this recipe to eat in any time of the day or night. It is easy to have as snack. When the word Sel roti is pronounced, Nepalese got water in their mouth. Let’s learn here to cook such a great and tasty Nepalese recipe Sel Roti. This cooking method may help you to cook and make the Selroti. ...